मुक्तक

दुई छेस्का

रमेश पल्लव हालः क्यालिफोर्निया अमेरिका

चट्काइ दिउँ कि गाला
कहिले होटल कहिले डिस्को निको छैन चाला
यो मुटुमा किन रोपिस् तिखो-तिखो भाला
अंकल-अंकल भन्छ छोरो बिर्सिसक्यो मलाई
दिनरात पीर मात्रै छोड्दिन म तँलाई
बजार जान्छु भनी सधैं मोटरसाइकलमा भाग्ने
दिनैपिच्छे फेरी-फेरी अर्कैसित लाग्ने
बिजोगमा बच्चाबच्ची अनि लालाबाला
अति भयो खप्नलाई चट्काइ दिउँ कि गाला ।

खोज्ने तिमी निहुँ
आजकाल सधैंभरि आउँछौ किन राति
आफूचाहि पर्खी बस्ने तिम्रै कुरा माथि
दिनभरि अर्कैसित गर्छौ बाई-बाई
रातिचाहि मलाई भन्ने हेल्लो डार्लिङ्ग हाई
यति प्यारो खसम तिम्लाई उपहार के दिउँ
डिभोर्स  गर्छु म त अब खोज्ने तिमी निहुँ ।