दृष्टि



शुषमा मानन्धर
कुमारीपाटी, ललितपुर

तिमीले देख्यौ ?
हेरेकी थिइन ।
आँखा कहाँ थियो ?
मनभित्र ।
मन भित्र म छु र ?
सुनिन  ।
ध्यान कहाँ थियो ?
अन्त ।
अन्त कहां यो शास्वत हो ।
मैले झूठ हो कहाँ भने ।
झूठ बोलीमा हुन्छ
हैन भावनामा ।
साँच्ची भावना के हो ?
मेरी दिदी ।
अस्ति देखेको थिएँ दिदीलाई
भन्नु भएन ।
भनेको पनि छैन
के कुरा ?
तिमी सुन्न चाहन्नौ ।
सुनेर के हुन्छ ?
थाहा हुन्छ
म बुझ्दिन
हो तिमीलाई छुँदैन ।
मैले देखिरहेछु
के ?
तिमीलाई ।

 

(mdhsusma@yahoo.com)