दौरा सुरुवाल  ढाका टोपी नेपाली को सान हो

 

सुभाष भण्डारी

 

हिमाल पहाड तराइका
ति पाखा पखेरामा
खोला झर्ना बस्ती
अनी नेपाली आकाश मा
मेरो प्राण भन्दा प्यारो देश नेपाल लुकेको छ

डाफे मुनाल शान्तिको
सन्देश छर्दै उडेका छन
निस्चल खुला आकाशमा
लाली गुराँस ढक्मक्क फुलेका छन बन पाखामा

सुन्दर हिमाल हाँसेको छ
मन्द मुस्कान छर्दै
हिमालको काखमा छौँ हामी पसिना बगाउदै

रहन  पाउँ सन्तति
भएर नेपालकै जुनी भरी
मातृभुमी नेपाल कै माया छ मन मुटु भरी

दौरा सुरुवाल  ढाका टोपी
नेपालीको शान हो
हिमाली पहाडी मदेसी बिच एकता नै पहिचान हो