चुप लागेर बस


मञ्जुल
सातदोबाटो, ललितपुर

कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ
घण्टीले जस्तै

काँडामाथिको
शीतको थोपाले जस्तै

पुसे-घाममा हाँसिरहेको
या माघे-झरीमा
नुहाईरहेको फूलले जस्तै

जब दुःखमाथि विजय पाउने छन्
मानिसहरुले
तब बजाउने छन् घण्टहरु, घण्टीहरु

त्यस्तोबेला तिमीलेपनि नरोई बज्न सक्नु पर्छ
घण्टीले जस्तै