बन्दैबन्दहरु


सुषमा मानन्धर
कुमारी पाटी, ललितपुर

हिजो पनि थियो
एउटा बन्द
आज पनि गुडेनन्
सडकमा गाडीहरु
यातायात बन्द
चक्काजाम ।
सहर क्रनाभरि डुलिरह्यो
मात्र नाराबाजी
जुलुस
तोडफोड
लाठिचार्ज
असन्तोष ।

विरोधको विरोधमा
बन्दको विरोधमा
कसैको पक्षमा
कसैको विपक्षमा
केही सुल्टयाउन
केही उल्टयाउन
बन्नु/  विग्रनु
निर्णय / अनिर्णय
अभावै अभावहरुको
विशाल खाल्डो वीच
भ्रम , हल्लाहरुमा चुलिने
धर्ना आन्दोलन
खुलेआम
बाटो
स्कूल
अस्पताल बन्द ।

कागजका तख्ताहरु
आवाजका जुलुस
सडकछेउ पेटीमा
आंत बाल्दै
थुप्रै मलिन अनुहारहरु
घाउमा बांधिएका पट्टी
लौरो बिसाई पर्खेका
क्रप्रा ढाडहरु
"पर्खी ! खुल्न दे"
एउटा कमजोर अनि निरिह
सान्त्वना समेत
ढर्मराउंदै ढल्यो
तख्ताहरु बन्द डोर्याइ रहेछन्
अर्को साउतीमा
भोलिदेखि
अनिश्चितकालीन् नेपाल बन्द रे !

mdhsusma@yahoo.com