गजल



दीपक जडित
हाल: एँकरेज , अलास्का

न छेक्न सकियो न थुन्न लौ हेर बडा दशैँ आयो ।
घाँटीबाटै नछिर्ने हाड लिएर कडा दशैँ आयो ।

नहुने सँधै रित्ता छन उधारो खुशी हो दुखिको ,
हुनेकै त छ ठाँट् र बाँट् गज्जब तगडा दशैं आयो ।

शिकारको जोहो, दक्षिणा, पाहुनापासा, ज्वाँईचेला ,
पुर्याउनु टार्नुकै छ धौ कस्तो लफडा दशैं आयो ।

राजधानी छट्पटीएकै छ काकाकुल् प्यास बोकेर ,
पहाडमा पनि त तिर्खा खप्दो छ घडा, दशैँ आयो ।

जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक् ?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा, दशैं आयो ।