अर्थहीन युद्ध


पल्पसा
शिकागो, अमेरिका


हुने भए यो सँसारलाई च्यातेर फाल्थेँ
दनदनी दन्किएको आगोमा हाल्थेँ
चाहिँर्दैन मलाई यस्तो झुटो सँसार
सक्ने भए धकेलेर भीरमा खसाल्थेँ

आगोले पानीलाई जलाई दिन्छु भन्छ
पानीले आगोलाई निभाई दिन्छु भन्छ
यो अर्थहीन युद्धको अन्त्य कहाँ छ ?
मलाई लाग्छ सारा युद्ध झुटो हुनसक्छ

शिखरले आकाशलाई चुम्न देउ भन्छ
आकाशले शिखरलाई माथी आउ भन्छ
न शिखर अग्लिन्छ, न आकाश निहुरिन्छ
मलाई लाग्छ यस्तो माया झुटो हुन सक्छ