भजन


गीता थापा(दोषी)
ईजरायल


भरीदेउ ईश्वर ज्ञान मलाई बाँडन
सकौ सदभाव सबैलाई
न धुप न दिप न नैबेद ल्याएँ
खाली हात ईश्वर तिमीसँग फैलाएँ

महल छ बस्न, गुडनलाई गाडी
तर आउँछ, सधैं ईश्वर मनभित्र बाढी
बाहिरी श्रृङ्गारले म मानिस कहलिन्छु,
मनमा एकल सुखको चिन्ता बटुल्छु

कसरी सुधारौ ईश्वर म आफ्नु भुललाई
के गरी बुझाउँ म ईश्वर यो पापी मनलाई

न निन्द्रा छ, रातमा न चयन छ, आँखामा
छटपटि छ, मनमा प्यास छ, तनमा
लोभ र मोहले बाटो छोड्दैन
यो पापको भाँडो ईश्वर कहिल्यै भरिदैन

तिमी एक ईश्वर बाटो देखाउने
यो पापी मनलाई कहाँ लगि बिसाउने
त्यसैले ईश्वर म तिम्रो चौखटमा आएँ
माफि देउँ ईश्वर भुल नगर्ने बिन्ती बिसाएँ

भरीदेउ ईश्वर ज्ञान मलाई बाँडन
सकौ सदभाव सबैलाई
न धुप न दिप न नैबेद ल्याएँ
खाली हात ईश्वर तिमीसँग फैलाएँ