छोरीलाई हेला होइन माया देउ

आई सिंह तामाङ्ग (वाणी)
होली केयर बोर्डिङ स्कुल, गोल्फुटार, काठमाडौँ ।

धेरै पहिलेको कुरा होइन । सुन्दरपुर नामको एउटा गाउँमा सीता र उनको परिवार बस्थे । सिताका आमा बुबा पनि थिए । तिनी परिवारकै एक मात्र सन्तान थिइन् । तिनलाई सबै परिवारले माया गर्थे । तिनी पनि परिवारका व्यवहारबाट खुशी थिइन् ।

एक दिन सीताको भाइको रुपमा तिनको आमा बाको दोस्रो सन्तान जन्म्यो । उनको नाम सोनु राखियो । भाइ सोनु जन्मे पछि सीतालाई हुने मायामा कमी आयो । सम्पूर्ण परिवार प्रायः भाइलाई नै माया गर्थे । तिनीप्रति कुनै चासो नराखेकोजस्तो सीताले पाईन् । भाइ दिनदिनै बढ्दै गयो । उनी चार बर्षको भए । चार वर्षको भएपछि उनलाई गाउँकै एउटा स्कुलमा भर्ना गरियो ।

त्यो एउटा पहाडको पिछडिएको गाउँ भएको कारण त्यहाँका मान्छेहरुमा छोरीलाई पनि शिक्षा दिनु पर्छ भन्ने भावना थिएन । उनीहरु छोरीहरुलाई "पोइल जाने जात हो कि पढ्नु पर्यो?" भन्ने गर्थे । "पढे पनि नपढे पनि उही भान्छे र गृहिणी हुने हो" भन्ने धारणा राख्थे र छोरीहरुलाई पढाउँदैनथे । अविभावकका अन्धविश्वासका कारण छोरीहरु अँध्यारो मै थिए । केही अभिभावक भने हल्काफुल्का सञ्चार माध्यमका कारणले केही बुझ्ने भएथे र उनीहरुले आफ्नो छोरीहरुलाई विद्यालय पठाउन थालेथे ।

सिताका माता पिता यस्ता बुझ्ने मध्ये थिएनन् र त्यसैले तिनले पढ्न पाइरहेका थिइनन् । सीतालाई भाइसँगै विद्यालय जान ठूलै रहर थियो । तर बाआमाले उनका चाहना पूरा गरिदिएनन् । तिनको भाइ विद्यालय जान्थे । अर्कोपट्टि सीता घरको काम गर्ने गर्थिन् । तिनी गाईबस्तुलाई घाँसपात गर्ने, जुँठो भाँडा माज्ने, गोबर फल्ने, मेलापात जाने र वनमा गएर घाँसदाउरा गर्ने गर्थिन् । यी सबै काम गरिरहेको बेला अरु केटाकेटी स्कुल गाइरहेको देख्दा तिनलाई म पनि जान पाएको भए के-के सिक्न पाउँथे भन्ने लाग्थ्यो ।

तिनी शिक्षाबाट त दूर नै थिइन् नै तिनी आफ्नै आमाबाट पनि शोषित थिइन् । आमाले पानी ओसार्ने र तिनको तनले नसक्ने काम पनि गर्न लगाउँथे ।

पछि त्यही गाउँमा एउटा महिला विकास सँस्थाले प्रौढ शिक्षा कार्यक्रम ल्यायो । त्यस सँस्थाले उक्त कार्यक्रममा भाग लिन सम्पूर्ण गाउँको अशिक्षित महिलाहरुलाई आग्रह गर्यो । तर त्यसबेला सीताको भने विवाहको कुरा चलिरहेको थियो । तिनी त्यसबेला केवल ११ वर्षकी मात्र थिइन् । गाउँका स्वयंसेवकका अनुरोध र आग्रहका कारण विहे त रोकियो तर प्रौढ शिक्षाको लागि चाहिँ आमाबुबाले नपठाउने विचार गरॆ ।

स्वयंसेवकले निकै नै आग्रह गर्यो र बल्लतल्ल सीतालाई विद्यालय पठाउने सहमति भयो । अब सिताले कडा परिश्रमका साथ पढ्न थालिन् । तिनको परिश्रमको कारण तिनले सफलता पाउँदै गइन् । यस्तै क्रममा उक्त सँस्थाले एउटा उत्कृष्ठ सहभागीलाई गाउँकै स्वास्थ सेविकाको रुपमा काम गर्न तालिम लिन पठाउने भयो । त्यसको लागि सीतालाई छानियो । तिनले तालिम लिन पाइन् । तालिम पाएपछि तिनले गाउँको स्वास्थ स्वयमसेविकाको रुपमा काम गर्न थालिन् । पहिले तिनलाई हेप्ने नजरले हेर्नेहरुले पनि अब नमस्कार गर्न लागे ।

तिनी त्यो गाउँकै एउटा उदाहरण नै बनिन् । एकपल्ट त्यस गाउँमा एउटा रोगको महामारी फैलिएर उधुम मच्चियो । अन्धविस्वासमा भएका कारण गाउँलेहरुले धामीझाँक्रीलाई झारफुक गर्न लगाए । सीताले सबलाई अन्धविश्वासमा नपर्न सम्झाए तर केहि लागेन । गाउँको केटाहरु भनाउदा सबै मुगलान थिए । गाउँमा बुढाबुढी बच्चा र महिला मात्र थिए । धामीबाट केही फाइदा नभएपछि विस्तारै गाउँलेको मनमा नयाँ विचार आयो र सीताको विचारमा सहमत भए । उक्त महामारीमा सीताको पनि धरै सहयोग थियो । महामारीले ठूलै रुप लिएपछि सीताको संयोजकत्वमा शहरबाट स्वस्थ्यकर्मीको माग गरियो जसको सहयोगबाट गाउँलेहरुलाई ठूलै विपतिबाट छुटकार मिल्यो ।

अर्को पट्टि भाई सोनु चाहिँ गाउँका केटाहरुसँग चरा मार्ने जस्तो तुच्छ कार्य गरेर हिँड्थे । घरको केही काम गर्दैन थिए । आमा बुबा विरामी हुँदा पनि उनले केही गर्दैन थिए । घरको काम र आमाबुबाको हेरचाह पनि सीताले नै गर्ने गर्थे । छोरीको यस्तो व्यवहार देखेर आमाबुबाको मन र विचार पनि परिवर्तन भयो । र उनीहरुलाई अनुभव भयो कि माया ममता शिक्षा दिक्षा दिएमा छोरी पनि केही कम नहुने रहेछ । छोरीले पनि छोरोकै झैँ कर्तव्य पूरा गर्दो रहेछ ।