This is the third time I am listening to your Khaskhas on Khasskhass.com. This reminded me of the my own khaskhas with you some three years back. It is really very informative and inspiring for me. Of course your effort for the promotion of Nepali literature in international arena has attracted many including me towards translation and creative writing. I am eagerely waiting for your arrival. Congrats and best wishes for ur contributions on DIaspora literature again.
Waiting for Anant Ka Paila.

Best Regards
SAJAN KUMAR KARN
TEACHER EDUCATOR OF ENGLISH
T.R.M.CAMPUS,BIRGUNJ.
SECRETARY,
NELTA BIRGUNJ
--------------------------------------------------------------------------------

I just listened your interview in Khasskhass.com. It was really great. I learned so many things about Nepali literature and it has inspired me to contribute on Diasporic literature too . I would love to read your all other  published books.

Khagendra Dhakal
Thailand
--------------------------------------------------------------------------------
Basu ji

"Already listen Karna Shakya on my way back to home. It is very interesting, indeed. The most touching topics for me was "..भाषालाइ भन्दा अभिव्यक्तिलाई महत्व दिन्छु....."

I have same problem, some time I stuck in the middle of writing because I get confused about appropriate words. लेखि रहेको बेला भाषा मिलेन कि भनेर दोधारमा पर्दा लेखेको प्रवाहमा बाधा आइपरेको म आफैपनि भुक्तभोगि हुँ । अब कर्णदाइको यो अभिव्यक्तिले एउटा अचुक ओखतीको काम पो गर्यो मेरो लागि ! समग्रमा उहाँ अर्थात् कर्ण शाक्य अरु धेरै नेपालीकोलागि जस्तै मेरोलागिपनि एउटा आदर्श र प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ अति आदरणीय नेपाली हुनुहुन्छ । उहाँको कलम अविचलित, अविरल सक्रिय भैरहोस भनी कामना तपाई मार्फत उहाँ सम्म पुगोस  । साथै उहाँको सुस्वास्थ्यको कामना पनि ।"

सुन्दर जोशी, फ्लोरिडा

सुन्दरजी,
तपाइंको कामना कर्ण शाक्यसम्म हामी अवश्य पुर्याउने छौं ।

--------------------------------------------------------------------------------
Basu ji

Very nice talk with Madan Das Shrestha........ reminded me of those beautiful afternoons in my early ages i spent listening his voice in radio-natak from radio nepal..... thanx for your efforts

Diwakar Dahal
Middlesbrough, UK
--------------------------------------------------------------------------------
वासुजी,

तपाईको अन्तर्वाताकलाको त म ठूलो प्रशंसक हुँ । बडा परिश्रमपूर्वक अनुसन्धान गरेर substantial प्रश्नहरु सोध्नु र अन्तरवार्ताकृतलाई सोही बमोजिम substantial जवाफ दिन लगाउनु, intimidate नगर्नु, आफु हावी हुने लोभ नगर्नु आदि तपाईका पेशेवर स्तरका भन्दा पनि माथिल्ला स्तरका गुण हुन् ।

वसुन्धरा भुसाल एउटा ईतिहासै हुन् । र तपाईले त्यो ईतिहासको उल्लेख्य हिस्सालाई बडो रोचक ढंगबाट प्रस्तुत गराउन सफल हुनुभयो ।

एउटा महत्वपूर्ण प्रसंग, वसुन्धरा भुसालको मुख्य भूमिका ( ‘हिरोईन’) भएको कलात्मक नेपाली चलचित्रको एकमात्र क्लासिक उदाहरण ‘परालको आगो’, चाही चर्चा हुन पाएनछ ।

दीपक
--------------------------------------------------------------------------------
प्रतिक्रिया तथा सुझावहरु:

यी मेरै सब्द हुन्, शैलेश सिंहले बडा मीठो गाएका पनि छन् । तर आज मेरा सब्द हैन, मेरो अन्तरमनले रुचाएका यी पारखीहरु प्रति केहि लेख्न मन लागेको छ ।

माग माग भन्छौ तिमी
के मागौ र म
दिन्छौ भने तिम्रो मनमा
ठाऊ माग्छु म
अलिकति माया माग्छु म
गाउ हैन, तिम्रो मनमा ठाऊ माग्छु म !!

प्रकाश मायाको सायमी हो । प्रकाश परिवर्तनको सायमी हो अनि प्रकाश यथार्थको सायमी हो । म पनि प्रकाश सायमी हुँ ।

सुन्दर सपना हो । सुन्दर विचार हो । सुन्दर प्रकृति हो अनि सुन्दर मन हो । सुन्दर कहिले डुब्दै नडुब्ने डुंगा हो । पुरानो, सुन्दर परम्परालाइ रुन र हा8्न सक्ने गरेर यथार्थता पस्कन सक्ने मान्छे सुन्दर हो । सुन्दर मान्छेको सुन्दरता कलममा हुन्छ जो न कसैले भाच्न सक्छ न चोर्न । आहा, म पनि सुन्दर हुँ ।

मान्छे जन्मन्छ ठुलो कुरा हैन, मान्छे मर्छ त्यो पनि ठुलो कुरा हैन । तर मान्छे सहि बाच्छ त्यहि ठुलो कुरा हो, अनि आफुलाइ बिर्सेर अरुलाई बचाउछ त्यो झन ठुलो हो । हामी पनि प्रकाश सायमी र सुन्दर जोशी बन्न सकौं । सफा लेख्न सकौं, सफा बाँच्न सकौं । आफु हराएर अरुलाई दिन सकौं ।

सर्ब प्रथमत प्रकाश सायमी र सुन्दर जोशीलाइ धन्यवाद । उनीहरु जस्तो देख्छन त्यस्तै लेख्छन, जस्तो सुर हुन्छ त्यस्तै गाउछ न । म सानै थिए उनीहरुलाई चिन्दा किनकि उनिहरु परिचित थिए । अब म लेख्ने भए, तर पनि उनिहरु त्यस्तै, छातिकै कुरा बोल्ने । भएकै कुरा बोल्ने । हुनेनै कुरा बोल्ने । बोल्दा ५ जनालाई चित्त बुझाएरै बोल्ने अनि लेख्ने ।

भोलि मरेर जानुनै छ, उनि जस्तै इमान्दार मर्न पाउनु पनि उदE0श्य बनाउन सक्नु पर्छ हामीले । उनि साहित्यमा छन्, उनि गीतमा छन् , उनि कबितामा छन् , उनि परिवर्तनमा छन्, उनि प्रजातन्त्रमा छन्, अनि सबै भन्दा ठुलो कुरा उनि तपाइँ हामी माझमा छन् । ती मेरा लागि सुन्दर प्रकाश हुन् अर्थात् पारिलो घाम ।

सन्तोष थपलिया
--------------------------------------------------------------------------------

प्रिय बासुजी,
 
खसखसका नियमित अङ्कले पाठकको रुचिलाई वृहत्तर बनाउँदै लगेको छ, यो सत्य हो । यसका विषय प्रस्तुति, सामग्री र विचारले नयाँ भावभूमि तयार पारेको छ । मलाई यस वेभ-पत्रिकामा भ्रमण गर्दा खास खास किसिमका रचना विधामा प्रवेश गर्दा आनन्द लाग्छ ।

खसखसका विशेष अन्तर्वार्तामा म यसपालि केन्द्रित हुन चाहन्छु । यस पत्रिका संगृहीत वाचाल-वार्तामा म कृष्णचन्द्रिसंह प्रधान, कमल दीक्षितको अन्तर्वार्ताबाट प्रभावित भएँ । उहाँमध्ये म कमल दीक्षितको स्पष्टता र बोधगम्य विचारप्रति बढी प्रभावित भएँ । उहाँसित मेरो विभिन्न किसिमका परिचय छन् । त्यसमध्ये एउटा स्पष्ट परिचय हो- अजम्मरी गीत-सङ्गीत । उहाँ मेरो रात्रि-कालीन कार्यक्रम नियमित सुन्नुहुन्थ्यो र मलाई प्रतिक्रिया पनि दिनुहुन्थ्यो । तर त्यति मात्र होइन वहाँले सो कार्यक्रमका वारेमा कैयन् ठाउँमा बोल्नु पनि हुन्थ्यो । पछि त उहाँलॆ मेरो सो कार्यक्रम वारे "हितैषी" पुस्तकमा लेख पनि लेख्नु भएछ । मलाई विष्णुविभू घिमिरेज्यूले पछि भन्नु भो । म छक्क छक्क परेँ त्यस्तो महानता हाम्रो अग्रजमा कहाँ ?

कमल दीक्षितजी इमान्दार पनि हुनुहुन्छ । ढोङ्ग कहिले गर्नु हुन्न । एकपटक मदन पुरस्कार गुठीको कार्यक्रममा विना निम्ता कार्यक्रममा आएकोमा वहाँले नेपाल भाषाका प्रथम महिला उपन्यासकार शशिकला मानन्धरलाई चेतावनी दिनुभएछ । मलाई पछि शशिकलाजी स्वयम्ले सुनाउँदा लाज-लाज पनि लाग्यो ।

द्वितीय नेपाल-भारत लेखक सम्मेलन धनगढीमा भइरहेको थियो । एउटा सत्रको सभापति उहाँ र एउटा सत्रको सभापति म थिएँ । मेरो सत्रमा कवि विनय रावल, श्रवण मुकारुङ, सरुभक्तका विद्रोही आवाज सुनिए । कार्यक्रममा वाधा शुरु भयो । मैले ओभर रुल गरेर कार्यक्रम अगि बढाएँ,  धेरैजना रिसाए । तर कमलमणिजीले मलाई बधाई दिनुभयो ।
पछि उहाँ सभापति भएको कार्यक्रममा रत्नाकर देवकोटाजीले त्यस्तै बोर गर्नु भयो । कमलमणिजीले वहाँलाई विनम्रतापूर्वक मँचबाट आग्रह गर्नुभो, उहाँ मान्नुभएन । सभापति कमलमणिजीले चूपचाप उहाँको माइक अफ् गरिदिनुभो । त्यस्तो व्यवहारबाट धेरै जना आक्रोशित देखिए, तर बोल्ने को ? सबै उहाँको निम्ता मानेर आएका । मलाई त चित्त बुझ्यो, गएर बधाई दिएँ ।

एकपटक भारतीय फिल्मकार गुलजार नेपाल आएका थिए । उनको सम्मानमा एउटा कार्यक्रम गर्यौँ हामीले सारांशले । मैले मँचमा आदरपूर्वक कवि मंजुललाई पनि राख्न चाहेँ । आयोजक मध्ये एकजनाले मनाही गरे । कमलमाणिजीले भन्नुभो 'यो कार्यक्रम प्रकाशजीको इच्छाले भएको हो उहाँको कुरा मान्दिनुस् प्लिज ।'

यस्ता कमलमाणिजीलाई मैले चिनेको छु र सम्मान गरेको हुँ । गएको वर्ष मदन पुरस्कार गुठीको निर्णायकको रुपमा मैले आफ्ना केही विद्रोही विचार राख्दा सम्मानपूर्वक स्वागत गर्नुभयो । त्यो क्षमता उहाँमा छ ।

अन्तर्वार्ता त्यस्तै मान्छेको लिनुपर्छ जसको बोल्ने हिम्मत छ । कुरा काट्ने मान्छेका ढोङ्गी विचारले हामीलाई शायद केही सघाउँदैन । हाम्रो साहित्यका पछाडि हमला गरेर कुमुदिनी बन्ने धेरै छन् तर अगाडि बढेर शंकर लामिछाने हुने साहस कमैमा छ । त्यो साहस बासुजीमा पनि हुनुपर्छ ।

कुमुदिनी प्रकरणमा मलाई युवा साहित्यकारले धेरै गोप्य पत्र पठाएर धेरै नाम चलेका लेखकहरुको चरित्र उदाङ्गो पारेका छन् । कवि रासाले त कसले कसको डायरी चोरेर के लेखे स्पष्टै तोकेका छन् उपनाममा । त्यो कुनै दिन म छापुँला ।

मेरा मित्र भुवन के.सी. को अन्तर्वार्ताले मलाई आश्चर्यास्पद बनायो । उनी चलचित्र उद्योग विकास चाहँदा रहेछन् । तर उद्योग विकास चाहने निर्माताले सर्वप्रथम मजदुरको पारिश्रमिकको इज्जत गर्नुपर्छ  । उनले पारिश्रमिक नदिँदा लेखक अविनाश श्रेष्ठ र ब्रजेश खनालको अवस्था कस्तो भयो र कति लामो समय दुईको बोलचाल समेत बन्द भयो । हामीले त्यस्तो विचारमा परिवर्तन ल्याउनुपर्छ ।

कोही कोही त्यस्तो अन्तर्वार्ता पढेर यूटोपियन पनि हुनसक्छन् हामी सोझो छौँ ।

यसपालि तपाईले ठूलो साहस गरेर दुई सक्रिय साहित्यकार गीता त्रिपाठीज्यू र रजनी ढकालज्यूको वार्ता ल्याउनु भयो । बधाई छ । यो साहसिक काम हो । युवा पुस्तामा अत्यन्त अध्ययनशील र म्याग्नामिटी भएका स्रष्टा हुन् वहाँहरु दुवै । दुवैलाई बधाई छ । बासुजीले गरेको यो कामको गुण राम्रो हुन्छ । भन्न त मान्छेले अनेक भन्लान् ।

अगि बढ्नुस् फल केही नमिले पनि ।

प्रकाश सायमी
गोधूली संसार, सैँबु

--------------------------------------------------------------------------------
वासु दाइ,
निकै राम्रो काम आँट्नुभएछ । किताब यसरी अनलाइबाट सहज भएपछि देश-दुनियाँमा छरिएर रहेका पाठकले अवश्य लाभ लिने मौका पाउनेछन् ।
मैले भने सोच पुस्तकाकारमै पढेथेँ । 'प्रतिभाको खोजी' पढ्न भने खसखसकै गोरेटोलाई  पछ्याउनुपर्ला अब ।
सादर धन्यवाद !

जोतारे धाइबा,
काठमाडौँ ।
--------------------------------------------------------------------------------

Namaste dai

I have already read Soch. which I found really inspiring.
I listened the interview of Kamal Mani Dixit sir. It was fabulous. And he told that Nepali language is Jibit Bhasa which touched me lot. The quality that Nepali language gives space to all the words from other language made it live language Dixit sir told is really nice. Congratulation for such a lively interview.

Kumari Lama
Kathmandu

--------------------------------------------------------------------------------

Namaste

I would like to thank www.khasskhass.com for giving us a wonderful interview of popular actor Bhuwan K.C. This interview is so informative to know about the condition of Nepali Film Industry. And I am so happy to listen the actor's determination to make a movie in future which will be nominated for Oscar Award as well.

Thank you
Kumari Lama
Kathmandu

-------------------------------------------------------------------------------------------------------------------



धेरै प्रकारले खसखसले हाम्रो खसखस मेटाउँदै आएकोमा यसका सञ्चालक एवँ खसखस डटकमलाई हार्दिक धन्यवाद !

बिभिन्न वरिष्ठ ब्याक्तित्वहरुसँग टेलिफोन मार्फत कुराकानी गरी हाम्रा अनेक जिज्ञासाहरु मेट्ने खसखसको प्रसंशनिय कार्य अघिल्लो पटक देखि प्रत्यक्ष रुपमा हाम्रा जिज्ञासाहरु टेलिफोन मार्फत आमन्त्रित पाहुनासमक्ष पुर्याउन थालिएकोमा खसखस डटकम अझ प्रसंशनिय बनेको छ । पछिल्लो पटक टेलिफोन सम्बादमा रहनुभएका वरिष्ठ संस्कृतिविद तथा साहित्यकार सत्यमोहन जोशीलाई राखिएको बुद्धको पुरानो मुर्ति सम्बन्धि जिज्ञासाप्रति म निक्कै खिन्न थिएँ र कदाचित अझै छु । केहि अघि कतै अन्तर्वार्ताकै क्रममा वहाँले बुद्धको सबैभन्दा पुरानो मुर्ति नेपालमा कहाँ छ भनेर बताउँदा त्यो मुर्ति भोली नै हराउने सम्भावना हुन्छ भन्नु सुन्दा सामान्य लागेपनि हामी र हाम्रो समाज प्रति कठोर ब्यँगले पूर्ण यथार्थ हो ।
आधा विश्वमै ईश्वर मानिएका बुद्ध प्रति हामी ज्यादै गर्व गर्छौं तर बुद्ध जन्मिएको देशमा हामी उनै बुद्धको सबैभन्दा पुरानो मुर्ति कहाँ छ भन्न असमर्थ छौं सुरक्षाको हिसाबले । यो कति लाजमर्नु कुरा हो । यो प्रश्नसँग बुद्धको सबैभन्दा पुरानो मुर्ति मात्र छिपेको छैन ,कति पुरानो भन्ने तथ्यका साथ यौटा यूग लुकेको छ । नेपाली मुर्तिकलाको अपमान भएको छ साथै उक्त बुद्धको मुर्ति माथी पनि अन्याय भएको छ भन्ठान्छु म ।

संस्कृतिविद जोशीज्यूले चाँडै नै यसलाई संरक्षण दिएर प्रकाशमा ल्याउन पहल हुने बताउनु हुँदा ज्यादै खुशी लागेको छ । आशा गर्छु यस्ता विषयमा पनि सरकारको ध्यानाकर्षण हुनेछ र उक्त मुर्तिलाई उचित संरक्षण प्रदान गरेर त्यस सम्बन्धका तथ्यहरु प्रकाशमा ल्याउन दिई बुद्धको नामले गर्दै आएको गौरवको ईज्जत राखिनेछ ।
अन्त्यमा खसखस डटकमको निरन्तर उत्तरोत्तर प्रगतीको कामना !

दीपक जडित
एँकरेज , अलास्का

-------------------------------------------------------------------------------------------------------------------
नमस्ते बासु दाइ,
काठमाण्डौँ

खसखसले मनको खसखस मजैले मेटाउन थालेको छ । मेरो पुस्तक विचार लेखक नगेन्द्र न्यौपानेसम्म खसखसले पुर्‍याएछ । खुशी लाग्यो । यस्ता अपरचित लेखकहरूलाई भेट गराइदिने राम्रो थलो बनेको छ खसखस यसैले पनि यसको निरन्तरता जरुरी छ नै । विभिन्न कविहरूको कवितालाई उनीहरूकै स्वरमा राख्‍ने काम साह्रै राम्रो लाग्यो । समालोचक कृष्णचन्द्र सिंह प्रधानज्युको अन्तर्वार्ताले निकै ज्ञान दिएको छ । सही समालोचना कसरी गर्नुपर्छ सिकाएको छ । धेरै लाभान्वित भएकी छु ।

नयाँ लेखक सुवोध कोइरालाको कथा सुन्दर लाग्यो । अरू धेरै नयाँनयाँ लेखकका रचनाहरूलाई पनि ठाउँ दिनुहुनेछ भन्ने आशामा छु । खसखसको उत्तरोत्तर प्रगतिको कामना सहित ।

रजनी ढकाल
काठमाण्डौँ
-------------------------------------------------------------------------------------------------------------------
बासुजी,

मेरो "यात्राको बँगलादेश" नामक कृतिको बारेमा रजनी ढकालव्दारा विवेचित लेख खसखस डट कममा प्रकाशित भएको रहेछ । साह्रै खुशी लाग्यो र लेखिका रजनीजीलाई यसै पत्र मार्फत धन्यवाद दिन चाहन्छु । एक अपरिचित लेखकको कृतिमा निष्पक्ष ढँगले विवेचना गरिदिने रजनीजी जस्तो व्यक्ति कमै पाईन्छन् ।

वहाँको सल्लाह र सुझावहरु मेरा आगामी रचनाकालागी मार्गदर्शनको रुपमा लिएको छु । साथै चाँडै नै बजारमा आउन लागेको मेरो अर्को पुस्तक "उल्टो रीस"को बारेमा पनि वहाँले विवेचना गरिदिनु हुने छ भन्ने आशा गर्ने हौसला लिएको छु । यसरी मेरा कृतिहरुप्रति गरिएका सबै समीक्षाहरुको बेग्लै एक सँकलनपनि प्रकाशित गर्ने मनशाय रहेको र वहाँको समीक्षा सगर्व रहने छ ।

रजनी ढकाल जस्तो विशिष्ट साहित्यकारव्दारा मेरो कृतिप्रति विवेचित लेख तपाईको खसखस डट कममा प्रकाशित गरेर मलाई अझ हौसला प्रदान गर्नुभएकोमा तपाईलाईपनि धन्यवाद नदिई रहन सक्दिन ।

नगेन्द्र न्यौपाने
नर्थ क्यारोलाइना
-------------------------------------------------------------------------------------------------------------------

I have gone thru "Tunga and Damphu" twice and still my guts are saying that I should go thru it one more time only to touch the writer's feelings before commenting it. Wonderful writing. I read and write poems, articles, and so I am interested in literature. I can feel them from my heart.

This "Tunga and Damphu" took me back to Sunder Joshi's home in Florida and compelled me to ask how come he still has such strong sense of feeling of love which can easily flood tears in anyone's eyes. Thanks to him, he has reminded us that still we have a writer abroad who can touch everyone through his true feelings.

I have been reading his articles for a long time. But, now, I could not stop myself without thanking him.

Me and my family ask him not to delay in writing and sharing. I want him to write in frequent basis so we can have a charm of literature
while reading.

Thanks to Sunder Joshi.


Santosh Thapalia
New York
-------------------------------------------------------------------------------------------------------------------

Dear Basu Sir,

Your site is wonderful for the people who want to enjoy a very real literatures. An accompany of senior and pioneer writers and poets decorating this site. It became my regular routine to go into this site and learn the real literacy. Thank you for your dynamic job.

As I was reading this site, my 11 year old daughter comes to me and ask "Dad why only grown up can write and publish their poems? Why not us? Could you request some editors to leave a tiny space for children also so that we could enjoy together with adults by reading our poem to them.

The sincere interest of my daughter touched my heart. Yes, we need to give them some space. Please think about this since non of the site include children. We could have brought thousand of children into it. A lot of Children in overseas cannot read and write Nepalese language, as a result, as my daughter explained, they hate to go on a Nepalese site. Let them have an opportunity to read and write English Poems of their interest. This way, we can push our children to write lyrics, poems and essay stealing their waste time from cartoons and Nintendos.

This way, I almost guarantee you that www.khasskhass.com will be more popular among Nepalese and non-Nepalese children than www.cartoon.com. "NON-NEPALESE refers to our sons and daughters friends in the schools".

As you know the same type of encouragement pushed me to write poems of reality and publish in your universe size of site. Thank your in advance for your understanding.

Santosh Thapalia
New York
---------------------------
Dear Santsohji,

Thanks for your comment/suggestion and support to
www.khasskhass.com. Khasskhass.com would not be success without the support from writers, visitors, listeners and readers like you.
We are so glad to hear that your daughter has raised a question about the space for kids in this web site. But if you have noticed, there is a column already called "Munabata, Munako Laagi" in which we have been publishing kids creation. We encourage you to show the column and archive as well to your daughter. Any creation for kids whether written by adults or by the kids are most welcome. But we encourage them to send in Nepali language as it is our goal to promote and preserve our language.

Thank you again and please continue to visit and support
www.khasskhass.com , the only literary web site.

Sincerely,
Khasskhass.com

-------------------------------------------------------------------------------------------------------------------
Basu ji,

I just now listened to the very good interview with Durgalal ji, and his poems too. It was very good and you did a great, noble job.

Thank you.

Mohan Sitoula
Austin, TX
-------------------------------------------------------------------------------------------------------------------
Dear Basuji:

I listened to the interview you had with poet Durga Lal Shrestha. It was excellent. I enjoyed every moment of the conversation between you and the popular poet. I had not realized that he was that old. Any way, time passes very fast indeed. I always thought that he was way younger as I always appreciated his enthusiasm and verve.

Thank you very much for making the wonderful interview available on line.

With warmest love,
Taranath
-------------------------------------------------------------------------------------------------------------------
नमस्कार
खसखस डटकमको नियमित पाठक र श्रोताको रुपमा मैले आफूलाई निरन्तर राखेकी छु । कवि मञ्जुल,  कवि दिनेश अधिकारीका सारगर्भित विचारहरु तपाईंका सार्थक प्रश्नहरुका माध्यमबाट सुन्ने अवसर मिल्यो । यसैक्रममा आज नागरिक समाज नेपालद्वारा उपत्यका बन्दको आयोजनाले कुँजिएको मनलाई खसखसमा मदनकृष्ण ज्यूको सन्तुलित र समय सापेक्ष चिन्तन श्रवण गरेर व्यतित गरेँ र तुरुन्तै यी शब्दहरु समर्पण गर्दैछुँ । आगामी पाहुनाका रुपमा बरिष्ठ कवि दुर्गालाल श्रेष्ठ ज्यूलाई प्रस्तुत गर्दै हुनुहुन्दोरहेछ हार्दिक बधाइ ।

नेपाली कला संस्कृति र साहित्यलाई यसरी माया गरेर निरन्तर अग्रगामी प्रस्तुतिमा डटेर लाग्नुहुने तपाईंको उदार भावना र राष्ट्रप्रेमी संकल्प चुलिँदै जाओस् । कवि प्रकाश सायमी, बासु श्रेष्ठ,  हरि घिमिरे लगायतका सुन्दर र परिवर्तनप्रिय  आवाजहरु पनि खसखसबाट सुन्ने मौका मिलेको छ । महत्वपूर्ण लेख रचनाहरु आइरहेका छन् । अनुसन्धानात्मक लेख 'नेपाली सङ्गीतको लय' निकै उद्देश्यमूलक छ । यस लेखकालागि कवि प्रकाश सायमीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

खसखसको उत्तरोत्तर उन्नतिको कामना र शुभकामना ।

गीता त्रिपाठी
काठमाडौँ
-------------------------------------------------------------------------------------------------------------------
बासुजी,
अति गहन लेख "नयाँ बुद्धदेखि बिज्ञानसम्म" को लागि प्रकाशक र लेखक दुबैलाई धन्यवाद। पूर्बीय दर्शन र बिज्ञानको मध्यमार्गी भएर लेखिएको उक्त लेख कतिपय ठाउँमा राम्ररी बुझ्न दोहोर्याएर समेत पढन पर्ने पाइयो। हाम्रा आफ्नै पुर्ख्यौली सम्पत्तिलाई हामी अन्धबिश्वासी र पुरातनबादी सोंच भनेर हाँसोमा उढाउने गर्छौं तर लेखकले बैज्ञानिक दृष्‍टिकोणबाटै हाम्रा त्यस्ता कयौँ पुर्ख्यौली सम्पत्ति सही छन भन्न सकिने आधार भएको दाबी गर्नु भएको छ। सार्है रमाइलो पक्ष त के पाइयो भने नयाँ बुद्ध (राम बहादुर बम्जन) को नामबाट यो एउटै लेखमा आधुनिक बिज्ञानको धेरै जसो पक्षको मुलभूत कुराहरुलाई सार संक्षेपमा तर रमाइलो द्रिस्टान्तका साथ झन्डै झन्डै अटाउने प्रयास गर्नु भएको छ।
लेखको "सापेक्षताबाद र बहु शरीर" अन्तर्गत एक ठाउँमा माथि "सात शरीर अबधारणा" ..... जस्तो असान्दर्भिक कुरा कहाँबाट कसरी पर्न आयो? प्रकाशन गर्ने क्रममा भएको त्रुटी हो वा के हो यो?
सुन्दर बस्नेत
बेलायत

(लेखकबाट जवाफको अपेक्षा गरिएको छ-  खसखस डट कम  )

सुन्दरजी,

"नयाँ बुद्धदेखि बिज्ञानसम्म" लेख पढी लेखमा हुन गएको गल्ती औंल्याइदिनु भएकोमा धन्यवाद! वास्तबमा प्रकाशित लेख अरु थप २ पेज लामो थियो र धेरै काँट छाँट गर्ने क्रममा यस लेखमा सान्दर्भिक हुने अंग्रेजीमा लेख्दै गरेको लेख Scientific Way of Art of Living (जुन लेख सिडनीबाट प्रकाशित हुने Nepali Australian Link Incorporated Community Newspaper बाट प्रकाशित भईसके तापनि धेरै कुराहरुमा आँफैलाई चित्त नबुझेका कारण थप धार्मिक तथा बैज्ञानिक पुस्तकहरु पढेपछि लेखलाई आमूल परिवर्तन गरी करीब करीब अन्तिम अवस्थामा पुर्याइसकिएको) बाट राखिएको "सात शरीर अबधारणा" उप-शिर्षक समेत हटाएको थिएँ, तर हटाइेएको उक्त "सात शरीर अबधारणा" उप-शिर्षकसंग सम्बन्धित वाक्य भने हटाउन छुटेछ। यसरी लेखमा असान्दर्भिक प्रसँगको उल्लेख हुन पुगेको हो। असुबिधाको लागि क्षमा प्रार्थी छु र लेख ध्यान पूर्वक पढी लेखमा हुन गएको गल्ती औंल्याइदिनु भएकोमा पुन: धन्यवाद!

रामकुमार श्रेष्ठ

केण्ट, वेलायत
-------------------------------------------------------------------------------------------------------------------
प्रिय वासु जी,
नमस्कार
खसखस डट कम दिन-दिनै उज्यालिदै-माझिदै गएको देखेर मलाई जति खुसी लागेको छ, तपाईं पनि त्यति नै उत्साहित हुनुहुन्छ होला। विशिष्ट प्रतिभाहरुको रचना पस्केको प्रमाण यो हो। बधाइ स्वीकार गर्नुहोस। यो जाँगर अनवरत चल्दै जाओस्। गीता त्रिपाठीजीको साहित्यमा सक्रिय  सहभागिता बढेको थाहा पाएर प्रसन्न भएको छु; निरन्तरताका लागि शुभकामना प्रदान गर्दछु।

हरि घिमिरे-भर्जिनिया,अमेरिका
-----------------------------------------------------------------------------------------------------------------------
बासुजी,

प्रथमत तपाइँलाई धन्यवाद किनभने तपाइँले मदनदाईको ताजा स्वर श्रवण गर्ने अमूल्य मौका दिनु भयो । पलेटीलाई धन्यवाद नदिईकन रहनै सकिन्न किनकि यो प्रवाशको मरुभूमिमा मदनदाई र थुप्रै स्रष्टाहरुका मीठा स्वर श्रवण गर्ने मौका दिएकोमा ।
मित्र वाशु तपाइँले मदनदाई जस्ता महान स्रष्टाहरुलाई तपाइँको वेवसाईटमा लेराई रहनु होला भन्ने आशा गर्दछु । तपाइँको प्रयासले लगातार आकाश चुमिरहोस यही छ शुभकामना ।
मदनदाई नमस्कार ।
तपाईको गीत सुन्दा तपाई हास्य कलाकार हो भन्ने बिर्संदामात्र गीतको वास्तविक मर्म भेट्टाउन सकिदो रहेछ । सायद यो मेरो व्यक्तिगत अनुभवमात्र पनि होला । तर जे भए पनि तपाईका गीत र गायनले यो मरुभुमिमा पानी र माटो दूवै कुरा भेटे जस्तो लाग्छ । तपाईले जीवनभर अरुलाई हँसाईरहनु भयो थाहा छैन तपाई आफ्नो जीन्दगीमा हाँसीरहनु भएको छ कि छैन । म तपाईको हाँसीखुसीको जीन्दगीको कामना गर्दछु । तपाईले नेपाली समाजमा चेतना फैलाउन गर्नु भएको अमूल्य योगदान र नेपाली साहित्यमा गर्नुभएको अमूल्य योगदानलाई स्वदेश र विदेशमा रहेका नेपालीले कहिल्यै भुल्ने छैनन ।

बिनोद खड्का, हालः दोहा कतार
khadkabinod02@yahoo.com
-----------------------------------------------------------------------------------------------------------------------------
बिनोद जीको 'रात' कबिता निकै रोचक लाग्यो
लालीगुराँश, काठमाडौं
---------------------------------------------------------------------------------------------------------------------------
बडा रोचक र सूचनापूर्ण अन्तर्वार्ता ! धन्यवाद वासुजी ।
मदनकृष्ण श्रेष्ठको पलेटी गायन चाही गुणस्तरिय आनन्द र नोस्टाल्जियापूर्ण दुईघन्टाको लागि छुट्याएर सुन्नैपर्ने श्रवण सामाग्री हो; सबैलाई सिफारिश गर्दछु: http://www.pud.com.np/paleti/
कृष्णमल्लको हकमा नेपाली सिनेमाको प्रवर्धन गर्ने प्रयासहरुलाई शुभकामना छ ।

दीपक खडका
हाल: न्यू जर्सी, अमेरिका
------------------------------------------------------------------------------------------------------------------------------
बासुजी,

साहित्यकार जगदीश घिमिरेको अन्तरवार्ता सार्है राम्रो र ज्ञानवर्धक लाग्यो । तपाँइको ज्ञान मूलक प्रश्न र घिमिरेजीको सटीक उत्तर मीठो लाग्यो । पुरस्कार प्राप्तीकोलागी घिमिरेजीलाई धेरै धेरै बधाई खसखस डट कम मार्फत दिन चाहन्छु

धन्यवाद ,

डा. ताना शर्मा
हाल: मिसिगन राज्य विश्व विध्यालय
-------------------------------------------------------------------------------------------------------------------------------
प्रिय वासु जी

नमस्कार,

सर्वप्रथम श्रोता समक्ष मलाई मञ्च उपलब्ध गराई दिनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दछु। साथै अमेरिकाको जस्तो अधिकतम ब्यस्त जीवनको बचाइमा अमूल्य समयको सदुपयोग गर्दै भाषा र साहित्यको श्रीबृद्धिमा अगाडि बढेका उत्साही पाइलाको प्रशंसा गर्दै बधाइ पनि दिन चाहन्छु। यस्तो स्तुत्य प्रयासले निरन्तरता पाइरहोस् । अरु इतिहासले बताउने छ । मेरो कविता मन पराई दिने विकास देवकोटाजीलाई पनि यसै मार्फत धन्यबाद दिन चाहन्छु।

हरि घिमिरे
आर्लिगंटन भर्जिनिया

---------------------------------------------------------------------------------------------------------------------------------
प्रिय
वासु जी,

विदेशमा रहेर पनि स्वदेशको मायाको यो भन्दा अब्बल उदाहरण अर्को हुन सक्दैन जो तपाईंले गरिरहनु भएको छ । भाषालाई जीवित राख्ने, भाषीहरुलाई एकजुट बनाउने यो गतिलो कडी हो । तपाईंलाई मुरी मुरी धन्यवाद ।

मुरारी नराल
भर्जिनिया
१४ सेप्टेम्बर २००८
-----------------------------------------------------------------------------------------------------------------------------------

कवि हरी घिमिरेको 'अमेरिका' नामको कविता राम्रो लाग्यो र वहाँको क 'कर्मण्य' भन्ने कविता पनि ज्यादै राम्रो लाग्यो
 अब 'ख' देखि 'ज्ञ' सम्मको कविता सुन्न उत्सुक छुँ कविताकोलागी धेरै धेरै धन्यवाद

विकास देवकोटा
फ्लोरिडा

---------------------------------------------------------------------------------------------------------------------------------------
प्रिय
वासु जी,
यहाँको मिहेनत र लगानीमा प्रकाशित वेभ म्यागेजिन एक हिसाबले मेरो निरन्तरको साथी भएको छ । यसले मलाई विश्वभरि रहेका नेपालीहरुको लेखन रचना र अध्ययनको स्पष्ट जानकारी प्राप्त भएको छ । म यस लाभान्वितिबाट एक हद प्रभावित भएको त सत्य नै हो तर त्यो भन्दा बढी म अझै ती नवागन्तुक लेखक स्रष्टाप्रति आकर्षित भएको छु जो यस पत्रिकाका कारण मेरो नजीक र निकट भएका छन् । लाग्छ यसै माध्यमलाई एक सहिष्णु माध्यम बनाएर हामी विस्तारपूर्वक अघि बढ्न सक्छौँ । यसलाई यसरी पनि हेरौँ लेखनका कारण हामी एक-आपसमा परमात्मीय अनुभूति गर्न सक्ने सुहृद् मधुर घडीको नजीक पुग्नेछौँ ।

यदि यसो होइन भने पनि तपाईजस्तो सहृदयी मित्रसित अन्तरङ्ग हुनु पाउनु पनि मलाई त पर्याप्त छ ।

धन्यवाद

-प्रकाश सायमी
काठमाण्डू
हाल:  भरतपुर चित्तवन ।

(प्रकाशजी,

धेरै धेरै धन्यवाद । तपाईजस्तो नेपाली साहित्यमा चिरपरिचित स्तम्भले खसखस डट कम मार्फत नवागन्तुक रचनाकारहरुसँग अनुभव गर्नुभएको सामिप्यताले पक्कैपनि वहाँहरु लाभान्वित हुनुभएको छ र लेखनमार्गमा वहाँहरुले अझ बढि हौसला प्राप्त गर्नुभएको होला भन्ने कुरामा हामी विश्वस्त छौ र हामीले यसलाई खसखस डट कमको आशिँक सफलताको रुपमापनि लिएका छौ ।
तपाईका अमूल्य सल्लाह, सुझाव लेख तथा रचनाहरुबाट खसखस डट कमका पाठक तथा सहयोगीहरुलाई लाभान्वित गराईदिनु हुनेछ भन्ने आशामा छौ ।)


-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

Dear Basu Jee,
Namaskar !

It is not necessary to mention that surfing your beautiful web magazine www.Khasskhass.com is my routine (most do) work and I just been through all over it. Every time when I read articles in www.KhassKhass.com, I feel like I am in a Banquet Hall, and having lots of good foods at the same time.

Thank you so much for adding new section PUSTAK BICHAR and the very first article from Prakash Sayami is interesting one. "Rastriya Bhasha ma Kina Bibad ?" an article from Dirgharaj Prasain is perhaps the most hot item. Worth to read by all Nepalese. I really appreciate Mr. Prasain to give such a wonderful article. Hope, we will get chance to read him more in KhassKhass.com in future. 

Manjul Dai's interview was the sweetest one. Very testy, touchy and balanced. Each and every single words like a sweet song. But do we care about his unpublished poems?  That was the touchiest part of his interview and I would like to request Khasskhass.com to think about this. What if we establish a fund to publish books of Manjul and many other popular writers and poets? Through your popular web magazine, I would like to ask many friends in US and abroad, who loves Manjul and other writers like him- "Can't we help them to publish their unpublished books?"   Let's make a trust and use that fund to help popular but unprivileged writers like Manjul Dai and other. Let's do something different and I am always with you. We most help to bring all unpublished books and articles from unprivileged writer and poets. 

Last but not least, thank you so much for your encouragement to continue my writings. I really enjoyed the poems and story of Sushma Manandhar. What a powerful poem and recitation of Santosh Thapaliya. My request to Santoshji- Please try to come most frequently in Khasskhass.com.  I should not hesitate to forward my special thanks to Sirjana Ghimire for her comment on my writing and encouragement.  Writers, Poets, musicians and artists are like an innocent child who always needs encouragement to move forward.  I don't know why, very few people write comments and critics about others articles even in KhassKhass.com

Wish you all best.

Sundar Joshi
West palm Beach, Florida

(Sundarji, thanks for your continuous support to khasskhass.com as well as your comments and feedback. Your genuine suggestion to help those famous and iconic writers of Nepal like Manjul to bring out their marvelous creations is very much appreciable. We can do something just to start with and lets see how many hands we get for this good cause. Manjul represents those talent writers of Nepal who has limited resources and  are unable to publish their wonderful creations. 
--------------------------------------------------------------------------------------------------------------------------------------------

Basu Ji, 

Namaskar!!

This is interesting interview. Both the side of the interviewer and the interviewee's presentation is very good. Good in track.  
Majnul Daju described the meaning of his name and Ralpha is remarkable.

Thanks

Rajanee, Arlington, Virginia

-----------------------------------------------------------------------------------------------------------------------
सुन्दर जोशीको क्यासल रककी अप्सरा कथा राम्रो लाग्यो । यो कथा कथाकारका पूर्व कथाहरु जस्तै चाख लाग्दो र मिठासपूर्ण छ । कथामा भाषागत शुद्धाशुद्धीहरु मिलाउनु पर्ने देखिन्छ । कथाको दोश्रो भाग पढ्दा कहानी छोट्याउन कथाकार हतारिएको हो कि जस्तो लाग्यो ।
अनुरोध- यौवन, सुन्दरता, आर्कषण, प्रेमका साथै अन्य विषयहरु जस्तै संयोग-वियोग, पीडा, वाध्यता, पारिवारिक बिषय आदिमा समेत कलम चलाई विविधता प्रदान गर्नु भए अझ राम्रो हुने थियो ।

सिर्जना भण्डारी
आर्लिगंटन भर्जिनिया

(
हामी प्रयास गर्ने छौं, सुझाव को लागी धन्यवाद  )
--------------------------------------------------------------------------------------------------------------------------
एकदमै पेशेवर स्तरको - अन्तर्वार्ताकारले राम्रो गृहकार्य र
अन्तर्वार्ताकृतले अत्यन्त उत्साह, उदात्तता र आल्हादकासाथ प्रस्तुत भएको
जानकारीपूर्ण र आनन्ददायक प्रस्तुती !
केही कवितांशहरु पनि प्रस्तुत भएको भए सुनमा सुगन्ध हुने थियो ।

वासुजीको परिश्रमलाई सलाम छ ।

Deepak Khadka

(समयको सीमितताले गर्दा त्यसो गर्न नसकेकोमा हामीलाईपनि खेद छ तर ईमेल
मार्फत प्राप्त भएका वहाँका कविताहरु भने पक्कै पढ़न पाउनु हुने छ)

--------------------------------------------------------------------------------------------------------------------------------

बासु जि ,
मन्जुलको अन्तर्वाताले एकचोटी नेपालमा पुगे झै लाग्यो।
धेरै अगाडि देखिको खसखस मेटाइ दिनुभएको छ । आशा गर्छु
आगामी दिनमा पनि अरु धेरै स्रजकहरु लाई समेटी
परदेशमा घरदेशको झझल्को मेटाइदिनु हुनेछ ।
भुपेन्द्र 
--------------------------------------------------------------------------------------------------------------------------------

Dear Basu sir Namaskar,

Manjul dai,s interview  is very much furitfull to all .Thank you sir for your kind information.

Durga Bdr.Shah BABA
pkr
--------------------------------------------------------------------------------------------------------------------------------

Basu sir,

Namashkar.

Thank you so much sharing great Nepali poet Manjul's views.

I liked his view on 'Bal sahitya'. yes, it is true that what he said in interview, we should
improve on this subject. 

His last words for khasskhass and its audience was so heart touchable that literature
is the part of our lifeabd it is so powerful. And, yes of course, if somebody is writing something,
they must have to think that audience will spend their time to read that, so they have to be careful
on their qulitative creation.

 You keep on your khasskhass, encourage those who are rising on Nepalese literature and try to
maintain its quality, it is a great starting to contribute on Nepalese literature from overseas.   

One question and suggestion– why you don’t try to dedicate khasskhass.com mostly for the children?
Why you also look slow on this side? Do you need help? If yes just mention, we also have some ideas.

Best regards,

Sirjana, VA 

(Sirjanaji, thank you for your comment. www.khasskhass.com is really proud and honored to have
Manjul dai's interview.
Probably you have not noticed yet but khasskhass.com has restarted the column
"MUNA BATA" again to encourage children.
And also please share your views and ideas how to promote children literature. Your thought, views and
ideas are always welcome.)

-----------------------------------------------------------------------------------------------------------------------------


I got chance to see KHASSKHASS in internet. It is outstanding.Your layout is highly praiseworthy.

Yours-
Shailendra sakar
-----------------------------------------------------------------------------------------------------------------------------

Basuji,  

Beautiful site and I am in love with your website. Very different yet authentic site and I wanted to congratulate you for this beautiful innovation.  I just copied this (http://www.khasskhass.com/dolma.htm) article from your site and send them to many of my friends.  

Keep up with good work, awesome!!!!  

Best,

Khasskhass.com fan, Madhavi
--------------------------------------------------------------------------------------------

Yesterday I visited your Khasskhass .com. It is quite interesting  & good collection. You are doing good job for Nepali literature. I want to express my appreciation here in for your this endeavor. It is such a nice job.

- Rajav
-----------------------------------------------------------------------------------------------
Very Happy Nepali New Year 2065 !

The article written by Dr. Kavita Ram Shrestha is an interesting article. Though, I really didn't understand the last part of his writings. May be I am wrong, but that part was very confusing.

Dr. Shrestha indicated that red sun is rising in Nepali horizons, That means he is pretty sure that Communist will take over the control in Nepal. But, what I really did not understand, " Can we hope good and modern critics (Samalochak) in Communist ruled Nepal ? "  Will they encourage writers, poets and critics who believe in modern society, science and fast growing technology ? " No way, Dr. Kavita Ram Shrestha is missing something in his article. 
 
I would be agree with Dr. Shrestha if he did not try to show his enthusiasm in Red Sun and Red Flags.


Thanks

With regards


Sundar Joshi

West Palm Beach, Florida

------------------------------------------------------------------------------------------------------------------
Basu ji,

First of all, It's a wonderful starting to promote Nepali Literature and thanks a lot giving us chance to read and write. Good luck to KhassKhass.
Laligurash, Nepal
------------------------------------------------------------------------------------------------------------------
खसखसले वालकबिता राखेको मलाई अति मन पर्यो I
वालकथा पनि राखनु भए हामी वालकहरू पनि खुशी हुनेथियौ I
निकेश घिमिरे
आर्लिङ्गटन भर्जिनीया

-भाई निकेश
सुझावको लागी धेरै धेरै धन्यवाद । हामीले वाल कथापनि पठाउन रचनाकारहरुलाई आव्हान गरेका छौ । उपलब्ध हुने बित्तिकै प्रकाशित हुने छ ।
खसखस डट कम

-------------------------------------------------------------------------------------------------------------------
Basu jee,

It's wonderful beginning online Nepali literature.  Audio poem is the excellent beginning. it's a wonderful job. Keep up working

What a heart touchable subject and  literature of Sundar joshi's story. I read the story 'Terminal three' and 'tungna ra dhamphu'. These are excellent pieces of literature. Sundarji keep on to write. I liked it very much. You are a genius.
Maya ji good luck, your poem "Awhan Naarilai" is excellent, keep on please.

Sirjana Ghimire
VA, America
--------------------------------------------------------------------------------------------------------------------
मेरो खसखस

खसखस शब्द देखे पछि
थिच्न खसखस लाग्यो
वेब पेज खुले पछि
मनको खसखस भाग्यो । ।१।

कति मिठा लेख रचना
कविता र कथा
आज सम्म खसखस तिमी
लुकेका थ्यौ कता ? ।२।

राम्रो कामको शुरुआत
गर्यौ खसखस तिमले
स्वागत गछौं तिमीलाई
हामी चोखो मनले । ।३।

नाम कस्तो अचम्मको
सुन्दै खसखस लाग्ने
कस्तो होला के होला
मनमा खसखस जाग्ने । ।४।

पण्डित को हो न्वारन गर्ने
प्यारो खसखस तिम्रो
बढाउँदै जाउँ खसखस सबमा
शुभकामना हाम्रो । । ५ ।

-मुकेश घिमिरे
आर्लिङ्गटन भर्जिनीया

----------------------------------------------------------------------------------------------------------------------------------------
Namaskar,

I read the "Terminal Three". It is a brilliant piece of writing. Sundarji have blended the real story (as far as
I know) very well.

Jagat Shakya, PhD
Intel Corporation
Hillsboro, OR

                            ----------------------------------------------------

I wanted you to know that I read the story "Terminal Three", and I liked it very much.
You are a genius.

Pramod
-----------------------------------------------------------------------------------------------------------------------------------------
Basujee,
 
I liked the Write Up by Manju..but did not know her full name.
 
"America Samayamai Aunu Paarchha" goes together with my dream project of Senior Citizen Resort. I found this problem since very long and some friends in Nepal and abroad have agreed to start and resort for the seniors as most of them do not like living in the US. In one hand they can not live in the abroad and secondly, there are nobody to take care of them in Nepal as well..the only ultimate is to live in a place together with the same age of people..and that is purpose of living BETTER than waiting for a DEATH.

About Madhav Prasaad Ghimire, It is clearer than I expected. Due to his nature of trembling voice, some where he is not that clear. Congratulations! it is a great experience to me.
 
Rest can be talked later..
 
Thanks and thanks to Manju for her write up..well done!
 
Raju Tuladhar
Kathmandu
----------------------------------------------------------------------------------------------------------------------------------------
खसखस खोलेँ
खसखस पढेँ
खसखस लाग्यो
खसखस लेखेँ

खसखस लेख्न
ठसठस कनेँ
ठसठस गयो
खसखस रह्यो

बाँचि रहोस्
खसखस सँधै
उठबस होओस्
खसखस सँगै

खसखस सबलाई
लागी रहोस्
सबको मनमा
जागी रहोस्

खसखस हेर्न
आई रहुन्
खसखस मेट्न
पाई रहुन्

किशोर श्रेष्ठ
महाराजगन्ज,  काठमाण्डौ
-------------------------------------------------------------------------------------------------------------------------------------------
Basu jee

It is wonderful beginning. Though the initial steps are slower, uneasy and difficulties but the thousands miles of journey can be passed starting by the single step. What I like the most is the poems in audio, it is great. It is excellent beginning.

Narayan Adhikari
Woodbridge, Virginia

--------------------------------------------------------------------------------------------------------------------

Basuji,

About your khas khas, I have only good things to say. You are doing a wonderful job , taking all the responsibilities by yourself.
It is new so it may take time to mature, but it is so far so good. Keep up the good work. I will send you something by next week.

Bharati Gautam, Boston
-----------------------------------------------------------------------------------------------------------------------------------------
Dear Basuji, You are doing praise worthy work. Thanks for your effort and dedication towards Nepalese Literature.

Jyoti, New York
------------------------------------------------------------------------------------------------------------------------------------------

 Madhav Ghimire's voice is not clear in the interview. Thanks for making him more famous.

drasha

-(Khasskhass.com will improve the quality of the sound. Thanks for your comment.)
--------------------------------------------------------------------------------------------------------------------------------------------
I am so proud for your efforts to run the webiste with creative matters. I really like it. I am also interested to send some materials

Binod Khadka
Doha, Qatar
---------------------------------------------------------------------------------------------------------------------------------------------
ramro 6 khaskhas

Ramkrishna Bhandari
Butwal, Nepal
--------------------------------------------------------------------------------------------------------------------------------------------