देवकोटा

प्रेमविनोद 'नन्दन'

उत्तर उठेको निधार पूर्व खुलेको निधार
गम्भीर व्यक्तित्वभित्र भावपूर्ण त्यो साक्षात्कार

दृष्टिबाट घाम झुल्किए सौम्य सुन्दर याम ढाकिए
दर्शनाभिलाषी व्यक्तिसामू नयन सागरमा नै छचल्किएर

बोधीवृक्षको छायामुनि अभिलाषाको एउटा अँकुर
अचानक यो आगमन कन आएको सरर सम्म समीर

कविता पनि यति सल्लल शब्दहरु क्तिका कोमल
अनुरोधका अनुनयसित कस्तो सम्बाद विचरो पल

समयाभावले थिचिएर थकित क्षणले भएँ चकित
दृश्य दर्शन प्रकट भएझैँ दृष्टि स्वयं थिए चकित

फेरि कुनै विहान आउनु अक्षरहरुका हात देखाउनु
अहिलेसम्म भागिरहेछ जाओस् भोलि समेता समीप ल्याउनु