(गीत)
चढ्दै जाऊ शिखर
 

 
नवराज सुब्बा
विराटनगर


 

चढ्दै जाऊ शिखर
छोऊ आकाशलाई
विजयको गीतसितै
बाँडौ प्रकाशलाई ।

नलडाऊ कसैलाई
पाइला अघि सारौं
जीत हुन्छ सबैको
मिलीजुली बढौं ।

जति माथि पुगे पनि
मन त यहीँ हुन्छ
देशको यो पुकारलाई
सम्झी छामे पुग्छ ।