धेरै भो


निलम "स्पन्दन"
सुनसरी, पाँचकन्या
हालः दोहा कतार
e-mail : nilam_fuyal@yahoo.com


आजभोलि पहिलेजस्तै नहाँसेको धेरै भो
सपनीमा तिमीसँग प्रीति नगाँसेको धेरै भो
कुरा गर्दै दिलको घाऊ भर्दै
सँगै बसी मल्हमपट्टि नटाँसेको धेरै भो ।

झझल्कोमा तिमी आँउछ्यौ ननिदाको धेरै भो
लुकिडुम खेल्ने बतास पनि एक्लै भाको धेरै भो
छाँया बनी अतीत छचल्किने यी नयन
तिम्रो कठोर वियोगमा नओभाको धेरै भो ।

लङ्गडो छु तिमीबिना जंघार नतरेको धेरै भो
फोटो सिरानीको नियाल्दै निद्रा नपरेको धेरै भो
नियाल्छु हरेक उषामा बूँद त्यो शीतको
तर तिम्रो तश्वीर झल्किने शीत भूई नझरेको धेरै भो ।

वियोगको तड्पाईले लाग्छ नबाँचेको धेरै भो
भेटमा मात्र झर्ने आँशु आजकाल त नसाँचेको धेरै भो
हिँडिदिन्छु हरेकपल पीडा लिई छातीको
ओखती यहाँ छैन भनी नजाँचेको धेरै भो ।