लघुकथा


भयाक्रान्त


सुषमा मानन्घर
ललितपुर
mdhsusma@yahoo.com


छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ठुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । "दाइ आज तिमी किन उदाश मात्र हैन निकै डराएका पनि देखिन्छौ "
सडकले निश्वास सहित घामले पग्लिँदै गरेका अलकत्रातिर हेर्दै भन्यो "जति जोगी आए कानै चिरीएका । "
"किन के भो र " ईँटोले कुरै बुझेन ।
"यो बुढेसकालमा केही सुबिस्ता होला भन्ने सोचेको थिएँ क्यै नहुने भो । जहाँ जसलाई जे अप्ठयारो परे पनि म सडक बाहेक अन्त रीस पोख्न जानेकै छैनन् । कुनै बन्द हडताल भयो कि मलाई पो टेन्शन । "
"यति कुरामै के को टेन्शन भयो त ?" ईँटोले कुरालाई हल्का रुपमा लिन खोज्यो ।
"भएका सडकको टालटुल गरी मर्मत गर्नु त कहाँ हो कहाँ मान्छेहरु जहिल्यै टायर बाल्न यही सडक देख्छन् । कसैलाई मेरो पीरै छैन । तातोले भत्भती कति पोल्छधुँवाले कति निस्सासिन्छु भन्ने कुरा अरुलाई के थाहा "सडकले आफ्नो दुखेसो पोख्यो ।
छेउमा उँघ्दै गरेको बुढो रुखले थप्यो "यही धुँवाले गर्दा नै त म दमको विरामी भएको हुँ । सुकेर खोक्रो भैसकेँखै कसले देख्ने कसले बुझ्ने "
"त्यही त । मेरो पनि हालत निको त कहाँ छ र सग्लो मेरो अस्तित्व कत्ति टुक्रा पार्छन् पार्छन् । मलाई उठाउँदै क कसमाथि बजारेका हुन्छन्गनी साध्य छैन । विचराहरु…। " ईंटोलाई आफ्नो अपराधबोध भैरहेको थियो ।

सडक छेउका भित्ताभरी पाम्प्लेटिङ गरिएका थिए । मानिसहरु सडकमा साना साना सम"ह बनाई अब निकै ठ"लो आन्दोलन हुन्छ भन्ने गाईंगुंई गर्दै थिए । भरे सहरका दुई चार ठाउँहरुमा कोणसभा गरिने भन्ने माइकिङ पनि हुन थाल्यो । सहरभरीसडकभरी बन्दहडतालजुलुस र खै के के हुने हो भन्ने त्रास फैलियो ।
ठुटे रुखईंटो र सडक अबेर रातसम्म गन्थन गर्दै आपसमा आफ्नो पीडा साटिरहे ।

भोलिपल्ट सखारै मोर्निङवाकमा निस्केका मानिसहरु तीन छक्क परे । हिजो अस्ति जहाँ त्यो अलकत्रे सडक हुन्थ्यो आज त्यहाँ मात्र गहिरो खाल्डो थियो । सानो ईटको टुक्रो खाल्डोमा धेरै तल खसेको थियो । बुढो ठुटे रुख भने उखेलिएर एकातिर लडेको थियो । मानौं आफैमाथि आउन सक्ने कुनै सम्भावित विपत्तिको आशंकामा डराएर त्यो कालोपत्रे सडक त्यहाँबाट रातारात कतै भागिसकेको थियो । कहाँ गयो यो भने कसैले लख काट्न सकेनन् ।

mdhsusma@yahoo.com