धेरै भो.....
 

निलम 'स्पन्दन'
सुनसरी, पाँचकन्या
हाल:  दोहा कतार


आजभोलि पहिलेजस्तै नकोरेको धेरै भो
सपनीमा तिम्रो नींद नचोरेको धेरै भो
कुरा गरी दिलको प्यास मेट्न
दाउरा चोरी सँगै बसी आगो नजोरेको धेरै भो ।
 
झझल्कोमा तिमी आउँदा नरोएको धेरै भो
लुकिडुम खेल्ने बतासले नि नछोएको धेरै भो
छाँया बनी अतीत आउने यी नयन
निर्मल जलरुपी आँशुले नधोएको धेरै भो ।
 
पाईला अघि सरेपनि यात्रा नभाको धेरै भो
फोटो छ सिरानी मै तैपनि याद नआको धेरै भो
तिमीले पो बिर्सेर गएर हो कि 
मैले नै माया मारेको हो थाहा नपाको धेरै भो ।
 
पहिले झैं सपनीमा नबोलेको धेरै भो
चिठ्ठिमा नि दिलको बात नखोलेको धेरै भो
समय परिवर्तन भएर पो हो कि
पत्र नकोर्दा नि ह्दय नपोलेको धेरै भो ॥

सपनीमा तिम्रो नींद नचोरेको धेरै भो
आजभोलि पहिलेजस्तै नकोरेको धेरै भो …