गजल

अनुकुल प्रकाश
चितवन
(plz_welcome077@yahoo.com)

नझुक्ने कहिल्यै नेपालको झन्डा राम्रो लाग्छ
स्वाभिमानी वीर नेपाली भन्दा राम्रो लाग्छ

मानो रोपी खेतबारीमा मुरी फलाउनलाई
पसिना दाना चुहाएर खन्दा राम्रो लाग्छ

चार जात छत्तिस वर्णका फूल हामी वाटिकाका
यौटै थुँगो सयपत्री भनी गन्दा राम्रो लाग्छ

छुँदैन मन विदेशी धुनले दुइकोटि नेपाली भन्छन
सुख र दु:ख झ्याउरे भाकाको छन्द राम्रो लाग्छ

देशको निम्ती जीवन या मृत्‍यु रोज भन्छौ भने
हाँसी 'अनु' भन्छ फाँसी फन्दा राम्रो लाग्छ