बाख्रीको जुक्ति र भालुको मुर्ख्याइँ

इनु श्रेष्ठ
कक्षा ८
स्वर्ण
शिक्षा इ. स्कुल, गोकर्ण काठमाडौँ ।
 
एकादेशमा एउटी बाख्री थिई त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिईत्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गईहिँड्दा-हिँड्द त्यो बाख्री एउटा घना जङ्गलमा पुगी । त्यस जङ्गलमा धेरै डरलाग्दा जनावरहरु बस्दथे । त्यस बाख्रीले अलि परबाट एउटा अर्को बाख्री आइरहेकी देखी । त्यस बाख्रीलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो । उसले त्यस बाख्रीलाई सोधी- 'तपाईंलाई यस जङ्गलका बारेमा केही जानकारी भएको भए मलाई बताइदिनुहुन्छ यसो गर्नुभयो भने म निकै नै आभारी हुने थिएँ ।
 
अर्को बाख्रीले भनी- 'यस जङ्गलको राजा सिंहमन्त्री बाघ हुन् । यस जङ्गलको एउटा नियम छ । यस नियमअनुसार कुनै पनि जनावरलाई सिकार बनाउनुपर्यो भने त्यस सिकारीले जनावरले सोधेको प्रश्नको उत्तरका साथसाथै जनावरले अर् हाएको काम पूरा गर्नुपर्छ  । यसरी बाख्रीसँग जानकारी लिएपछि त्यो बुढी बाख्री त्यहाँबाट प्रस्थान गरिन् । उसले हिँड्दा-हिँड्दएउटा भालुलाई भेटी । त्यस भालुले बाख्रीलाई सोध्यो-  'के म तिमीलाई खान सक्छु।'
 
बाख्रीलाई सबै कुरा थाहा भएको कारण उसले एउटा जुक्ति निकाली । बाख्रीले भनी - 'तिमी मलाई खान चाहन्छौ भने तिमीले मसँग मिलेर बाघलाई मार्नुपर्छ ।'
 
भालुले सोच्यो- 'बाघ मरेपछि मलाई जताबाट पनि फाइदै-फाइद हुन्छबाघ मरेपछि सिँहको नजिकको मिल्ने जनावर भनेको  म नै हु । त्यसपछि म नै मन्त्री हुनेछु । त्यस बाख्रीलाई मार्नुभन्दा यसको जुक्तिमा सामेल हुन्छु ।'

त्यसपछि
बाख्रीले भालुलाई भनी- 'बाघलाई मार्ने तिमीसँग कुनै जुक्ति छ भने त्यस जुक्तिअनुसार नै हामी चल्नुपर्छ  ।

भालुले भन्यॊ- 'भोलि राजाको सभा हुन्छराजाकहरेक सभामा बाघले एउटा न एउटा जनावर िसंहलाई उपहार दिने गर्दछ । सिँहले त्यस जनावरलाई एउटा प्रश्न सोध्ने गर्दछयदि त्यस जनावरले उत्तर दिन सक्यो भने सिँहले जे भन्यो त्यही पुर्याइदिन्छ । यदि जवाफ दिन सकेन भने त्यस जनावरलाई आफ्नो सिकार बनाउँछ ।'

त्यसपछि बाख्रीलबाघसँग भेट्ने र सिँहसामु बाख्रीलाई उपहारस्वरुप उपस्थित गर्न आग्रह गर्ने निधो गरे । उता भालुले भने आफ्नो निर्णय फेरिसकेको थियो । उसलाई राम्रोसँग थाहा थियो कि बाघलाई मार्न असम्भव छ । त्यसकारण उसले बाख्रीलाई नै मार्ने निधो गर्यो । तर त्यसलाई मार्नका लागि नियम पालना गर्नुपर्थ्यो  । त्यसैले भालुले सोध्यो- ''तिमी किन बाघलाई मारेर मात्र मर्न चाहन्छौ ।'

बाख्रीले भनी- 'म एउटा यस्तो बाख्री हुँ,  जसलाई भगवानले सबैसँग लड्ने क्षमता दिएका छन् । मलाई मद्दत गर्ने जनावरलाई वरदान दिने शक्ति पनि ममा छ ।'
त्यसपछि भालुलसोच्यो- 'म यस बाख्रीको सहयोगी बन्छु र राजा हुने वरदान माग्छु ।'

बाख्रीले अब बाघसँग भेट गरी र भनी- 'भालुलाईनजिकबाट चिन्छु । उसले तपाईंलाई मार्नका लागि मलाई प्रयोग गर्न लागिरहेको छ । तपाइ र म मिलेर त्यस भालुलाई मार्नुपर्छ  ।
 
बाख्रीले भनी- 'भोलि सभामा तपाईं मलाई सिँहको उपहारका रुपमा प्रस्तुत गर्नुस् । जब राजाले मलाई प्रश्न सोध्छत्यस प्रश्नको उत्तर यस्तो ढङ्गले दिनेछु कि राजाले मैले जे भन्यो त्यही पुर्याइदिन्छ ।'
 
बाघले त्यो कुरा मान्यो । यसरी बाख्रीले दुई जिब्रे भएर जङ्गल पार गर्ने विचार गरी । भोलिपल्ट जब बाघले बाख्रीलाई सिँहसामु उभ्यायो तब सिँहले सोध्यो- 'स्वर्गको भर्याङ हुन्छ किन हुँदैन ?
 
बाख्रीले भनी- 'स्वर्गको भर्याङ  हुन्छ ।'
 
सिँहले फेरि सोध्यो- त्यो भर्याङ केबाट बनेको हुन्छबाख्रीलाई के जवाफ दिने थाहा थिएनत्यसले बुद्धि  पुर्याएर भनी- 'यदि सत्यराम्रो कुरा गर्ने हो भने त्यही नै स्वर्गको भर्याङ निर्माण गर्ने सामग्री हुन् ।'
 
सिँहलाई
त्यो कुरा चित बुझ्यो र सोध्यो- 'भन तिमी के चाहन्छौ ।'
 
बाख्रीले भनी- 'म चाहन्छु भालुको मृत्यु बाघको हातबाट होस् र यस जङ्गलबाट मैले सुरक्षापूर्वक निस्कन पाऊँ ।'

सिँहले
भालुको मरण बाघबाट गरायो र बाख्रीलाई जान दियो । यसरी बाख्रीले आफ्नो भ्रमण गर्ने इच्छा पूरा गर्यो ।