डेनभरको प्रभात

निर्मला अर्याल, डेनभर

 

आज बिहान मैले देखें

कस्तो राम्रो डेनभर

हेर्दा हेर्दै म त भएँ

अति नै गदगद

पूर्वतिर हेर्दा लाग्यो

आकास तल झरेछ

धरतीले आकाससित

तारा पैंचो मागेछ

हँसिया जस्ता चन्द्रमा

मात्र थिए आकासमा

झिलिमिलि गर्ने ताराहरू

सबै ओर्ले धरतीमा

लाग्छ बिहानीको क्षितिज

ज्वालामुखी फुटदैछ

डाउनटाउनका अग्ला अग्ला घर

आगोको रापमा रन्किदैछ