भो म त कृषक बन्छु


दुर्गाबहादुर शाह 'बाबा'
पोखरा

भो म त कृषक बन्छु
भोमत कृषक बन्छु
यसैमा
स्वाभिमान देखे
परिश्रम देखे
जिवन्त देखे
आफनोपन देखे
त्यसैले म त कृषक बन्छु

किनकि
जागिर जस्तो
मुलाकात छैन
राजनिती जस्तो
छलछाम छैन
धार्मिक जस्तो
कटाक्ष छैन
यसैले म त कृषक बन्छु

यसैमा
धर्म छ
मर्म छ
कर्म छ
फल छ
बल छ
पवित्र छ
यसैले म त कृषक बन्छु