बालक हामी

बासु श्रेष्ठ

साना साना बालक हामी
देशको रक्षा गर्ने
देशको रक्षा गर्नलाई
अघि अघि बढ्ने

माया गर्छों भाई बहिनी
दाजु दिदिलाई
आदर गर्छों माता पिता
गुरुजनलाई

पढ्छौं धेरै धेरै अनि
खेल्छौं थोरै थोरै
साथीभाई संग खेल्दा
मिल्छौं धेरै धेरै

देश विकास गर्नलाई
हामी जुट्नु पर्छ
हामी जुटे विकासको
मूल फुट्नु पर्छ

देश बने हामी बन्छौं
हामी बने देश
हाम्रोमात्र होइन भाई
सबको हुन्छ बेश

पाठ पढ्छौं स्कूलको
हतपत  बिर्संदैनौं
आफुलाई अह्राएको
काम बिगार्दैनौं

साना साना बालक हामी
देशको रक्षा गर्ने
देशको रक्षा गर्नलाई
अघि अघि बढ्ने…॥