देशको प्रतिनिधि र स्थानीय संस्था
बासु श्रेष्ठ
लामो समयसम्म रिक्त रहेको अमेरिकाको लागी नेपालको राजदूत पद बल्ल पुर्ति भएको छ
। जयप्रताप राणाको निधन पछि रिक्त रहेको उक्त पदमा लामो समयपछि प्रजातान्त्रिक
सरकारबाट राजदूत केदारभक्त श्रेष्ठको नियुक्त भएको थियो तर माघ १९ को कदम तुहिएपछि
जनतान्त्रिक सरकारबाटै उनलाई फिर्ता बोलाईएको थियो र त्यो पद केहि हप्ता अगाडिसम्म
पनि रिक्त नै रहेको थियो । र हाल आएर त्यसमा विराजमान हुनु भएको छ डा. सुरेश राज
चालिसे । डा. चालिसेको आगमन नभए सम्म कार्यवाहक राजदूतको रुपमा काली प्रसाद पोखरेल
हुनुहुन्थ्यो ।
कार्यवाहक राजदूत काली प्रसाद पोखरेलले एक समारोहमा दिनदिनै वृद्धि हुँदै गएको
नेपालीको जनसँख्या र नेपालीको कार्यक्रमहरुबारे टिप्पणी गर्दै भने "अमेरिका आएको
दुई महिनामा छैठौ हो कि सातौ कार्यक्रममा सहभागी हुँदैछुँ ।" र पूर्वराजदूत
केदारभक्त श्रेष्ठको पनि एउटा कार्यक्रममा यस्तै टिप्पणी थियो । अर्थात बढ्दो
नेपालीको माझ बढ्दो सँस्थाहरु र यि सँस्थाहरुको बढ्दो कार्यक्रम प्रति सहि टिप्पणी
।
हुनपनि कुनैपनि सँस्थाबाट आयोजना गरिने कार्यक्रममा आकर्षणको रुपमा र आफ्नो
कार्यक्रममा ओज थप्नकोलागी देशको प्रतिनिधिलाई आमन्त्रण गर्न कसलाई रहर नलाग्ला ? र
कार्यक्रमको बारेमा त्यस्ता प्रतिनिधिबाट टिप्पणी सुन्नपनि सँस्थाका आयोजकहरु
लालायित नै रहन्छन् । फलस्वरुप सँस्थै सँस्थाले झ्याङ्गिएको यो सानो वासिङ्गटन डि.सी.
र यसको सेरोफेरोमा नेपाल सरकारको प्रतिनिधिको प्रत्येक शनिवार या आईतवार दौडादौड
चल्छ । स्थानिय वासिन्दाले सम्मान गरेर बोलाएको कार्यक्रममा सहभागी नहुने पनि कसरी
यदि सहभागी बन्ने हो भने भ्याएर भ्याई नसक्नु हुन्छ । त्यसमाथि हप्तादिन पछि पाएको
सप्ताहान्त समाजमा नै दगुर्दै ठिक हुन्छ भने आफ्नो परिवारलाई खोई समय उदाहरणको लागी
यहि वासिङ्गटन डि.स.मा मात्र ४६ वटा सँस्थाहरु भैसकेको छ । (तिनमा कतिपय सँस्था एउटै
उदेश्य र गन्तव्य भए ता पनि सँचालक र नाम भने भिन्न रहेको छ।) जे होस् यि ४६ वटै
सँस्थाले हरेक हप्ता क्रमशः कार्यक्रम गर्ने हो भने ४६ हप्ता लाग्छ र देशका
प्रतिनिधिहरुको समय झण्डै एक वर्ष यसरी नै वित्ने हुन्छ । यि बाहेक अमेरिकाकै अन्य
राज्यहरुमा हुने कार्यक्रम पनि छँदैछ ।
काम कुरा एकातिर भने झै देशको प्रतिनिधिहरु यसरी कार्यक्रमहरुमा भाग लिँदै हिडने हो
भने देशले ठुलो आर्थिक भार व्यहोरेर विदेश पठाएकोलाई उत्पादक भन्ने कि
प्रत्युत्पादक भन्ने ? देशका प्रतिनिधिहरुले देशकोलागी यथेष्ट समय दिन सकेनन् भने
देशको त्यो लगानी प्रत्यूत्पादक नै ठहरिन्छ भन्ने कुरामा शायदै दुई मत होला ।
काम कुरा एकातिर यस अर्थमा भनिएको हो कि राष्ट्र् र राष्ट्रिय स्वार्थको अगाडि
हामीद्वारा गरिने यस्ता कार्यक्रमहरु केहि होईनन् । र यस्ता कार्यक्रमहरु स्थानिय
सहभागिका साथ नै चल्न सक्छ । यस आशयले स्थानिय सँस्थाहरुलाई कुनै ठेस नपुगोस् भन्ने
कुरामा म सचेत त छुँ नै प्रतिनिधिहरुको अवमूल्यन पनि नहोस् भन्ने तर्फपनि म उत्तिकै
सचेत रहेको छुँ । फेरि राष्ट्रिय मुद्दामा भएका कार्यक्रमहरु विरलै पाईन्छ र यदि
यदाकदा पाईयो भने ति पनि कुनै दलगत स्वार्थद्वारा अभिप्रेरित भएका पाईएका छन् ।
कसैको तर्क हुन सक्छ उनीहरुको कामकोलागी त बाँकि पाँच दिन मनग्गे छँदैछ नि । तर सात
समुद्रपारी आएका प्रतिनिधि त्यो पनि कुनै सँस्थाआदिको नभई देशको प्रतिनिधिलाई
लक्ष्य बमोजिम काम गर्न के ति पाँच दिन मनग्गे होला त? त्यस्तै आफ्ना
व्यक्तिगत जिवन र परिवारकोलागी पनि त समय चाहियो ।
त्यसकारण स्थानिय सँस्थाहरुले आफ्नो मात्र स्वार्थ नहेरी देशका प्रतिनिधिहरुलाई जुन
ध्येय र उदेश्यले अमेरिका आएका हुन् त्यो हासिल गर्नमा सहयोग पुर्याउनु पर्छ ।
उनीहरुको बहुमुल्य समयको सदुपयोग गर्ने मौका दिनुपर्छ र यसमा हामीले के सहयोग
चाहिन्छ गर्नुपर्छ । अनिमात्र हामीले देशकोलागी केहि योगदान गरेको ठहरिन्छ ।
अन्यथा प्रतिनिधि भएर आयो गयो देशकोलागी केहि उपलब्धि भएन भने त्यस्तो अवधि
देशकोलागी अनुत्पादक ठहरिन जान्छ ।
नव नियुक्त राजदूत डा. सुरेशराज चालिसेलाई बधाई दिदै देशले जुन उदेश्यले वहाँलाई
नियुक्त गरेको हो त्यसमा सफलता मिलोस् भन्ने कामना गर्दै स्थानिय सँस्थाहरुले पनि
आफ्नो कार्यक्रमको औचित्य हेरेरमात्र देशका प्रतिनिधिहरुको समय प्रयोग गर्नुपर्ने
कुरामा सचेतता जनाउला कि भन्ने खसखस लागेको छ ।
साहित्यकार र उसको नैतिकता
बासु श्रेष्ठ
साहित्यलाई समाजको
ऐना बनाउने दायित्व बोकेका साहित्यकारहरुमा नैतिकताको प्रश्न उब्जियो भने त्यो ऐना
कस्तो हुन्छ होला एकपल्ट कल्पना गर्नुहोस् । त्यो ऐना हेर्ने नहुने र एकको अनेक
देखिने ऐना हुन पुग्छ ।
गीतकार तथा गजलकार कृष्णहरि बरालसँगको एक कुराकानीमा उनले भनेका थिए-"म मन्त्री
नेताहरुसँगको भेटघाटमा मौका पाएको बेलामा उनिहरुलाई साहित्यकारको कुरा सुनिदिन
अनुरोध गर्दछु ।" र यो कुरा मलाई साह्रै चित्त बुझेको थियो र छ । किनभने देश
र समाजकोलागी निस्वार्थ भावनाले नैतिकताकासाथ काम गर्ने र सोच्ने समुह हो
साहित्यकार । देश हाँक्ने चालकहरुले साहित्यकारलाई मार्गदर्शकको रुपमा ग्रहण गरेर
अघि बढेमा देशको मुहार फेरिन बेर नलाग्ने कुरामा दुईमत हुन सक्दैन ।
साहित्यकारले कुनै परिणामको आशा विना नै समाजलाई डोर्याउने काम गरिरहेको हुन्छ ।
समाजलाई मार्गदर्शन दिएर जिवन सरल बनाई रहेको हुन्छ । ठिकलाई निष्पक्ष ठिक र
बेठिकलाई निर्धक्क बेठिक भनिरहेको हुन्छ ।
तर यिनै कञ्चन र निष्कलङ्क साहित्यकारहरुमा लोभ लालच या तामसीको मात्रा वृद्धि भयो
भने या प्रश्रय पायो भने समाज र देशले कष्ट भोग्नुपर्ने हुन्छ । समाज तथा देश
पथभ्रष्ट हुन्छ । समाजमा विकारको वृद्धि हुन्छ र समाज कष्टकर हुन्छ । साहित्यकारमा
पुरस्कार मानपदवी अलङ्कार या पद मोहको वृद्धि भयो भने उ साहित्यकार नभई धिक्कारमा
परिणत हुन पुग्छ । 'जो अगुवा उहि बाटो हगुवा'को उखान चरितार्थ हुन्छ । साहित्यकारले
विगतका अनुभवबाट आगामी दिनहरुको बाटो बनाउँछ । कसैले दिएको क्षणिक मानपदवी अलङ्कारको
विभुषणले समाजमा के कस्तो प्रभाव या टिप्पणी हुन्छ त्यसप्रति सचेत रहन्छ । आफ्नो
क्षणिक मानले दूरगामी अपमान हुन्छ कि भन्ने कुरामा सचेत रहन्छ । यदि त्यस्तो अनुभव
गर्यो भने उसले त्यस्तो क्षणिक मानपदवी अलङ्कारलाई नकारेर अझ आफ्नो उँचाईमा वृद्धि
गर्छ ।
तर हाम्रो दूर्भाग्य के रह्यो भने यदाकदा हामीले यस्तो साहित्यकार देख्नु परेको छ ।
आफुलाई साहित्यकारको गणना गर्ने तर साहित्यकारको धर्म निर्वाह नगर्ने साहित्यकारहरु
हामीले देख्नुपरेको छ । कसैले चाटुकारीता प्रदर्शन गरेर समर्पण गरेको मानपदवी
अलङ्कार तथा पुरस्कारमा आफ्नैमात्र दावी गरेर क्षणिक सुख या नाम मोहमा डुबेका
देखिन्छन् । आफ्नो क्रियाशिलतामा स्थापित सँस्थाबाट स्वतन्त्र पुरस्कार समितिको
निहुँमा आफैले वर्षमा दुई दुई पटक पुरस्कार हात पार्छन् । जसले गर्दा सँस्थाको गरिमा
र ईज्जतमा नै आँच पुग्छ ।
असल कार्यको लागी जो पनि पुरस्कृत हुनुपर्छ र यसमा साहित्यकार अपवाद रहन सक्दैन । र
कसैलाई पुरस्कार या सम्मान दिन तेश्रो व्यक्ति या समाजको अग्रसरतामा यस्तो कार्य भयो
भनेमात्र त्यसलाई साँच्चिकै योग्य कदर भएको मानिनु पर्छ । तर यसो नभई सँस्थाको
सँस्थापकले नै पुरस्कार बटुल्दै हिँड्ने हो भने न त सँस्थालाई मद्धत पुग्छ न त
पुरस्कृत व्यक्तिलाई न त सँस्थासँग सम्बद्धित व्यक्तिहरुलाई नै मद्धत पुग्छ अपितु
समाजमा नकारात्मक सन्देश मात्र पुग्छ । तर पुरस्कृत व्यक्तिले उल्लेखित कुरामा
ध्यान पुर्याएर पुरस्कारको चयनलाई अस्विकार गर्यो भने उसको अपमान नभई मानमा
बृद्धि हन्छ ।
नैतिकताको कुनै नियम कानुन हुँदैन । यो त व्यक्तिले समाजबाट राम्रा र असल कुराको
अवलम्बन गर्ने आधारमा आधारित हुन्छ । नियम कानुनको अवलम्बन त जो कोहि ले पनि गर्छ
तर अलिखित कानुनको पालना गर्ने व्यक्ति महान हुन्छ र उ अमर हुन्छ र उसलाई नैतिक
व्यक्ति भनेर चिनिन्छ ।
सँस्था बोक्ने कि चढ्ने?
बासु श्रेष्ठ
कुनै पनि सामुहिक कार्य सफलता पुर्वक सम्पन्न या
सँचालन गर्न सँस्थाको स्थापना गर्न जरुरी हुन्छ र यसै प्रयोजनको लागी हामीले कतिपय
सँस्थाहरु स्थापना भएको देखेका छौ । कुनै सँस्था दिर्घकालीन हुन्छ त कुनै अल्पकालीन
। सँस्थाको अवधि जति भएपनि उद्देश्य एउटै हो सामाजिक स्वार्थकोलागी सामुहिक रुपमा
काम गर्नु र सम्पन्न गर्नु । सामान्यतयाः नितिगत कुरा गर्दा सँस्था स्थापनाको कारण
माथि भने झै भएपनि व्यक्तिगत स्वार्थ या आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्न पनि
सँस्थाको स्थापना गरिएको पनि पाईन्छ ।
सँस्था मार्फत सामाजिक कामहरु गर्दै जाँदा कामगर्ने व्यक्ति र सँस्था दुबै चर्चित
हुँदैजान्छ र समाजले सँस्था या व्यक्तिलाई कुनै न कुनै दिन पुरस्कृत गर्छ । यसमा
समय भने अवश्य लाग्न सक्छ तर निस्वार्थ भावनाले प्रेरित भएर गरेको कामको मूल्याङ्कन
कुनै न कुनै दिन अवश्य हुन्छ । र यस मूल्याङ्कन र पुरस्कारको लोभ काम गर्ने
व्पक्तिमा पटक्कै हुनुहुँदैन । यदि भयो भने त्यसलाई निस्वार्थपरक समाज सेवा भन्न
मिल्दैन । कर्म गर्नु फलको आशा नगर्नु भन्ने गीताको सारलाई मनन गर्ने हो भने यो
भनाई यस लेखको आशयमा लागु हुन्छ । अर्थात परिणाम या पुरस्कारको मोहमा गरिएको काम
दुखदायी हुन्छ । किनभने कसैले फलको आशा गरेको छ र यदि त्यस्तो आशातीत फल प्राप्त
नभएमा त्यस व्यक्तिमा निराशा बढ्छ निराशा बढेपछि त्यसको कारणहरु खुट्याउन तिर लाग्छ
अनि अनुमानको आधारमा फलानो या ढिस्कानोले गर्दा यसो भएको हो भन्ने तर्क चल्न सक्छ र
फलानो र ढिस्कानो सँगको दूरी बढ्न सक्छ । फलत उ एक्लिएको महशुस गर्न थाल्छ या एक्लो
पर्न थाल्छ । परिणाम फलको आशामा गरेको कामले फल नदिएपछि या नपाए पछि विभिन्न समस्या
र दुःखहरु आईपर्न सक्छ ।
माथि नै भने झैं निस्वार्थपरक कार्यको एक न एकदिन मूल्याङ्कन हुन्छ र त्यस्तो
समाजसेवी एक न एकदिन पुरस्कृत हुन्छ र हुनुपनि पर्छ ।
तर समाजमा यस्ता मानिस या समुह पनि देखिन्छ जो सँस्थाको नाममा आफ्नो मात्र स्वार्थ
हेर्ने गर्छन । आफ्नो स्वार्थ वा प्रयोजनकोलागी सँस्थाको नाम अगाडि बढाएर
स्वार्थसिद्ध गर्न खोज्छन् । त्यसै सँस्था मार्फत आफुलाई समाजमा अगाडि ल्याउने या
आउने धृष्टता गर्छन् र यो साह्रै निकृष्ट कार्य हो भन्नुमा अत्युक्ति नहोला । चाडै
नाम कमाउने या चाँडै प्रसिद्ध हुन चाहनेले सँस्था काँधमा बोक्ने काम नगरी सँस्थाको
काँध चढेर लोकपियता कमाउन खोज्छन् । र यस्तो लोकपि्रयता क्षणिक हो भन्ने कुरामा
यस्ता व्यक्तिहरु अन्धा हुन्छन् ।
यसै प्रसङ्गमा मैले सुनेको कुरा यहाँ उल्लेख नगरी रहन सकिएन । कुरा कत्तिको सत्य हो
त्यो त मलाई थाहा भएन तर हावा नचली पात हल्लिदैन भन्ने उखान सम्झेर भन्न लागेको हुँ
।
आफुले आफुलाई नै पुरस्कृत गराएर चर्चामा आउनकोलागी अहिले काठमाण्डौमा बतासे सँस्थाको
सहारा लिने प्रवृत्ति चलेको छ भन्ने मैले सुनेको छुँ । तपाई त्यस सँस्थासँग सम्पर्क
गरेर आफैलाई पुरस्कृत गराउने मनशाय भन्नहोस् र त्यस सँस्थाले मागेको भनेको जति खर्च
दिनुहोस् । अनि त्यस सँस्थाले एक समारोहको आयोजना गरि कुनै मन्त्री या चर्चित
व्यक्तिबाट तपाईलाई सम्मानित या पुरस्कृत गरिदिन्छ र तपाई रातारात चर्चित व्यक्ति
बन्नुहुन्छ । अर्थात कोहि कोहि व्यक्ति नामको यति भोका हुन्छन् कि खोक्रो मानपदवी
आफैंले आफलाई दिएर चर्चामा आउन चाहन्छन् ।
भनाईको तात्पर्य सँस्था स्थापनाको मुलभूत उद्देश्य सामाजिक कार्य भएपनि यस
उद्देश्यमा विकृति आएको पाईन्छ । व्यक्तिगत स्वार्थ र व्यक्तिगत चर्चाको मोहमा
सँस्थाको आड लिएर आफ्नॊ अभिष्ट पुरा गर्ने प्रवृत्ति बढेको पाईन्छ । एकथरि
निस्वार्थ भावनाले सँस्थालाई काँधमा बोकेर सामाजिक कार्य गर्छन् भने अर्काेथरि
सँस्थाको काँध चढेर रातारात चर्चित बन्ने मोहमा डुबेका हुन्छन् ।
यस लेखले कसलाई निर्दिष्ट गरेको होला भन्ने तपाईलाई खसखस लागेको छ भने आफ्ना
मित्रहरुसँग खासखुस गर्नुहोला खसखस मेटिन सक्छ ।
के हो राष्ट्रिय झण्डाको कुरा ?
लेखनाथ भण्डारी
lnb999@gmail.com
रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो
जिउंदो रगत सरी बल्दो शान हाम्रो
जन्मन्दै यो जगतमा कैयौं प्रहार आए
हारे दुई साम्राज्य हारेन सान हाम्रो
तर यो रातो र चन्द्र सुर्य जंगी निसाना हाम्रो, भन्दा सम्झनु पर्ने अर्को कुरा पनि
छ। त्यो हो, यो कुरा नेपालको अहिलेसम्मको राष्ट्रिय झन्डालाई नै भनिएको हो पक्कै पनि।
तर हाम्रो राष्ट्रिय झन्डामा जुन प्रतीक छन , चन्द्र र सुर्य , यी ज्यादै राम्रो हो
तर । तर के भने यो कति पनि व्यबहारिक र बैज्ञानिक छैनन ।
यो बिषयमा मकरे मानव अधिकार आयोगगमा पछिल्लो पटक राजा ज्ञानेन्द्रलाई साथ दिन
राजपथको ओरालो मार्ग प्रस्थान गर्नु हुने डा . राम दयाल राकेशले खोई के लेख्नु भएको
छ , उहाँको नेपालको राष्ट्रिय झन्डामा एउटा पुस्तक नै छ। तर मलाई लागेको कुरा हो ,
यो झन्डामा चन्द्र तल हुनु पर्छ र सुर्य माथि । किनकि हाम्रो यो धर्ती वा हाम्रो यो
लोकबाट सुर्य भन्दा चन्द्रमा नजिक छ र सुर्य टाढा । टाढाको कुरा माथि वा नजिकको तल
हुन्छ कि ? तर हाम्रो राष्ट्रीय झन्डामा सुर्य तल छ भने चन्द्र माथि छ।
यस्तो नहुनु पर्ने हो भनेर सबैलाई लाग्नु स्वाभाबिक छ तर यहाँ पनि खास कारण छ ।
कारण रहेछ , नेपालका राजा श्री ५ र महाराज श्री ३ को । राजा महाराजले भने पछि कस्ले
रोक्छ ? केल्ले छेक्छ ? कुरो परेछ गहिरो, सुनेको हो- नेपालका राजा परेछन, चन्द्र
बंशका । अनी राणा परेछन , सुर्य बंशका । तेही राजा र राणाको प्रतिक राख्दा सुर्य तल
र चन्द्र परेछ माथि। तर पनि यहाँ बाँकी प्रश्न ज्युउँदो छ नेपालको झन्डा बन्यो कहिले
? राणा र राजाको प्रतिक हो नै भनेर भन्नु पहिले यो त पता लाउनैपर्छ ।
तेस्तै यो जंगी पनि यिनै राजा महाराजको प्रतिक त होईन ? सबै कुरामा यो केटो कति
जान्ने भा' भन्ने खस-खस लाग्ला अग्रज बुढा-पाकालाई , तेसैले यो उहाँहरुकै जिम्मामा
छोड्नु जाती होला कि ! तर देसैको नक्सा फेर्ने कुरा चलेको बेला यो जाबो (!?) एउटा
झन्डासम्म फेर्ने कुराको भने चर्चा-चियो खोई किन हो सुनिएको छैन जस्तो लाग्छ ।
साबधान
बासु श्रेष्ठ
के तपाइँलाई तलको ईमेल आएको छ? यदि आएको छ भने तुरुन्त डिलीट गरी हाल्नुस. यो ईमेल बिशेष गरी अमेरिकी करदाताहरुलाई पठाउने गरिएको छ. येसमा तपाइँको क्रेडिट कार्ड सम्बन्धी सुचनाहरु लिएर तपाईंको खल्ती र बैंक रित्याउने मनशाय रहेको छ. पैसा फिर्ता पाउने लोभमा आफ्नो बैंक र क्रेडिट कार्ड सम्बन्धी जानकारी दिएर नलुटिनु होस. र आफ्ना चिनेजानेकाहरुलाई पनी साबधान गराउनु होस र IRS (Internal Revenue Service) लाई phishing@irs.gov मार्फत उजुरी गर्नु होस.
तपाइँले पाउने ईमेल यस्तो हुनेछ:
1)
|
|
|
|
2)
|
||||
|
||||
| Home | Get Tax Refund on your Visa or MasterCard | Refund Help | ||||
|
|
|
|||
|
|
||||
बड़ा दशैं २०६४ को शुभकामना
डा. तारानाथ शर्मा
आगन्तुक प्राध्यापक
मिशिगन विश्वविद्यालय
अमेरिका
कुशासन गरी लुटने नेताले राष्टृ भत्कियो
हे जगत्की मातृदेवि हल्लाऊ दैत्यको हियो
कुकर्मीहरु नाशेर बचाऊ राष्टृ एकता
जगन्माता यो दशैंको देऊ आशीष जतातता
जसै आयो दशैं हाम्रो मनमा आश उम्रियो
दुर्गा खड्ग लिई आइन ढाल्न दानवको मियो
हाहाकार भयो सारा दैत्यका दास थर्किए
ठाडों पुच्छर ली भागे पिडाका स्वर चर्किए
अब हामी सबै वर्ग सधैँ नै मिल्नुपर्दछ
शान्ती होस स्नेह होस भन्ने प्रार्थना गर्नु पर्दछ
नेपाली जनता हामी दशैं भरि रमाउँछौँ
डर, त्रास र धम्कीको स्थितिलाई हटाउँछौँ
नेपाली सास्कृतिक केन्द्रः एउटा असल
शुरुवात
बासु श्रेष्ठ
बाल्टिमोर तथा वासिङ्गटन डिसी क्षेत्रमामात्र नेपालीहरुको
सँख्या करीब पन्ध्र सोह्र हजार रहेको अनुमान छ । आधिकारिक सँख्या कसैलाई थाहा छैन
तर यो सँख्या दिन पर दिन बढ्दो छ । कोहि अध्ययन भिसामा कोहि पर्यटक भिसामा त कोहि
ग्रीनकार्ड लिएर यस क्षेत्रमा आइरहेका छन् । यसरी बढ्दो जनसँख्याको कुनै एक ठाउँमा
जमघट गर्ने स्थानको भने अभाव खट्किएको छ । हुन त यस्तो अभाव दश पन्ध्रवर्ष अगाडि नै
नभएको होईन र यसमाथि समाजका अग्रजहरुबाट कार्य थालनी भएकै हो । त्यसैको फलस्वरुप
पशुपति तथा बुद्ध मन्दिरको स्थापना भएको हो । जसले हालै सातौँ वार्षिकोत्सव मनायो ।
यस मन्दिरको स्थापनाले स्थानिय नेपालीहरुमा हौसला तथा खुशीको साचार भएको थियो ।
नेपालीहरुमा आफ्नो केहि भएको महशुस गरे । जुन मन्दिरमा गएपनि देव एकै हुन् भन्ने
भावना हुँदाहुँदै अब हामी आफ्नै नेपाली मन्दिरमा जान पाईयो भनेर दङ्ग परे । तर त्यो
दङ्गपनमा बृद्धि कहिल्यै भएन अपितु यसमा ह्रास आउन थाल्यो । मन्दिरले आयोजन गर्ने
कार्यक्रमहरुमा सहभागितामा ह्रास आउन थाल्यो । किनभने जुन योजनाले मन्दिरको जन्म
भएको थियो त्यस अनुसार हुन पाएन । नाप नक्शा बमोजिमको भवन बनाउने कुरामा
छिमेकीहरुबाट अवरोध आयो । एक त मन्दिरको जग्गा नै छाँट नपरेको अर्थात चौडाई ५० फिट
र लम्बाई १५०० फिट त्यसमाथि छिमेकीको विरोध । अझ भनेको बेलामा दर्शन गर्न नपाईने र
मन्दिरको सँरक्षणमा अनुभव गरिएको लापरवाहीले सहभागीता झन घट्न थाल्यो ।
तर अर्कातर्फ भने चाडवाडमा जमघट या कुनै सामुहिक कार्यक्रम गर्नकोलागी एक आफ्नै
छुट्टै स्थानको आवश्यकतामा तिब्रता आयो । स्थानीय सँस्था अमेरिका नेपाल सोसाइटिले
वर्षमा कम्तीमा पाँच छ वटा कार्यक्रम गर्ने गर्दछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य
समाजले पनि कम्तीमा चारवटा कार्यक्रम गर्छ । त्यस्तै अमेरिका नेपाल महिला सँघलेपनि
कम्तीमा सात आठवटा कार्यक्रम गरेको देखिएको छ । यि बाहेक अन्य कतिपय सँस्थाले कहिले
साँस्कृतिक त कहिले राजनैतिक कार्यक्रमहरु गरि नै रहेका हुन्छन् । तर यि सबै
कार्यक्रमकोलागी कहिले स्थानीय पुस्तकालय त कहिले सार्वजनिक पार्क त कहिले
रेष्टुराँमा गर्ने गरिएको छ । सबभन्दा ठुलो समस्या कार्यक्रम गर्ने भनेको ठाउँमा र
तोकिएको दिनमा हल पाउने नपाउने भन्ने रहेको छ । जसको अनिश्चितताले गर्दा
आयोजकहरुलाई कार्यक्रमको जानकारी समयमै गराउन असमर्थ हुन्छन् । र यसरी यस्तो
अवस्थामा हाम्रो आफ्नै हल वा स्थान भएको भए हामी यता उता दौडिनु पर्दैनथियो भन्ने
सोचाईले जरा गाड्दै गयो र अन्ततः एक नेपाली साँस्कृतिक केन्द्रको निर्माण गर्ने यस
क्षेत्रका वासिन्दाले गरेका छन् ।
हालको स्थानमा मन्दिर बनाउन असम्भव प्रायः भएको सबैले महशुस गरिरहेका छन् तर
मन्दिरको खाँचोपनि उत्तिकै रहेको महशुस भएको छ । यसका अतिरिक्त माथि भने झै विभिन्न
कार्यक्रमहरु गर्नकोलागी पनि एक सामुहिक स्थलको आवश्यक भईसकॆको सबैले महशुस गरिरहेको
परिप्र्रेक्ष्यमा उक्त सास्कृतिक केन्दको अवधारणाको जन्म भएको हो ।
सास्कृतिक केन्दको निर्माण गर्नकोलागी सोसाईटि तथा मन्दिरको सँयुक्ततामा एक समिति
गठन गरिएको छ । जसले चन्दा सङ्कलन गरेर साँस्कृतिक केन्द्रकोलागी जग्गा खरिद गर्ने
छ र हाल मन्दिर रहेको जग्गा विक्री गरेर नयाँ स्थलमा मन्दिरको स्थापना गरिने छ जहाँ
नेपालीहरुकोलागी भेटघाट या रमाईलो गर्ने एक सामुहिक थलोको रुपमा हुनेछ ।
यस सामुहिक कार्यमा यस वासिङ्गटन डिसी क्षेत्रमात्र होईन अमेरिका या क्यानाडामात्र
होइन विश्वभर छरिएर रहेका नेपालीहरुले नेपाली हुनुमा आत्मसम्मान र गौरव गर्दै सहयोग
गरेको खण्डमा यो योजना चाँडै नै सफल हुनेछ भन्ने कुरामा दुई मत छैन । र यसलाई एक
असल शुरुवातको रुपमा हामीले हेर्नैपर्छ ।
मन्जु निरौला
कराही जस्तो काठमाण्डौं
मेरिल्याण्ड, अमेरिका
अहिले नेपालको परिप्रेक्ष्य हेर्ने हो भने नेपाल अब काठमाण्डौंमै सिमित छ ।
भुपरिवेष्ठित कहिएको मुलुकको राजधानी प्रत्येक राजनैतिक कार्यकर्ताको लागी हाली
मुहाली गर्न, मांग राख्ने, नखरा देखाउने, नाराबाजी गर्ने आदर्श थलो भएको छ । म भन्ने
गर्छु काठमाण्डौ उपत्यकाको भौगोलिक बनावट तरकारी पकाउने भान्छामा एकदमै सदुपयोग हुने
कराही जस्तो छ । दुइवोटा समाउने कान छन् कहिले भारतले कराहीको कान समाउछ त कहिले
चिनले समाउछ । टक्क नअडिने बिड नभएको कराहीलाई यि शक्तिशाली देशहरुले फननन घुमाई
रहेको देखिन्छ । जावो भारतीय राजदूतले काठमाण्डौका राजनैतिक
कार्यकर्ताहरुलाई
आफ्नो ईशारमा घुमाई रहेको देखिन्छ । कसैको डरभर नभएका नेताहरु अरुको ईशारामा
नाच्न खुब मन पराउंछन ।
काठमाण्डौं उपत्यकाको बनावट हेर्ने हो
भने कराही जस्तै आकारको
छ । उपत्यका खाल्डो कराही जस्तै कोप्चो र गहिरो छ ।
भान्छाघरको उपकरणमा कराहीले
अग्रणी भूमिका खेल्छ । कराहीमा जे पनि पाक्छ ।
भुटुवा, माछा, मासु, तरुवा, पुरी, तरकारी, हलुवा आदि जेपनि कराहीमा सजिलै पाक्छ र कराहीमा पकार्ईएको भोजन
स्वादिष्ट मानिन्छ त्यो पनि आगोको
भुङ्रोमा । उपत्यकापनि कराही जस्तै छ । जसले
जे बजाउंदा पनि हुने । माओवादीले डम्फ् बजायो,
कांग्रेस, एमाले, सद्भावना, राजदल,
पञ्चायती काल, मण्डले सबै फाप अफाप काठमाण्डौले भोगेको छ । पाक्यशैलीमा कराहीले
प्रमुख भूमिका निभाए झैं सबै राजनीति कायकर्ता काठमाण्डौमा तातिन्छन्,
मासुको परिकार कराहीमा
उफ्रेसरी सडक गल्ली चोक,
टुंडिखेल, खुल्लामन्चमा बन्दाबन्दीको नारा
लिएर उनिहरु
उफ्रिरहन्छन् । राजनीतिका स्वादिष्ट गफ
हांक्छन् । मांग पुरा नभए
नेपाल बन्दको धम्की दिन्छन् ।
रांको बालेर उफ्रिन्छन्, पड्किन्छन्, उम्लिन्छन्, डढेलो लगाएर उपत्यका झन्
रन्काउंछन । पहिले राजतन्त्रले उपत्यकालाई पकवान बनाई
भुटुवा, पकुवा, सेकुवा, तरुवा, कचीमर्ची बनाएर खाए र त अहिले
सिंहासन गायब भ्ई
भद्रगोलमा परेका छन् ।
असनतिर एउटा क्यालेण्डर पाईन्छ । त्यसमा
सत्कर्म गर्ने
स्वर्गमा र कुकर्म गर्ने नर्कमा पुग्छ भन्ने आशयको चित्र
हुन्छ । विशाल तातो
कराहीमा तेल राखी
कुकर्म गर्नेलाई तेलमा माछा तारे जस्तो तारेको त्यसचित्रले
देखाएको हुन्छ । उपत्यका पनि अहिले यमलोकको तातेको कराही जस्तो छ । कहिले प्रचण्ड
तातेर चुर्लुम्म डुब्छन, कहिले गिरिजा, कहिले माधव, कहिले सद्भावना त कहिले पहाडे
अनि कहिले मधिसे कराही काठमाण्डौलाई तताई रहेका हुन्छन् । काठमाण्डौंको
जिन्दगीपनि कस्तो ? कति राजनैतिक पाटी, कार्यकर्ता, विध्यार्थी दल, कर्मचारी,
शिक्षक कतिमात्र
यहा तात्ने हो, पडकिने हो? कोहिपनि सेलाउने, सम्झौता गर्ने पक्षमा
छैनन् । विद्रोहको पनि सिमा हुन्छ तर समाधान गर्ने सच्चा नागरिक पाउनै
मुश्किल।
कराहीमा भुटिएर शक्तिशाली नेताहरु उपत्यकामा छाडा राजनीति गरि देशको भविष्य
निर्माणको सपना देख्छन् । बाह् हजार नेपालीलार्ई सास्ती दिई मारेका, अस्मिता
लुटेका, निदोषलाई माओवादीको
सुराकी र सज्ञा दिई
मार्नेहरुलाई पाएदेखि माछा जस्तै
चुर्लुम्म तातो तेलमा आत्था बाबा भन्दै तार्नुपर्ने हो ।
सजांयको भागी नबनाएर
फुलमाला पहिरिएर हिरो बनी पजेरोमा निर्धक्क
हिंडी रहेका हुन्छन् । जनताहरु ताली
पिटिरहेका हुन्छन् । मधेसवासीहरु छिमेकीको ईशारामा पहाडवासी मास्ने नारा लिई
ज्वाला सिंह्को आदेशमा नाचिरहेका ह्न्छन् । राजनीतिक पाटीको कमजोरीको फाईदा उठाई
साढेको जुधाई, बाच्छाको मिचाई मा नेपालीहरुलाई पारी राजतन्त्रलाई ढालेर छिमेकी
बन्धुले काठमाण्डौलाई
फ्राइङ प्यान बनाएर तरुवा पकाउन सफल भएका छन् । पाकिस्तान,
बाङ्लादेश, श्री लंका हामी जस्तै सानो मुलुक भएपनि विकाउ भएका छैनन् । आफ्नो
अस्तित्व राख्न भारतसग
झुक्न उनीहरु तयार छैनन् । लडाई आफ्नो छ तर छिमेकीलाई
हस्तक्षेप गर्न दिदैनन् । नेपालको अस्तित्व अहिले डावाडोल छ, भविष्य
अनिष्चित छ,
जनताहरुमा निराशाजनक भावना आएको छ, शिक्षादेखि आर्थिक पक्ष कमजोर बन्दैछ र पनि
उपत्यका अझै बन्दाबन्दीको महामारीमा
तातिई रहेको छ । कतै राहतको बाटो खुलेको छैन
। देशको विकास गने मात्र भाषण, माल्यार्पण, नाराबाजी, एक अर्काप्रति दोषारोपण,
शिलान्यास, विदेशी भ्रमण, सत्ता पदको लालचमामात्र सिमित छ । कराहीजस्तो काठमाण्डौं
सधै तातेको छ, रापिएको छ, बिटुलिएको राजनीतिमा उपत्यका सल्किएको छ ।
अस्तु........
ठग ईमेल
बासु श्रेष्ठ
के तपाईले आफ्नो चिनजान भएको मित्रबाट अचानक "लौ न म नाईजेरिया वा अन्य कतै दुःख
पाईरहेको छुँ उद्धार गरिदिनु पर्या मलाई यति चाहियो उति चाहियो" भन्ने किसिमका
ईमेलहरु प्ााउनु भएको छ र ईमेल पाउने बित्तिकै तपाई सहृदयी भएर ति मित्रको उद्धार
गर्न कम्मर कस्दै हुनुहुन्छ भने तपाई आफुलाई ठगिईदै छुँ भन्ने ठान्नुस् र उद्धार
कार्य तुरुन्त स्थगित गर्नुहोस् । तपाईलाई यस्ता ईमेलहरु अँग्रेजी बाहेक नेपालीमा
पनि आउन सक्छ । कथम् तपाईले ति मित्रको नाममा उद्धारको लागी केहि गरि नै सक्नुभएको
छ भने तपाई ठगिई सक्नु भयो । तर ति मित्र झ्वास्स बजारमा कतै भेटियो भने ति मित्र
उपर शङ्का उपशङ्का नगर्नु होला । किनभने ति आफै "मेरो ईमेल अपहरण (Hack) भयो लौ न
मैले ईमेल पढ्न नपाएको पनि धेरै भयो" भनि विलौना गर्दै हिँडेका हुन सक्छन् ।
विशेष गरि नाईजेरियाबाट सन्चालन हुने यस्ता ठगीका ईमेलहरु सोहि ईमेलमा रहेका अन्य
ईमेल ठेगानामा सहयोगको पुकारा गर्दै ईमेल पठाउँछन् । हेक्का रहोस् नाईजेरिया यी
बाहेक अन्य धेरै ठगी कार्यकोलागी विश्वमा कुख्यात छ । कुनै तरिकाले तपाईको ईमेलमा
प्रवेश गर्ने गुप्तीशब्द (Password) पत्ता लगाएर तपाईको गुप्तीशब्द फेर्छन् जुन
तपाईलाई थाहै हुँदैन र अनि हुन्छ तपाईको ईमेल अपहरित ।
प्रायशः ज्ााे कहिले काँहमात्र ईमेल खोल्छन् त्यस्ता व्यक्तिहरु यस्ता घटनाका शिकार
भएका पाईएका छन् । आफ्नो नाममा कसैले अनुचित फाईदा लिन खोजिरहेको छ भन्ने कुरा
त्यसबखत मात्र थाहा पाउँछन् जब कसैले "अरे यार तेरो ईमेलमा तैले पैसा चाहियो
नाईजेरियामा दुःख पाईरहेको छुँ भन्थिस तँ त यहिँ छस् ।"
यस्ता ईमेल पाएर सहयोगकोलागी तुरुन्तै तदारुकता देखाएर तपाईले सहयोग गरिसक्नु भएको
छ भने मित्रको नाममा तपाई ठगिई सक्नु भयो । तर विचार गर्दै हुनुहुन्छ भने त्यसलाई
त्यागी दिनुस् र त्यस मित्रसँग तुरुन्त सम्पर्क गर्ने कोशीश गर्नुस र यथार्थ
भनिदिनुस्। हुनसक्छ तिनि आफै मेरो नाम बदनाम भयो कसरी बचाउने भन्ने कुरामा छटपटाई
रहेका छन् ।
उदाहरणकोलागी तलका प्राप्त दुई ईमेलहरु हेर्नुहोस् । यसमा एकजना लोक थापा र अर्का
होम श्रेष्ठको नामबाट सहयोग मागिएको छ जुन कुरा वहाँहरुले धेरैपछि मात्र थाहा
पाउनुभयो । यदि तपाईलाई यस्तो ईमेल आएको छ भने तुरुन्त मेट्नु होला । त्यस ईमेलको
जवाफ कदापी नदिनु होला अन्यथा तपाईको ईमेल ठेगानापनि खतरामा पर्नसक्छ ।
जीवन सँघर्षमय छ र यो प्रतिस्पर्धात्मक पनि छ । यहाँ विना प्रतिस्पर्धा विना सँघर्ष
केहि उपलब्ध हुँदैन । त्यसकारण यदि तपाईलाई बधाई छ तपाईले यस्तो काम पाउने हुनु भयो
या यति करोड डलरको विजेता हुनुभयो या यस्ता अन्य कुनैपनि ईमेल पाउनु भयो भने आँखा
चिम्लेर मेटिदिनुस् त्यसलाई प्रश्न सोधेर वा जवाफ लेखेर आफुलाई झण्झटमा नपार्नु होला
र आफ्नो समयको बचत गर्नुहोला ।
त्यस्तै सहयोग गर्नु नै छ भने त्यसको प्रकृति र परिस्थिति हेरेर गरिएको सहयोग बढि फलदायी हुन्छ भन्ने कुरामापनि हामीले विश्वास गर्नुपर्छ ।
From: Lok Thapa:lokshashi1978@yahoo.com)
Hi
How are you today? I went to Nigeria for a Conference trip two days ago and I
have got my self stranded here
because my wallet is missing and my ATM card and other valuable things like my
passport is missing along with the wallet. I needed to pay for my hotel fee but
do not have anything on me right now, please I want you to help and send about
$3500 to help me make some payment and I will return it back as soon as I get to
back.
Please, Don't tell anyone about this neither my family members or yours, because
no one knew about my
traveling to Nigeria, this is extremely important so please don't tell anyone
about my problems here, I
told you this because i believe you can keep my secrets and might help me in
this mess.
Please I need to hear from you soon so that I will send you the information you
will be sending the money
to me. Please be rest assured that I will pay back.And please understand that
your help is much needed
right now because am very stranded now.
Waiting to hear from you.
Thank you Best regards Lok Thapa
------------------------------------------------------------------------------------------------------------
From: Hom Shrestha [mailto:hom.shrestha@gmail.com]
Sent: Monday, July 30, 2007 8:40 PM
To: undisclosed-recipients:
Subject: Please, I need your Help Urgently
How are you doing today? I am sorry i didn't inform you about my traveling to
Africa for a program called "Empowering Youth to Fight Racism, HIV/AIDS, Poverty
and Lack of Education, the program is taking place in three major countries in
Africa which is Ghana, South Africa and Nigeria. It as been a very sad and bad
moment for me, the present condition that i found myself is very hard for me to
explain.
I am really stranded in Nigeria because I forgot my little bag in the Taxi
where my money, passport, documents and other valuable things were kept on my
way to the Hotel am staying, I am facing a hard time here because i have no
money on me. I am now owning a hotel bill of $ 1550 and they wanted me to pay
the bill soon else they will have to seize my bag and hand me over to the Hotel
Management., I need this help from you urgently to help me back home, I need you
to help me with the hotel bill and i will also need $1600 to feed and help
myself back home so please can you help me with a sum of $3500 to sort out my
problems here? I need this help so much and on time because i am in a terrible
and tight situation here, I don't even have money to feed myself for a day which
means i had been starving so please understand how urgent i needed your help.
I am sending you this e-mail from the city Library and I only have 30 min, I
will appreciate what so ever you can afford to send me for now and I promise to
pay back your money as soon as i return home so please let me know on time so
that i can forward you the details you need to transfer the money through Money
Gram or Western Union.
Hom Shrestha
बुद्धको जन्म र माता मायादेवीको मृत्यु सामान्य थिएन
-डा. कविताराम श्रेष्ठ
2007/8/16
ततः प्रसन्नश्च बभूव पुष्यस्तस्याश्च देव्याव्रतसंस्कृतायाः
पाश्र्वात्सुतो लोकहिताय जज्ञे निर्वेदनं चैव निरामयं च ॥९॥
ऊरोर्यथौर्वस्य पृथोश्च हस्तान्मान्धातुरिन्द्रप्रतिस्य मूघ्र्न ।
कक्षीवतश्चैव भुजांसदेशात्तथाविधं तस्य बभूव जन्म ॥१०॥
बुद्धचरित प्रथम सर्ग:
अर्थ: तब निर्मल पुष्य नक्षत्र प्रकट भयो र व्रतले शुद्ध भएकी
दॆवीको पाश्र्वबाट बगलबाट लोकको कल्याण गर्ने छोराको जन्म भयो । रानीलाई न त पीडा भयो
न त विमारनै परिन् ॥९॥ जसरी और्वको जन्म जंघाबाट पृथुको हातबाट इन्द्र सदृश मन्धाताको
टाउकेाबाट र कक्षीवानको काखबाट भयो त्यसरी नै यो पाश्र्वबाट बुद्धको जन्म पनि भयो॥१०॥
अनुवाद साभार- म्याक्स मुलर बुद्धिस्ट महायान टेक्स्ट्स ।
प्रसङ्क हो बुद्धको जन्मको । यस श्लोकको आधारमा बुद्धको जन्म सामान्य थिएन र माता
मायादेवीको मृत्यु पनि यसैसँग सम्बन्धित थियो भन्ने कुराको विवेचना यस लेखमा गरिएको
छ ।
झण्डै २००० वर्ष पुरानो अश्वघोष रचित बुद्धचरित महाकाव्यबाट उद्धृत यस श्लोकले
बताउँछ बुद्धको जन्म मायादेवीको पाश्र्वबाट अलौकिक ढङ्गमा भयो । बुद्धचरित महाकाव्य
इशाको पहिलो शताव्दीमा बुद्धको समयबाट झण्डै ६०० वर्षपछि महाकवि अश्वघोषले रचना
गरेका हुन् । यो नीधि हो महायान सम्प्रदायको । यसको रचनाकालमा हिन्दुधर्मको सहबासका
कारण महायान सम्प्रदायमा अलौकिकताको प्रवेश भइसकेथ्यो । अलौकिकताका प्रकाण्ड विरोधी
र त्यसै विद्रोहबाट आफ्नो लौकिक धर्म प्रतिपादन गर्ने स्वयम बुद्धकै जीवनीमा यस्ता
रहस्यमय अलौकिक परिघटनाहरु थपिदा यसलाई अरु अन्धमान्यताका धर्मकथाहरुका कोटीमा
राख्नु मिल्दैन र केलाएर हेर्नु जरुरी हुन्छ- यसमा केही संकेत अवश्यै मिल्दछ ।
बुद्धचरितको यस श्लोकमा जोडिएको अलौकिकतालाई पन्छाएर बुझ्ने हो भने यसको अर्थ यही
लाग्दछ कि बुद्धको जन्म माताको कोख फुटेर भएको थियो स्वाभाविकरुपमा योनीमार्गबाट
होइन । कुनै ठूलै दुर्घटना नभई कुनैपनि बच्चा आमाको कोख फुटेर पेटैबाट बाहिर
निस्कँदैन । यस्तो दुर्घटना केही भएको कुरा कुनै बौद्ध वाङमयले बताउँदैन । यसरी
बच्चा बाहिर निस्कन्छ भने माताको मृत्यु तत्काल अवश्यम्भावी छ । अझ त्यो परिघटना त
आजभन्दा २६ सय वर्ष अघिको हो र चिकित्साशास्त्र उन्नत नभएको वेला हो त्यो । जातक
निदानट्ठ कथाले साक्ष दिन्छ माताको मृत्यु तत्काल भएन । माताको मृत्यु त भयो नै तर
सात दिनपछि । पेट फुटेकी माता उवेलाको परिपेक्षमा ७ दिनसम्म बाँच्नै सक्दैनन् । यसरी
हेर्दा माताको मृत्यु कोख फुटेर भएको होइन बरु यसै जन्मसँगै सम्बन्धित दुर्घटनाबाट
भयो ।
बुद्धको जन्म सम्बन्धमा जातक निदानट्ठ कथा भन्दछ मायादेबीको गर्भ १० महिना पुगिसकेको
थियो । यो १० महिना भनेको अन्दाजी ३०५ दिन हुन पुग्दछ । चिकित्साशास्त्रको अनुसार
कुनैपनि बच्चाको सामान्य जन्म ४० हप्ता अर्थात २८० दिनको वरपर हुनु पर्दछ । बढी
हुनुलाई सामान्य मानिन्न । बच्चा ठूलो भएर वा आमाको पुट्ठाको हड्डी सानो भएर वा
बच्चा गर्भाशयमा सामान्य ढंगमा नबसेको कारणले जन्मसमय लम्बेर जान्छ जसको परिणाम
स्वाभाविक हुन्न । त्यही कथाले भन्दछ माइत जाँदा लुम्विनी वनमा पुगेपछि मायादेवीलाई
सुत्केरी व्यथा लाग्यो । तिनले रुखको हाँगा समात्न चाहिन् र त्यसै प्रयत्नमा तिनलाई
केही झटका लाग्यो र प्रसव वेदना सूरु भई शिशुको जन्म भयो । उभिएकै अवस्थामा शिशुको
जन्म हुन्छ र शिशु खुट्टाले टेकेर ७ पाइला हिँडदछन् । यसमा कुनै अपृय घटना भएको
भनिएको छैन । माता मायादेवीको सातै दिनमा भएको मृत्यु पनि त्यस्तो अपृय घटनासँग
सान्दर्भिक गराइएको छैन । न त यो प्रसवसँग नै जोडिएको छ । जातक निदानट्ठ कथामा
भनिएको छ बोधीसत्वको नामाकरण हुनै पाएको थिएन कि मायादेवी अचानक विमार भइन् र
त्यसैबाट परलोक भइन् ।
तथ्य यो छ कि माताको मृत्यु बच्चाको जन्मसँग जोडिएर कतै वर्णित भएको छैन । तर
अश्वघोषका श्लोकले भनेको पाश्र्वबाट भएको जन्म मननीय छ । उनको भनाइ अनुसार
बोधिसत्वको जन्म योनीबाट नभएर कुन पाश्र्वबाट भयो त यस्तो लाग्छ यसको सङ्केत बगल वा
पछाडिबाट भयो भन्ने हो । पछाडि भन्नाले गुद्द्वार भन्ने हुन्छ । गुद्द्वारबाट पनि
कुनै प्राणीको जन्म हुँदैन । तर सम्भावना के हुन्छ भने विशिष्ट दुर्घटनासाथ बच्चा
जन्मँदा योनी चिरिएर गुद्द्वारसँग एकाकार हुनसक्छ र सामान्य जनमानसले देख्दा यो
गुद्द्वारबाटै जन्मिैको प्रतित हुन सक्छ । अर्थात यस श्लोकको सङ्केत हो- बुद्ध
जन्मदा योनी चिरिएर गुदद्वारसँगै एकाकार हुनगयो । यस सोँचले मायादेबीको ७ दिनमै भएको
मृत्युको समेत रहस्योद्घाटन गर्दछ । अर्थात यसै विभत्स घटनाका कारणले माताको मृत्यु
भयो ७ दिनमा । उचित सयार पाएको खण्डमा रक्तस्राव धेरै हुन नपाएको खण्डमा तथा
संक्रमण हुन नपाएको खण्डमा केही विजोग सहेर भएपनि तिनी केही लामो समयसम्म बाँच्न
सक्थिन् । तर यो घटना जङ्गलमा घटेको थियो । उचित स्याहारसुसार र खानपीन उपलव्ध हुन
सक्ने स्थिति थिएन । वैद्य तथा अनुभवी सुसारे थिएनन् । आराम पाउन सक्ने स्थिति थिएन
। कुनै तयारी र सरसहयोगवेगर नै भएको थियो बुद्धको यो जन्म ।
चिकित्साशास्त्रीय तथ्य यो छ कि बच्चा पाउने अवस्था भएपछि प्रसवको शूरुवातमा
पाठेघरको सङ्कुचन आफै हुन लाग्छ । पहिले पाठेघरको माथिल्लो भाग सकि्रय हुन्छ भने
तल्लो भाग निष्कृय । पाठेघरको सङ्कुचनले माथिबाट तलतिर धकेल्न लागेपछि तल रहेका
पाठेघरको मुख विस्तारै खुल्न लाग्छ । बच्चा उल्टो बसेको रहेछ भने वा पाठेघरको मुख
खुल्नै नसक्ने कमी कमजोरी छ भने वा धान्नै नसक्नेगरी माथिको दवाव भयो भने वा बच्चा
धेरै ठूलो रहेछ भने पाठेघरको मुखमा अस्वाभाविक दवाद भई पाठेघर फुट्न जान्छ । भित्रै
फुटेर बच्चा अड्किएको भए बच्चा तथा माता दुवैको मृत्यु भइहाल्थ्यो । तर यहाँ यस्तो
भएन । पाठेघरको मुख फोडेर बच्चा योनीमार्गमा आएको बुझिन्छ ।
शरीरभित्र मुत्रनली मलनली र योनीनली सँगसंँगै हुन्छ । कुनैपनि दुर्घटनाबाट योनीनली
च्यातिएमा यी तीनैवटा नली एकत्र हुन पुग्छन् । चिकित्साशास्त्रमा यसलाई फोर्थ डिग्री
टियर भनिन्छ । यस्तो हुनबाट बचाउन बच्चा जन्माउन सघाउने व्यक्तिद्वारा योनी र
गुद्द्वारको बीच भागमा हात राखेर टेवा दिने गरिन्छ । हस्पिटलहरुमा योनी च्यातिने
अवस्था देखिनेसाथ ती मुत्रनली र मलनलीलाई छल्दै केही छड्के पारी चिरॆर योनीद्वारलाई
ठूलो पारिन्छ । यो त आजको कुरो भयो । उ वेला पनि योनी र गुद्द्वारको बीच भागमा हात
राखेर टेवा दिने प्रविधीको विकास भइसकेको थियो कि थियो भने पनि त्यहाँ यस्तो हुन
सकेन । मायादेवीले उभिएकै अवस्थामा बच्चाको जन्म दिइन् । माथिको दवावबाट धान्नै
नसक्ने गरी योनीमार्ग च्यातिएर मुत्रनली र मलनलीसमेत एक भयो र बच्चा त्यही विभत्स
प्वालबाट जन्मिन पुग्यो ।
भिक्ष्ा अमृताानन्दले आफ्ना पुस्तक संक्षिप्त बुद्ध जीवनीमा लेख्नु भएको छ पृ। ५-
बुद्ध जन्मने वेलामा भूकम्प भएको थियो । सायद यस भुकम्पले तिनलाई केही झटका दियो ।
लड्नि होली । वा डोलीबाट खसिन् । उपरोक्त श्लेाकमा भनिएको छ तिनले त्यस दिन व्रत
लिएकी थिइन् । जंगलको बाटोमा भूकम्पको झड्का व्रतले कमजोर शरीर त्यसमामाथि ४० हप्ता
२८० दिन नाघेर झण्डै महिनादि बढीको गर्भ- यस्तो अवस्थामा लड्दा तिनको गति के भयो
होला माताले उभिएर हाँगा समाएको स्थितिमा बच्चा जन्माउनु र बच्चाले भुइँमा
टेक्नेसाथ सात पाइला हिँडेको प्रशङ्ग पनि यसै विभत्सतम जन्मको सोँचलाई बल पुर् याउने
खालको छ । पछि जोडिने कथाको आफ्नै ठाउँ छ । तर त्यो सात पाइलाको सङ्केत यो हुन सक्छ
कि दूर्घटनाको कारणले तिनलाई प्रसव वेदना शूरु भयो होला । त्यसपछि मायादेवी रुखको
हाँगा समाउन पुगिन् । अनि उभिएकै अवस्थामा पाठेघरको तल्लो भागका साथ योनीद्वार र
गूद्दवारलाई एकाकारै हुने गरी फाडेर बच्चा फुत्त तल झर्न पुग्यो। र सात वल्ड्याङ
खान पुग्यो ।
श्लोकमा भनिएको छ रानीलाई नत पीडा नै भयो नत विमार नै परिन् । यस्तो लाग्छ बच्चाको
जन्म नै स्वाभाविक व्यथा नलागीकनै हुनपुग्यो । अर्थात दूर्घटनाबाट गर्भमा धक्का
पर्न गई असामयिक प्रसव हुन सक्छ । माथिको श्लोकमा यो पनि भनिएको छ मायादेवीले त्यस
दिन व्रत लिएकी थिइन् । यात्राको सकस त छँदै नै थियो त्यसमाथि व्रतले कमजोर बनाएको
१० महिना पुगेको दुइजीउको भारी शरीर- दूर्घटनाले निम्त्यायो असामान्य प्रसवलाई ।
त्यस्तै केही भवितव्यता भएको हुनुपर्छ बुद्धको जन्ममा । धेरै ठाउँमा भनिएको छ
शुद्धोधनले बुढेसकालमा छोरा पाएका थिए । मायादेवी पनि त अलि ढल्केकै उमेरकी थिइन्
होलिन् । पैँतिस वर्ष भन्दा माथिको छिप्पिएको शरीरबाट बच्चा पाउनु खतरनाक हुन्छ
भनेर भन्छ चिकित्सा शास्त्र । मायादेवी मलाई लाग्छ यो उमेर हद नाघेकै आमा थिइन् ।
यो छिप्पिएको शरीर त्यसमाथि पहिलो प्रसव- अरु बच्चाले नखोलेको योनीमार्गको
कसिलोपनाले पनि यसमा भूमिका खेलेको हुनसक्छ । इत्यादि कारणहरुले गर्दा मायादेवीको
प्रसव असामान्य रह्यो र उभिएर रहेकै अवस्थामा योनी चिरिएर गुद्द्वारसँग एकाकार हुन
पुग्यो । यसपछि धेरै रक्तश्राव भयो होला । जङ्गलमा उचित सयार हुन सकेन । घाउमा
संक्रमण भयो होला । अन्ततः यीनै कारणहरुले तीनको मृत्यु सातै दिनमा भयो ।
सामान्य गाउँघरमै भएका यस्ता अपृय दुर्घटनाहरुले त यावत चर्चापरिचर्चा पाउँदछ भने
यो त रानी र राजकुमारसँग सम्बन्धित थियो । यो घटना पूर्णरुपले जगजाहेर भयो । माताको
मृत्युले त झनै अमिट छाप छाड्न मद्दत पुर्यायो नै । अझ पछि गएर बुद्ध समस्त
दुखीहरुको त्राण दिने मोक्षदाता हुनपुग्दा उनका जन्मगाथा यसै हराउने कुरै भएन ।
जन्मगाथामा जोडिएको यो अपृय घटना सय दुइसय चारसय वर्षसम्म यथा दन्तपरम्पराबाट
हस्तान्तरित हुँदै आएको हुनुपर्छ र पछि महायान सम्प्रदायकालमा आइपुगेपछि भने यसमा
अलौकिक रङ थपिएको हुनसक्छ । अनि त भगवानको लिला वर्णन गर्न पुगेका अश्वघोषले रचे-
अरु देवताहरु सरह उनको जन्म पनि माताको बाहिरी अङ्गबाट भयो ।
बुद्ध स्वयं अलौकिकताको विरोधी हुँदा उनका जन्मसँग सम्बन्धित यस्ता अलौकिक
प्रशङ्गहरुले उनका जीवनभर प्रश्रय पाएनन् नै । बुद्धकै शिक्षाका अष्टमार्गमा झुठा
कुराले प्रश्रय नपाउनुले पनि यस्ता इन्दी्रयहरुद्वारा गोचर नहुने अप्रमाणिक अलौकिक
प्रशंग जोडिएन नै । तर जव महायान सम्प्रदायको उदय भयो अनि यस्ता इश्वरीय महानता
देखाउने प्रसंगहरु जोडिए । चारपाँचसय वर्षसम्म बुद्धको जन्मसँग सम्बन्धित यो तथ्य
जनमानसमा जस्ताको तस्तै भिजेर रह्यो र त्यो तथ्य अवश्यै जनमानसलाई अपृय लाग्ने
विभत्स र दुर्वोध्य थियो । यसो हुँदा यो अलौकिक ढङ्गको पाश्र्वबाट हुने जन्मकथा
सृजित भयो महायान सम्प्रदायबाट ।
अन्त्यमा बुद्धकै यथार्थवादी दृष्टीकोणलाई पूज्दै मैले यो यथार्थवादी विवेचना गरेको
हुँ कसैको आस्थामा यसले चोट पुग्ने छैन भन्ने विश्वास लिएको छु । धन्यवाद ।
मृत्युदण्ड
बासु श्रेष्ठ
2007/08/05
प्रकुतिको सूष्टि चराचरमध्ये उत्तम सृष्टि मानव सृष्टि
मानिन्छ । मानव यस सृष्टिको एक अङ्ग भएर पनि अन्य सृष्टिहरु उपर आफ्नो अधिकार तथा
हैकम चलाउन सफल भएको छ । अझ भन्ने हो भने अपराजय प्रकृति उपर मानवले आफ्नो राम्रै
विजय पाई सकेको छ ।
यस्तो विकसित प्राणीव्दारा आआफुमा विभाजित भइ विभिन्न राज्य तथा देशको निर्माण गरि
सोहि बमोजिम नियम कानुनको प्रतिस्थापन गरेका छन् । यसरि प्रतिस्थापित विभिन्न नियम
कानुनको अवज्ञा गर्नेहरुलाई विभिन्न किसिमका सजायँहरुको व्यवस्था गरिएको हुन्छ ।
स्वभावतः देशमा हुने अनेक असामाजिक कि्रयाकलापहरु हिँसा हत्या चोरी डकैति आदिआदिको
रोकथाम गर्नैपर्छ । राज्यको काम तथा उदेश्य नै जनताहरुलाई शान्ती तथा सुरक्षाको
प्रत्याभूति प्रदान गर्नु हो । यिनै उदेश्यव्दारा उत्प्रेरित भएर विभिन्न
अपराधीहरुलाई स्थापित प्रचलित नियम कानुन बमोजिम दण्ड सजायँ व्दारा नियन्त्रण
गरिन्छ ।
मृत्युदण्ड यहाँ चर्चा गर्न लागिएको मानव समाजव्दारा स्थपित नियम कानुनमध्येको एक
हो । मृत्यूदण्ड यस्तो सजायँ हो जसले मानिसको जिवन नै अन्त्य गर्दछ । मृत्यूदण्ड
यस्तो सजायँ हो जसले प्रकृतिको उत्तम सृष्टि नै विनास गर्दछ । मृत्यूदण्ड यस्तो
सजायँ हो जसले मानवबाट हुने मानवको पुनःसिर्जनाको बाटो नै बन्द गर्दछ । त्यसकारण यो
दण्ड मानव समाजकोलागी एउटा कलङ्कको रुपमा मैले हेरेको छुँ ।
आजको युग एक्काईसौँ शताब्दिमा लम्कि रहेको युग हो । मानव समाजको विकास अशिक्षित
जङ्गली रुपबाट क्रमबध्द रुपमा विकसित हँदै आजको यस युगमा प्रवेश गरेको हो । यस युगमा
प्रवेश गर्न स्वभावतःः मानव समाजले निकै समय खर्च गरको छ । आज मानव कुनैपनि किसिमले
पहिलेको अवस्थाभन्दा निकै विकसित र शिक्षित छ तर पनि यस्तो विकसित र शिक्षित मानव
समाजले आफ्नै सहोदर मानवजातिलाई अमानविय व्यवहार गरिरहेको छ ।
हुन त कसैको के तर्कपनि हुन सक्छ भने समाजमा भय आतङ्क र असुरक्षा निम्त्याउने तथा
अर्काको ज्यानलिने व्यक्तिलाई समाजमा बाँच्ने अधिकार हुँदैन र त्यस्ता अपराधिहरुलाई
समाजबाट निर्मुल गर्नैपर्छ । र त्यस्ता व्यक्तिलाई निर्मूल गर्ने उपाय मृत्यूदण्ड
नै हो । तर मलाई लाग्छ मृत्यूदण्ड नामक सजायँ मानवजाति र सजायँको नाममा एक कलङ्क नै
हो किनभने आदिम कालका अशिक्षितहरुले गर्ने व्यवहार हामी शिक्षित र आधुनिक समाजले
गरिरहेका छौं । हामि आफैंले क्रुरताको विरोधमा आफ्नो महाक्रुरता देखाई रहेका छौं ।
एक पटक कसैको ज्यान गएपछि फेरि फर्केर कहिल्यै आउँदैन । यो अपुरणीय क्षति हो ।
जस्तालाई तस्तै तथा अग्रेजीमा Eye for an Eye भन्ने उखानलाई मान्यता दिने यो
अमानवीय व्यवहार रोकिनु पर्छ । बरु त्यस्ता दण्डका भागीदारलाई कारावासमा राखेर
विभिन्न समाज तथा देशलाई उपयुक्त हुने विकास कार्यमा सहभागी गराउनु पर्छ ।
कुनैपनि बालक जन्मँदै हिँस्रक हुँदैन । त्यो अबोध बालक कुम्हालेको माटो जस्तो जता
ढालेपनि ढल्कने खालको हुन्छ । त्यस्तो बालकलाई हिँसात्मक कार्यतर्फ धकेल्ने हामी र
हाम्रो समाज हो । बालकलाई समाजले नीतिगत शिक्षा र आचारगत व्यवहारबाट बिाचत गराएर
जङ्गली र असभ्य व्यवहार गरेपछि उसले पनि तिनै कुराहरुको अनुसरण गरेर नराम्रा
कुराहरुतर्फ पाईला चाल्न थाल्छ । फलतः उ एक अपराधी बन्न पुग्छ र अपराधको चरम सिमा
हत्यारा बनेर समाज तथा देशलाई असुरक्षित बनाउँछ ।
सभ्य समाजको परिकल्पना गर्ने हामीले आफ्ना सन्ततीहरुलाई व्यभिचारी बन्नबाट हामीले
नै रोक्नु पर्छ । हाम्रो आफ्नो करतुतको परिणाम स्वरुप कोहि अपराधी बन्छ र त्यस्ता
अपराधीलाई मृत्यूदण्ड दिएर हामीले आफ्नो अपराध लुकाउने काम गरिरहेका छौं जुन रोकिनु
पर्छ । आफ्नो व्यवहारको प्रतिफल कसैको टाउकोमा थुपार्ने र त्यसको कारण र कारकप्रति
आफ्नो उदासिनता देखाउनु के हाम्रो दायित्व हो?
सन्दर्भः १९४औँ भानु जयन्ती
बासु श्रेष्ठ
2007/07/26
आदिकवि भानुभक्तको १९४औँ जन्मजयन्ती यस वर्षपनि सँधै झै जहाँ जहाँ साहित्यकामी
नेपालीहरु पुगेका छन् त्यहाँ त्यहाँ हर्षाल्लासका साथ मनाईएको खबर पढ्न पाईयो ।
अमेरिकामात्र बोस्टन टेक्सस फ्लोरिडा न्यूयोर्क एरिजोना लगायत वासिङ्गटन डि।सी।sाे
छिमेकी उडबि्रजमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो । उडबि्रजमा मनाईने भानु जयन्ती
स्थानीय साहित्यिक सँस्था अन्तर्राष्ट्रि्य नेपाली साहित्य समाजको वार्षिक
भित्तेपात्रो बमोजिम हुने हो । यो कार्यक्रम पिकनिकको रुपमा हरेक वर्ष स्थानिय
पार्कमा गरिन्छ र सो स्थान ओगट्नकोलागी झण्डै पाँच छ महिना अगाडि नै दरखास्त
हाल्नुपर्छ ।
भानु जयन्तिको ठिक दुई दिन अगाडि कान्तिपुरमा भानुभक्तको घर भत्किएर जिर्ण अवस्थामा
पुगेको र त्यसको रेखदेख गर्न खटिएका सरकारी कर्मचारीको लापरवाहि तथा ति कामको लागी
निकासा भएको बजेट चााह खर्च भई रहेको समाचार प्रकाशमा आएको थियो । समाचार पढेपछि
खुशी र दुखी एकैपटक भएँ । दुखी यसकारण कि भानुभक्त जस्ता एक ऐतिहासिक व्यक्तिको
ऐतिहासिक घरको सँरक्षण र सम्बद्र्धन हुन नसक्नु त्यसकोलागी जिम्मेवार कर्मचारी या
व्यक्तिहरुको लापरवाहि तथा अनुत्तरदायीपुर्ण कामले मन खिन्न भयो । साथसाथै भानु
जयन्तीको सम्मुख प्रकाशित यस समाचारले भानु जयन्ती मनाउने सँघसँस्थाहरुलाई केहि
गर्न अवश्य घच्घच्याउने छ र त्यस जिर्ण घरको मर्मत तथा सम्भारकोलागी कुनै न कुनै
सँस्था अगाडि बढ्ला भन्ने आशा पलायो ।
समय आयो भानु जयन्ति मनाईयो कविता पाठ भयो खानपिन भयो भाषणादि भयो विज्ञप्ति र
समाचार प्रकाशित गरिए । तर आफुले आशा गरेको समाचार कतै पढ्न पाईएन । कसैले कतैबाटपनि
भानुको जिर्णित घरको जिर्णाेद्धार गर्ने कटिबद्धता प्रकट गरेको पढ्न या सुन्न पाईएन
। झण्डै विश्वका हरेक कुनामा भानुको सम्झना गरियो तर भानुले जुन घरमा बसेर हामीलाई
अमूल्य भाषागत एकिकरण गरे तिनै भानुको घरको जिर्णाेद्धार बारेमा कसैले एक शब्द
बोलेको समाचारहरु कतैबाट आएको मैले पाईन ।
त्यसो त वासिङ्गटन डि।सी।मा दुई वर्षभित्र भानुको शालिक बनाउने प्रण गरिएको छ । यो
साह्रै सह्रानीय र उल्लेखनीय कुरा हो तर यस अवस्थामा यो भन्दा आदरणीय काम भानुको
घरको जिर्णाद्धार गर्न त_िम्सएको भए हुने थियो होला भन्ने खसखस लागेको छ ।
किन कसैको यसतर्फ ध्यान नगएको होला भनि गम्दा यसकोलागी नेपाल सरकार छँदै छ नि भन्ने
ध्येयले यसो भएको होला भन्ने उत्तर आफैँबाट पाएँ र तर के मैले सहि उत्तर पाएँ त
भन्ने खसखस भने अझै छ ।
कुमारी
बासु श्रेष्ठ
07/08/2007
सजनी शाक्य- काठमाण्डौंको कुमारी नभई भक्तपुरको कुमारीको हालसालको भ्रमण र तिनको
कुमारी पदको खोसुवाको समाचारले नेपालप्रति चासो राख्ने विश्वका प्रमुख साचार
माध्यमहरुले प्रमुखताकासाथ समाचार सम्प्रेषण गरे । अमेरिकी भ्रमणको क्रममा तिनको
विभिन्न कि्रयाकलापहरुको बारेमा समाचार बनाए । वासिङ्गटन डि।सी। भ्रमणको क्रममा
स्थानीय नेपालीहरुको सँस्था अमेरिका नेपाल सोसाईटिको वार्षिक वनभोजमापनि कुमारी
उपस्थित हुने समाचारले वनभोजमा सहभागीको सँख्या विगतका वर्षहरुमा भन्दा बढि थियो ।
तर कुमारीको अनुपस्थितिको कारणले कुमारीको दर्शन गर्ने या भेट्ने अभिलाषा बोकेर
आउनेहरु हिस्स परे । कुमारीप्रति चासो राख्ने अधिकाँश मानिसहरु काठमाण्डौको कुमारी
घरबाट ल्याईएको बहालवाला कुमारी भन्ने भ्रममा परेकापनि देखियो । भक्तपुरमा पनि
कुमारी छ भन्ने सबैले जिज्ञासा प्रकट गरेको सुनियो । जे होस् कुमारी उपस्थित हुने
आशामा यो पँक्तिकारपनि वनभोजको अन्तिम समयसम्म त्यहिँ थियो । अन्ततगोत्वा कुमारी
आईनन् र सबै म जस्तै हिस्स भएर फर्किए ।
त्यस अगाडि कुमारीको बारेमा नेपाली दुतावासबाट मेरिल्याण्डको सिल्भरस्प्रिङ्गमा
गरिने कार्यक्रमको बारेमा एक सूचना प्रकाशित गरिएको थियो। तर छोटो समय र सप्ताहान्त
नभएको कारणले म र म जस्ता धेरै ईच्छुक र जिज्ञासुहरु त्यसमा सहभागी हुन पाएनन् ।
सबैले नेपालहोराईजनमा प्रकाशित तस्विर हेरेर चित्त बुझाए ।
र अचानक केहिदिन पछि ति कुमारीको पदवी खोसिएको समाचारले सबै स्तब्ध भए । यो
पँक्तिकारपनि सोहि स्तब्धित व्यक्तिहरुको लाममा लाग्यो । अनि त्यतिबेलामात्र थाहा
भयो अमेरिका आईपुगेकि कुमारी त बहालवाला पो रहिछन् र अमेरिका भ्रमण गरे वापत तिनले
कुमारीको पदवी गुमाईन् ।
मनमा गहिरो प्रश्न उब्जियो के यो ठिक भयो त दश वर्षे वालिका जो अरुको निरिक्षण र
परिक्षणपछि कुमारी बनेकि थिईन तिनको पदवी पनि तिनै व्यक्तिद्वारा खोसिनुमा ति
निर्बाेध र अबोध बालिकाको के दोष छ तिनले कुमारीको नाममा पाउने सुविधा तथा भत्ताआदि
पनि खोसियो तर तिनको के दोष ति अबोध वालिका अरुले कुमारी बन् भने कुमारी बन्ने
विदेश हिँड भने विदेश जाने र अब तँ कुमारी रहिनस् भने नरहने भन्ने अरुको निर्णय र
निर्देशनको बन्धनमा परेकी कुमारीको के दोष बरु तिनको प्रयोग गर्ने मानिसहरु दोषी
होईनन् र भक्तपुरकी कुमारी काठमाण्डौकि कुमारी भन्दा स्वतन्त्र भएपनि देशै छोडेर
जान पाउने स्वतन्त्रता छैन भन्ने सजनीको सुसारे लगायत सबैलाई थाहा हुनुपर्ने हो तर
पनि कसरी कुमारीको विदेश यात्रा भयो कसले र कसरी स्विकृती दियो कुमारीलाई विदेश जान
कसरी सम्भव भयो कुमारीको बारेमा वृत्तचित्र निर्माण गर्न
सँस्कृति र परम्परालाई तोड्ने हो भने त्यो सँस्कृति रहँदैन । कुपरम्परा र कुसँस्कृति
अवश्य तोडिनु पर्छ । बहालवाला कुमारीलाई विदेश भ्रमण गराउनु पक्कै सँस्कृति र
परम्पराको विपरित दिशामा जानु हो । तर यसकोलागी यस पछाडिका जिम्मेदार
व्यक्तिहरुप्रति छानविन र कारवाही नगरी अवोध बालिका सजनीको कुमारी पदवी खोस्ने
निर्णय सन्ताषजनक छैन । अन्धो न्यायिकरणको आभाष दिने यस निर्णयलाई बदल्नु उचित
हुन्छ । बरु माथि नै भने झैँ यसप्रति जिम्मेवार व्यक्तिहरुलाई कारवाहि गरिएको भए
न्यायोचित हुने थियो होला ।
ईमेल (विहु)
बासु श्रेष्ठ
07/04/2007
कम्प्युटरको विकाससँगै भएको ईण्टरनेटको विकासबाट विद्युतिय हुलाक विहु अर्थात
ईमेलकोपनि त्यत्तिकै विकास भएको र आजको समयमा यो हाम्रो एक अभिन्न अङ्ग भईसकेको
कुरामा कसैको दुई मत नहोला । कम्प्युटरको अलिकति जानकारी राख्ने व्यक्तिले ईमेलको
बारेमा जानकारी पाएकै हुन्छ ।
विद्युतिय हुलाक विह आजको समाचार तथा विचार आदानप्रदान गर्ने एक सशक्त माध्यम भएको
छ । ईण्टरनेटको उपलब्धताकासाथ तुरुन्त प्रक्षेपण गर्न सकिने तुरुन्त जवाफ पाउन या
पठाउन सकिने यो विहु कम्प्युटरको विशेष देन हो । जहाँसुकै भएपनि कम्प्युटर मार्फत
हामी सुचना तथा विचार आदानप्रदान गर्छाै ।
तपाई हाम्रो विहु ठेगानामा अपरिचित व्यक्ति या सँस्थाले अनपेक्षित तवरले प्रक्षेपण
गरिएका विहुलाई जङ्कमेलको रुपमा लिईन्छ । र यस्ता विहुले कहिलेकाहिँ हानी नोक्सानी
पनि पुर्याउँछ । उदाहरणको लागी विहु मार्फत आउने भाईरसले तपाई हाम्रो सम्पत्तिको
रुपमा रहेको कम्प्युटर नै खराब बनाईदिन सक्छ । यसरी विहुको जति उपयोगिता छ त्यत्तिकै
दुरुपयोग पनि भएको पाईन्छ । तर त्यसो भन्दैमा चिनेका व्यक्तिहरुबाट समेत यस्ता
जङ्कमेल पटक्कै नआउने पनि होईन ।
उदाहरणको लागी मेरो विहु ठेगानामा एक परिचित व्यक्तिबाट नितान्त व्यक्तिगत विहु
पाउने गरेको छुँ । ति प्रेषकप्रति मलाई दया लागेर आउँछ । किनभने आफुले गरेका
कि्रयाकलापको विहु सान्दर्भिक मानिसलाईमात्र पठाउँदा बेश हुन्छ र त्यसको आफ्नै
महत्व हुन्छ । तर विचरा ति महोदयलाई कस्तो विहु कसलाई पठाउने भन्ने निक्र्याैल
गर्न्रै कठिन भएको मैले बुझेकोले तिनिप्रति दया जागेको हो । किनभने तिनको ति विहु
मेरोलागी जङ्कमेल ठहरिन्छ । र तिनको विहुलाई मैले रोक लगाउने (BLOCK) निधो पनि गरेको
छुँ ।
एकपटक विहु मार्फत जन्मदिनको निम्तो पाएँ । नाम परिचित भएपनि व्यक्तिगत परिचय नभएको
ति व्यक्तिबाट जन्मदिनको निम्तो पाउँदा तुरुन्तै नत्थीपनि खोलेँ । नत्थी खोलेपछि
थाहा भयो त्यो विहु मलाई लक्षित गरेर पठाएकै होईन रहेछ । त्यो त सामुहिक विहु रहेछ
र त्यसमा मेरोपनि विहु ठेगाना गाँसिएको रहेछ । म हर्ष मानौ कि विस्मात मानौ दोधारमा
परेँ । अर्का कुरा जन्मदिवस मनाउने थलो यतैकतै नभएर मोटरबाट १२ १५ घण्टा लाग्ने
दुरीमा रहेछ । त्यसमाथि जन्मदिवस अझ अर्कै व्यक्तिको रहेछ । ति विहु प्रेषकप्रति पनि
दया जागेर आयो किनभने यस्तो निम्ता कसलाई र कसरी पठाउने भन्ने यकिन गर्न सक्ने
क्षमताको अभावमा अन्य विहु प्रापकहरुको एकैछिन भएपनि समयको दुरुपयोग भएको ठहर गरेँ
। र यो विहु मेरोलागी जङ्कमेलमा परिणत भयो । अन्ततःगोत्वा मैले यिनको विहुलाईपनि
रोक (BLOCK) गर्ने निधो गरेँ र गरेँपनि ।
त्यस्तै कसैले विहु व्यक्तिगत रिसईबि साध्ने या गाली गलौज गर्ने साधन बनाएका छन् ।
कसैले थुप्रै प्रापकहरुको नाममा विहु पठाएर कुनै व्यक्ति विशेषको विरुद्धमा मन्तव्य
प्रकट गर्ने साधन बनाएका छन् । कसैले विहु अध्ययन अध्यापनकोलागी र आपसी समझदारी या
सम्बन्ध कायम राख्ने साधन बनाएका छन् । कसैले समाचार आदान प्रदान गर्ने सशक्त माध्म
बनाएका छन् । कसैले आफ्नै मात्र डम्फु बजाउने साधन बनाएका छन् । कुण्ड कुण्ड पानी
मुण्ड मुण्ड बुद्धि भनेको शायद यहि नै होला ।
उपभोग गर्न पाईयो भन्दैमा दुरुपयोगका साथ उपभोग गर्ने हो भने कुनैपनि वस्तुको
महत्वमा ह्रास आउँछ । तर ठिक समयमा ठिक तरिकाले कुनेपनि वस्तुको सदुपयोगका साथ
उपभोग गरियो भने उपभोक्ताकासाथै त्यस वस्तुको महत्तामा अभिबृद्धि हुन्छ भनेर भनिरहनु
नपर्ला । यसैकुरालाई ध्यानमा राखेर पाठकहरुलेपनि आफुले प्रेषित गर्ने विहु
सान्दर्भिकता बमोजिम सहि प्रापकलाई प्रक्षेपण गरेर आफ्नो र आफ्नो विहुको महत्ता
बढाउने तर्फ ध्यान दिनुहोला भन्ने मेरो आग्रहमा अन्यथा नलिनु नै हुनेछ भन्ने लागेको
छ ।