अवसान

समृद्धि सायद
काठमाडौं

साथीहरु सोध्छन्"खै! नयाँ केही"
जवाफमा एक जोर ओठहरु तन्काउछु ।
"किन?यस्तो आजभोलि"
प्रश्नहरुको ओइरो खेप्न नसक्दा,
फुत्त शब्द निस्कनछ ,
"अवसान"
"कस्तो नि!"-ठिमाहाहरुको प्रश्न ।

कस्तो-कस्तो मलाई नै थाहा भएन ।
बैंशमा रहरहरुको अवसान
आवश्यकताहरुको लर्कोमा प्रेमको अवसान
प्रेममा आत्मियताको अवसान ।

समयको उत्तरार्धसँग
खुशीहरुमा बैंशको अवसान
इच्छाहरुमा जाँगरको अवसान
ढररामा जीवनले,
नौलोको अवसान गरिएछ ।
"अवसान"
गर्ने क्रम जारी छ
केही न केही ,कतै न कतै
शायद
लत नै बसेछ क्यार्!
र त
सम्बन्धहरु पनि
त्यसै-त्यसै विना कारण
अवसान
गर्ने चस्का पसेको छ म भित्र .........