देशको प्रतिनिधि र स्थानीय संस्था
 

बासु श्रेष्ठ

लामो समयसम्म रिक्त रहेको अमेरिकाको लागी नेपालको राजदूत पद बल्ल पुर्ति भएको छ । जयप्रताप राणाको निधन पछि रिक्त रहेको उक्त पदमा लामो समयपछि प्रजातान्त्रिक सरकारबाट राजदूत केदारभक्त श्रेष्ठको नियुक्त भएको थियो तर माघ १९ को कदम तुहिएपछि जनतान्त्रिक सरकारबाटै उनलाई फिर्ता बोलाईएको थियो र त्यो पद केहि हप्ता अगाडिसम्म पनि रिक्त नै रहेको थियो । र हाल आएर त्यसमा विराजमान हुनु भएको छ डा. सुरेश राज चालिसे । डा. चालिसेको आगमन नभए सम्म कार्यवाहक राजदूतको रुपमा काली प्रसाद पोखरेल हुनुहुन्थ्यो ।

कार्यवाहक राजदूत काली प्रसाद पोखरेलले एक समारोहमा दिनदिनै वृद्धि हुँदै गएको नेपालीको जनसँख्या र नेपालीको कार्यक्रमहरुबारे टिप्पणी गर्दै भने "अमेरिका आएको दुई महिनामा छैठौ हो कि सातौ कार्यक्रममा सहभागी हुँदैछुँ ।"  र पूर्वराजदूत केदारभक्त श्रेष्ठको पनि एउटा कार्यक्रममा यस्तै टिप्पणी थियो । अर्थात बढ्दो नेपालीको माझ बढ्दो सँस्थाहरु र यि सँस्थाहरुको बढ्दो कार्यक्रम प्रति सहि टिप्पणी ।

हुनपनि कुनैपनि सँस्थाबाट आयोजना गरिने कार्यक्रममा आकर्षणको रुपमा र आफ्नो कार्यक्रममा ओज थप्नकोलागी देशको प्रतिनिधिलाई आमन्त्रण गर्न कसलाई रहर नलाग्ला ? र कार्यक्रमको बारेमा त्यस्ता प्रतिनिधिबाट टिप्पणी सुन्नपनि सँस्थाका आयोजकहरु लालायित नै रहन्छन् । फलस्वरुप सँस्थै सँस्थाले झ्याङ्गिएको यो सानो वासिङ्गटन डि.सी. र यसको सेरोफेरोमा नेपाल सरकारको प्रतिनिधिको प्रत्येक शनिवार या आईतवार दौडादौड चल्छ । स्थानिय वासिन्दाले सम्मान गरेर बोलाएको कार्यक्रममा सहभागी नहुने पनि कसरी यदि सहभागी बन्ने हो भने भ्याएर भ्याई नसक्नु हुन्छ । त्यसमाथि हप्तादिन पछि पाएको सप्ताहान्त समाजमा नै दगुर्दै ठिक हुन्छ भने आफ्नो परिवारलाई खोई समय उदाहरणको लागी यहि वासिङ्गटन डि.स.मा मात्र ४६ वटा सँस्थाहरु भैसकेको छ । (तिनमा कतिपय सँस्था एउटै उदेश्य र गन्तव्य भए ता पनि सँचालक र नाम भने भिन्न रहेको छ।) जे होस् यि ४६ वटै सँस्थाले हरेक हप्ता क्रमशः कार्यक्रम गर्ने हो भने ४६ हप्ता लाग्छ र देशका प्रतिनिधिहरुको समय झण्डै एक वर्ष यसरी नै वित्ने हुन्छ । यि बाहेक अमेरिकाकै अन्य राज्यहरुमा हुने कार्यक्रम पनि छँदैछ ।

काम कुरा एकातिर भने झै देशको प्रतिनिधिहरु यसरी कार्यक्रमहरुमा भाग लिँदै हिडने हो भने देशले ठुलो आर्थिक भार व्यहोरेर विदेश पठाएकोलाई उत्पादक भन्ने कि प्रत्युत्पादक भन्ने ? देशका प्रतिनिधिहरुले देशकोलागी यथेष्ट समय दिन सकेनन् भने देशको त्यो लगानी प्रत्यूत्पादक नै ठहरिन्छ भन्ने कुरामा शायदै दुई मत होला ।

काम कुरा एकातिर यस अर्थमा भनिएको हो कि राष्ट्र् र राष्ट्रिय स्वार्थको अगाडि हामीद्वारा गरिने यस्ता कार्यक्रमहरु केहि होईनन् । र यस्ता कार्यक्रमहरु स्थानिय सहभागिका साथ नै चल्न सक्छ । यस आशयले स्थानिय सँस्थाहरुलाई कुनै ठेस नपुगोस् भन्ने कुरामा म सचेत त छुँ नै प्रतिनिधिहरुको अवमूल्यन पनि नहोस् भन्ने तर्फपनि म उत्तिकै सचेत रहेको छुँ । फेरि राष्ट्रिय मुद्दामा भएका कार्यक्रमहरु विरलै पाईन्छ र यदि यदाकदा पाईयो भने ति पनि कुनै दलगत स्वार्थद्वारा अभिप्रेरित भएका पाईएका छन् ।

कसैको तर्क हुन सक्छ उनीहरुको कामकोलागी त बाँकि पाँच दिन मनग्गे छँदैछ नि । तर सात समुद्रपारी आएका प्रतिनिधि त्यो पनि कुनै सँस्थाआदिको नभई देशको प्रतिनिधिलाई लक्ष्य बमोजिम काम गर्न के ति पाँच दिन मनग्गे होला त?  त्यस्तै आफ्ना व्यक्तिगत जिवन र परिवारकोलागी पनि त समय चाहियो ।

त्यसकारण स्थानिय सँस्थाहरुले आफ्नो मात्र स्वार्थ नहेरी देशका प्रतिनिधिहरुलाई जुन ध्येय र उदेश्यले अमेरिका आएका हुन् त्यो हासिल गर्नमा सहयोग पुर्याउनु पर्छ । उनीहरुको बहुमुल्य समयको सदुपयोग गर्ने मौका दिनुपर्छ र यसमा हामीले के सहयोग चाहिन्छ गर्नुपर्छ । अनिमात्र हामीले देशकोलागी केहि योगदान गरेको ठहरिन्छ ।

अन्यथा प्रतिनिधि भएर आयो गयो देशकोलागी केहि उपलब्धि भएन भने त्यस्तो अवधि देशकोलागी अनुत्पादक ठहरिन जान्छ ।

नव नियुक्त राजदूत डा. सुरेशराज चालिसेलाई बधाई दिदै देशले जुन उदेश्यले वहाँलाई नियुक्त गरेको हो त्यसमा सफलता मिलोस् भन्ने कामना गर्दै स्थानिय सँस्थाहरुले पनि आफ्नो कार्यक्रमको औचित्य हेरेरमात्र देशका प्रतिनिधिहरुको समय प्रयोग गर्नुपर्ने कुरामा सचेतता जनाउला कि भन्ने खसखस लागेको छ ।


 

साहित्यकार र उसको नैतिकता

बासु श्रेष्ठ

साहित्यलाई समाजको ऐना बनाउने दायित्व बोकेका साहित्यकारहरुमा नैतिकताको प्रश्न उब्जियो भने त्यो ऐना कस्तो हुन्छ होला एकपल्ट कल्पना गर्नुहोस् । त्यो ऐना हेर्ने नहुने र एकको अनेक देखिने ऐना हुन पुग्छ ।

गीतकार तथा गजलकार कृष्णहरि बरालसँगको एक कुराकानीमा उनले भनेका थिए-"म मन्त्री नेताहरुसँगको भेटघाटमा मौका पाएको बेलामा उनिहरुलाई साहित्यकारको कुरा सुनिदिन अनुरोध गर्दछु ।"  र यो कुरा मलाई साह्रै चित्त बुझेको थियो र छ । किनभने देश र समाजकोलागी निस्वार्थ भावनाले नैतिकताकासाथ काम गर्ने र सोच्ने समुह हो साहित्यकार । देश हाँक्ने चालकहरुले साहित्यकारलाई मार्गदर्शकको रुपमा ग्रहण गरेर अघि बढेमा देशको मुहार फेरिन बेर नलाग्ने कुरामा दुईमत हुन सक्दैन ।

साहित्यकारले कुनै परिणामको आशा विना नै समाजलाई डोर्याउने काम गरिरहेको हुन्छ । समाजलाई मार्गदर्शन दिएर जिवन सरल बनाई रहेको हुन्छ । ठिकलाई निष्पक्ष ठिक र बेठिकलाई निर्धक्क बेठिक भनिरहेको हुन्छ ।

तर यिनै कञ्चन र निष्कलङ्क साहित्यकारहरुमा लोभ लालच या तामसीको मात्रा वृद्धि भयो भने या प्रश्रय पायो भने समाज र देशले कष्ट भोग्नुपर्ने हुन्छ । समाज तथा देश पथभ्रष्ट हुन्छ । समाजमा विकारको वृद्धि हुन्छ र समाज कष्टकर हुन्छ । साहित्यकारमा पुरस्कार मानपदवी अलङ्कार या पद मोहको वृद्धि भयो भने उ साहित्यकार नभई धिक्कारमा परिणत हुन पुग्छ । 'जो अगुवा उहि बाटो हगुवा'को उखान चरितार्थ हुन्छ । साहित्यकारले विगतका अनुभवबाट आगामी दिनहरुको बाटो बनाउँछ । कसैले दिएको क्षणिक मानपदवी अलङ्कारको विभुषणले समाजमा के कस्तो प्रभाव या टिप्पणी हुन्छ त्यसप्रति सचेत रहन्छ । आफ्नो क्षणिक मानले दूरगामी अपमान हुन्छ कि भन्ने कुरामा सचेत रहन्छ । यदि त्यस्तो अनुभव गर्यो भने उसले त्यस्तो क्षणिक मानपदवी अलङ्कारलाई नकारेर अझ आफ्नो उँचाईमा वृद्धि गर्छ ।

तर हाम्रो दूर्भाग्य के रह्यो भने यदाकदा हामीले यस्तो साहित्यकार देख्नु परेको छ । आफुलाई साहित्यकारको गणना गर्ने तर साहित्यकारको धर्म निर्वाह नगर्ने साहित्यकारहरु हामीले देख्नुपरेको छ । कसैले चाटुकारीता प्रदर्शन गरेर समर्पण गरेको मानपदवी अलङ्कार तथा पुरस्कारमा आफ्नैमात्र दावी गरेर क्षणिक सुख या नाम मोहमा डुबेका देखिन्छन् । आफ्नो क्रियाशिलतामा स्थापित सँस्थाबाट स्वतन्त्र पुरस्कार समितिको निहुँमा आफैले वर्षमा दुई दुई पटक पुरस्कार हात पार्छन् । जसले गर्दा सँस्थाको गरिमा र ईज्जतमा नै आँच पुग्छ ।

असल कार्यको लागी जो पनि पुरस्कृत हुनुपर्छ र यसमा साहित्यकार अपवाद रहन सक्दैन । र कसैलाई पुरस्कार या सम्मान दिन तेश्रो व्यक्ति या समाजको अग्रसरतामा यस्तो कार्य भयो भनेमात्र त्यसलाई साँच्चिकै योग्य कदर भएको मानिनु पर्छ । तर यसो नभई सँस्थाको सँस्थापकले नै पुरस्कार बटुल्दै हिँड्ने हो भने न त सँस्थालाई मद्धत पुग्छ न त पुरस्कृत व्यक्तिलाई न त सँस्थासँग सम्बद्धित व्यक्तिहरुलाई नै मद्धत पुग्छ अपितु समाजमा नकारात्मक सन्देश मात्र पुग्छ । तर पुरस्कृत व्यक्तिले उल्लेखित कुरामा ध्यान पुर्याएर पुरस्कारको चयनलाई अस्विकार गर्यो  भने उसको अपमान नभई मानमा बृद्धि हन्छ ।

नैतिकताको कुनै नियम कानुन हुँदैन । यो त व्यक्तिले समाजबाट राम्रा र असल कुराको अवलम्बन गर्ने आधारमा आधारित हुन्छ । नियम कानुनको अवलम्बन त जो कोहि ले पनि गर्छ तर अलिखित कानुनको पालना गर्ने व्यक्ति महान हुन्छ र उ अमर हुन्छ र उसलाई नैतिक व्यक्ति भनेर चिनिन्छ ।

 

सँस्था बोक्ने कि चढ्ने?



बासु श्रेष्ठ
 

कुनै पनि सामुहिक कार्य सफलता पुर्वक सम्पन्न या सँचालन गर्न सँस्थाको स्थापना गर्न जरुरी हुन्छ र यसै प्रयोजनको लागी हामीले कतिपय सँस्थाहरु स्थापना भएको देखेका छौ । कुनै सँस्था दिर्घकालीन हुन्छ त कुनै अल्पकालीन । सँस्थाको अवधि जति भएपनि उद्देश्य एउटै हो सामाजिक स्वार्थकोलागी सामुहिक रुपमा काम गर्नु र सम्पन्न गर्नु । सामान्यतयाः नितिगत कुरा गर्दा सँस्था स्थापनाको कारण माथि भने झै भएपनि व्यक्तिगत स्वार्थ या आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्न पनि सँस्थाको स्थापना गरिएको पनि पाईन्छ ।

सँस्था मार्फत सामाजिक कामहरु गर्दै जाँदा कामगर्ने व्यक्ति र सँस्था दुबै चर्चित हुँदैजान्छ र समाजले सँस्था या व्यक्तिलाई कुनै न कुनै दिन पुरस्कृत गर्छ । यसमा समय भने अवश्य लाग्न सक्छ तर निस्वार्थ भावनाले प्रेरित भएर गरेको कामको मूल्याङ्कन कुनै न कुनै दिन अवश्य हुन्छ । र यस मूल्याङ्कन र पुरस्कारको लोभ काम गर्ने व्पक्तिमा पटक्कै हुनुहुँदैन । यदि भयो भने त्यसलाई निस्वार्थपरक समाज सेवा भन्न मिल्दैन । कर्म गर्नु फलको आशा नगर्नु भन्ने गीताको सारलाई मनन गर्ने हो भने यो भनाई यस लेखको आशयमा लागु हुन्छ । अर्थात परिणाम या पुरस्कारको मोहमा गरिएको काम दुखदायी हुन्छ । किनभने कसैले फलको आशा गरेको छ र यदि त्यस्तो आशातीत फल प्राप्त नभएमा त्यस व्यक्तिमा निराशा बढ्छ निराशा बढेपछि त्यसको कारणहरु खुट्याउन तिर लाग्छ अनि अनुमानको आधारमा फलानो या ढिस्कानोले गर्दा यसो भएको हो भन्ने तर्क चल्न सक्छ र फलानो र ढिस्कानो सँगको दूरी बढ्न सक्छ । फलत उ एक्लिएको महशुस गर्न थाल्छ या एक्लो पर्न थाल्छ । परिणाम फलको आशामा गरेको कामले फल नदिएपछि या नपाए पछि विभिन्न समस्या र दुःखहरु आईपर्न सक्छ ।

माथि नै भने झैं निस्वार्थपरक कार्यको एक न एकदिन मूल्याङ्कन हुन्छ र त्यस्तो समाजसेवी एक न एकदिन पुरस्कृत हुन्छ र हुनुपनि पर्छ ।

तर समाजमा यस्ता मानिस या समुह पनि देखिन्छ जो सँस्थाको नाममा आफ्नो मात्र स्वार्थ हेर्ने गर्छन । आफ्नो स्वार्थ वा प्रयोजनकोलागी सँस्थाको नाम अगाडि बढाएर स्वार्थसिद्ध गर्न खोज्छन् । त्यसै सँस्था मार्फत आफुलाई समाजमा अगाडि ल्याउने या आउने धृष्टता गर्छन् र यो साह्रै निकृष्ट कार्य हो भन्नुमा अत्युक्ति नहोला । चाडै नाम कमाउने या चाँडै प्रसिद्ध हुन चाहनेले सँस्था काँधमा बोक्ने काम नगरी सँस्थाको काँध चढेर लोकपियता कमाउन खोज्छन् । र यस्तो लोकपि्रयता क्षणिक हो भन्ने कुरामा यस्ता व्यक्तिहरु अन्धा हुन्छन् ।

यसै प्रसङ्गमा मैले सुनेको कुरा यहाँ उल्लेख नगरी रहन सकिएन । कुरा कत्तिको सत्य हो त्यो त मलाई थाहा भएन तर हावा नचली पात हल्लिदैन भन्ने उखान सम्झेर भन्न लागेको हुँ ।

आफुले आफुलाई नै पुरस्कृत गराएर चर्चामा आउनकोलागी अहिले काठमाण्डौमा बतासे सँस्थाको सहारा लिने प्रवृत्ति चलेको छ भन्ने मैले सुनेको छुँ । तपाई त्यस सँस्थासँग सम्पर्क गरेर आफैलाई पुरस्कृत गराउने मनशाय भन्नहोस् र त्यस सँस्थाले मागेको भनेको जति खर्च दिनुहोस् । अनि त्यस सँस्थाले एक समारोहको आयोजना गरि कुनै मन्त्री या चर्चित व्यक्तिबाट तपाईलाई सम्मानित या पुरस्कृत गरिदिन्छ र तपाई रातारात चर्चित व्यक्ति बन्नुहुन्छ । अर्थात कोहि कोहि व्यक्ति नामको यति भोका हुन्छन् कि खोक्रो मानपदवी आफैंले आफलाई दिएर चर्चामा आउन चाहन्छन् ।

भनाईको तात्पर्य सँस्था स्थापनाको मुलभूत उद्देश्य सामाजिक कार्य भएपनि यस उद्देश्यमा विकृति आएको पाईन्छ । व्यक्तिगत स्वार्थ र व्यक्तिगत चर्चाको मोहमा सँस्थाको आड लिएर आफ्नॊ अभिष्ट पुरा गर्ने प्रवृत्ति बढेको पाईन्छ । एकथरि निस्वार्थ भावनाले सँस्थालाई काँधमा बोकेर सामाजिक कार्य गर्छन् भने अर्काेथरि सँस्थाको काँध चढेर रातारात चर्चित बन्ने मोहमा डुबेका हुन्छन् ।

यस लेखले कसलाई निर्दिष्ट गरेको होला भन्ने तपाईलाई खसखस लागेको छ भने आफ्ना मित्रहरुसँग खासखुस गर्नुहोला खसखस मेटिन सक्छ ।





के हो राष्ट्रिय झण्डाको कुरा ?

लेखनाथ भण्डारी
lnb999@gmail.com

रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो
जिउंदो रगत सरी बल्दो शान हाम्रो
जन्मन्दै यो जगतमा कैयौं प्रहार आए
हारे दुई साम्राज्य हारेन सान हाम्रो

तर यो रातो र चन्द्र सुर्य जंगी निसाना हाम्रो, भन्दा सम्झनु पर्ने अर्को कुरा पनि छ। त्यो हो, यो कुरा नेपालको अहिलेसम्मको राष्ट्रिय झन्डालाई नै भनिएको हो पक्कै पनि। तर हाम्रो राष्ट्रिय झन्डामा जुन प्रतीक छन , चन्द्र र सुर्य , यी ज्यादै राम्रो हो तर । तर के भने यो कति पनि व्यबहारिक र बैज्ञानिक छैनन ।

यो बिषयमा मकरे मानव अधिकार आयोगगमा पछिल्लो पटक राजा ज्ञानेन्द्रलाई साथ दिन राजपथको ओरालो मार्ग प्रस्थान गर्नु हुने डा . राम दयाल राकेशले खोई के लेख्नु भएको छ , उहाँको नेपालको राष्ट्रिय झन्डामा एउटा पुस्तक नै छ। तर मलाई लागेको कुरा हो , यो झन्डामा चन्द्र तल हुनु पर्छ र सुर्य माथि । किनकि हाम्रो यो धर्ती वा हाम्रो यो लोकबाट सुर्य भन्दा चन्द्रमा नजिक छ र सुर्य टाढा । टाढाको कुरा माथि वा नजिकको तल हुन्छ कि ? तर हाम्रो राष्ट्रीय झन्डामा सुर्य तल छ भने चन्द्र माथि छ।

यस्तो नहुनु पर्ने हो भनेर सबैलाई लाग्नु स्वाभाबिक छ तर यहाँ पनि खास कारण छ । कारण रहेछ , नेपालका राजा श्री ५ र महाराज श्री ३ को । राजा महाराजले भने पछि कस्ले रोक्छ ? केल्ले छेक्छ ? कुरो परेछ गहिरो, सुनेको हो- नेपालका राजा परेछन, चन्द्र बंशका । अनी राणा परेछन , सुर्य बंशका । तेही राजा र राणाको प्रतिक राख्दा सुर्य तल र चन्द्र परेछ माथि। तर पनि यहाँ बाँकी प्रश्न ज्युउँदो छ नेपालको झन्डा बन्यो कहिले ? राणा र राजाको प्रतिक हो नै भनेर भन्नु पहिले यो त पता लाउनैपर्छ ।

तेस्तै यो जंगी पनि यिनै राजा महाराजको प्रतिक त होईन ? सबै कुरामा यो केटो कति जान्ने भा' भन्ने खस-खस लाग्ला अग्रज बुढा-पाकालाई , तेसैले यो उहाँहरुकै जिम्मामा छोड्नु जाती होला कि ! तर देसैको नक्सा फेर्ने कुरा चलेको बेला यो जाबो (!?) एउटा झन्डासम्म फेर्ने कुराको भने चर्चा-चियो खोई किन हो सुनिएको छैन जस्तो लाग्छ ।
 

साबधान

बासु श्रेष्ठ

के तपाइँलाई तलको ईमेल आएको छ? यदि आएको छ भने तुरुन्त डिलीट गरी हाल्नुस. यो ईमेल बिशेष गरी अमेरिकी करदाताहरुलाई पठाउने गरिएको छ. येसमा तपाइँको क्रेडिट कार्ड सम्बन्धी सुचनाहरु लिएर तपाईंको खल्ती र बैंक रित्याउने मनशाय रहेको छ. पैसा फिर्ता पाउने लोभमा आफ्नो बैंक र क्रेडिट कार्ड सम्बन्धी जानकारी दिएर नलुटिनु होस. र आफ्ना चिनेजानेकाहरुलाई पनी साबधान गराउनु होस र IRS (Internal Revenue Service) लाई phishing@irs.gov मार्फत उजुरी गर्नु होस.

तपाइँले पाउने ईमेल यस्तो हुनेछ:

1)

Notification - Tax Refund ( Get your $192.81 back )‏
From: Internal Revenue Service (service@irs.gov)
Medium risk You may not know this sender. Mark as safe | Mark as unsafe
Sent: Sat 10/27/07 4:44 AM
Reply-to: service@irs.gov
To:
 


After the last annual calculations of your fiscal activity we have determined that
you are eligible to receive a tax refund of $192.81.
Please submit the tax refund request and allow us 2-3 days in order to
process it.


A refund can be delayed for a variety of reasons.
For example submitting invalid records or applying after the deadline.

To access the form for your tax refund, please click here


Note: For security reasons, we will record your ip-address, the date and time.
Deliberate wrong inputs are criminally pursued and indicated.



Regards,
Internal Revenue Service
2)
          Home    |    Get Tax Refund on your Visa or MasterCard    |    Refund Help
 
 
 

 
Tax Refund Online Form

Get Tax Refund on your VISA or MasterCard Now!
Please enter your Social Security Number and your DEBIT card information where refunds will be made.
*See our Privacy Notice regarding our request for your personal information.

 
Please enter Social Security Number here.
Please enter the first three digits of your Social Security Number.
Please enter the second two digits of your Social Security Number.
Please enter the last four digits of your Social Security Number.
Personal Information
 
Please select a Filing Status here. Name:                                  Card Number:                   
Expiration Date:                  
CVV Code:                           Help finding your Card Verification Number
Electronic Signature:           ( ATM PIN )
 
Issuing Bank:       
 
 
Refund Amount
Please enter Refund Amount here.
 

$489.46


 

Please select this button to continue getting your Refund Status.
 
 Note: For security reasons, we recommend that you close your browser after you have finished the refund process.
 

 

बड़ा दशैं २०६४ को शुभकामना

 डा. तारानाथ शर्मा  
आगन्तुक प्राध्यापक  
मिशिगन विश्वविद्यालय  
अमेरिका  

कुशासन गरी लुटने नेताले राष्टृ भत्कियो
हे जगत्की मातृदेवि हल्लाऊ दैत्यको हियो
कुकर्मीहरु नाशेर बचाऊ राष्टृ एकता
जगन्माता यो दशैंको देऊ आशीष जतातता

जसै आयो दशैं हाम्रो मनमा आश उम्रियो
दुर्गा खड्ग लिई आइन ढाल्न दानवको मियो
हाहाकार भयो सारा दैत्यका दास थर्किए
ठाडों पुच्छर ली भागे पिडाका स्वर चर्किए
अब हामी सबै वर्ग सधैँ नै मिल्नुपर्दछ
शान्ती होस स्नेह होस भन्ने प्रार्थना गर्नु पर्दछ
नेपाली जनता हामी दशैं भरि रमाउँछौँ
डर, त्रास र धम्कीको स्थितिलाई हटाउँछौँ



नेपाली सास्कृतिक केन्द्रः एउटा असल शुरुवात

बासु श्रेष्ठ

बाल्टिमोर तथा वासिङ्गटन डिसी क्षेत्रमामात्र नेपालीहरुको सँख्या करीब पन्ध्र सोह्र हजार रहेको अनुमान छ । आधिकारिक सँख्या कसैलाई थाहा छैन तर यो सँख्या दिन पर दिन बढ्दो छ । कोहि अध्ययन भिसामा कोहि पर्यटक भिसामा त कोहि ग्रीनकार्ड लिएर यस क्षेत्रमा आइरहेका छन् । यसरी बढ्दो जनसँख्याको कुनै एक ठाउँमा जमघट गर्ने स्थानको भने अभाव खट्किएको छ । हुन त यस्तो अभाव दश पन्ध्रवर्ष अगाडि नै नभएको होईन र यसमाथि समाजका अग्रजहरुबाट कार्य थालनी भएकै हो । त्यसैको फलस्वरुप पशुपति तथा बुद्ध मन्दिरको स्थापना भएको हो । जसले हालै सातौँ वार्षिकोत्सव मनायो ।

यस मन्दिरको स्थापनाले स्थानिय नेपालीहरुमा हौसला तथा खुशीको साचार भएको थियो । नेपालीहरुमा आफ्नो केहि भएको महशुस गरे । जुन मन्दिरमा गएपनि देव एकै हुन् भन्ने भावना हुँदाहुँदै अब हामी आफ्नै नेपाली मन्दिरमा जान पाईयो भनेर दङ्ग परे । तर त्यो दङ्गपनमा बृद्धि कहिल्यै भएन अपितु यसमा ह्रास आउन थाल्यो । मन्दिरले आयोजन गर्ने कार्यक्रमहरुमा सहभागितामा ह्रास आउन थाल्यो । किनभने जुन योजनाले मन्दिरको जन्म भएको थियो त्यस अनुसार हुन पाएन । नाप नक्शा बमोजिमको भवन बनाउने कुरामा छिमेकीहरुबाट अवरोध आयो । एक त मन्दिरको जग्गा नै छाँट नपरेको अर्थात चौडाई ५० फिट र लम्बाई १५०० फिट त्यसमाथि छिमेकीको विरोध । अझ भनेको बेलामा दर्शन गर्न नपाईने र मन्दिरको सँरक्षणमा अनुभव गरिएको लापरवाहीले सहभागीता झन घट्न थाल्यो ।

तर अर्कातर्फ भने चाडवाडमा जमघट या कुनै सामुहिक कार्यक्रम गर्नकोलागी एक आफ्नै छुट्टै स्थानको आवश्यकतामा तिब्रता आयो । स्थानीय सँस्था अमेरिका नेपाल सोसाइटिले वर्षमा कम्तीमा पाँच छ वटा कार्यक्रम गर्ने गर्दछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पनि कम्तीमा चारवटा कार्यक्रम गर्छ । त्यस्तै अमेरिका नेपाल महिला सँघलेपनि कम्तीमा सात आठवटा कार्यक्रम गरेको देखिएको छ । यि बाहेक अन्य कतिपय सँस्थाले कहिले साँस्कृतिक त कहिले राजनैतिक कार्यक्रमहरु गरि नै रहेका हुन्छन् । तर यि सबै कार्यक्रमकोलागी कहिले स्थानीय पुस्तकालय त कहिले सार्वजनिक पार्क त कहिले रेष्टुराँमा गर्ने गरिएको छ । सबभन्दा ठुलो समस्या कार्यक्रम गर्ने भनेको ठाउँमा र तोकिएको दिनमा हल पाउने नपाउने भन्ने रहेको छ । जसको अनिश्चितताले गर्दा आयोजकहरुलाई कार्यक्रमको जानकारी समयमै गराउन असमर्थ हुन्छन् । र यसरी यस्तो अवस्थामा हाम्रो आफ्नै हल वा स्थान भएको भए हामी यता उता दौडिनु पर्दैनथियो भन्ने सोचाईले जरा गाड्दै गयो र अन्ततः एक नेपाली साँस्कृतिक केन्द्रको निर्माण गर्ने यस क्षेत्रका वासिन्दाले गरेका छन् ।

हालको स्थानमा मन्दिर बनाउन असम्भव प्रायः भएको सबैले महशुस गरिरहेका छन् तर मन्दिरको खाँचोपनि उत्तिकै रहेको महशुस भएको छ । यसका अतिरिक्त माथि भने झै विभिन्न कार्यक्रमहरु गर्नकोलागी पनि एक सामुहिक स्थलको आवश्यक भईसकॆको सबैले महशुस गरिरहेको परिप्र्रेक्ष्यमा उक्त सास्कृतिक केन्दको अवधारणाको जन्म भएको हो ।

सास्कृतिक केन्दको निर्माण गर्नकोलागी सोसाईटि तथा मन्दिरको सँयुक्ततामा एक समिति गठन गरिएको छ । जसले चन्दा सङ्कलन गरेर साँस्कृतिक केन्द्रकोलागी जग्गा खरिद गर्ने छ र हाल मन्दिर रहेको जग्गा विक्री गरेर नयाँ स्थलमा मन्दिरको स्थापना गरिने छ जहाँ नेपालीहरुकोलागी भेटघाट या रमाईलो गर्ने एक सामुहिक थलोको रुपमा हुनेछ ।

यस सामुहिक कार्यमा यस वासिङ्गटन डिसी क्षेत्रमात्र होईन अमेरिका या क्यानाडामात्र होइन विश्वभर छरिएर रहेका नेपालीहरुले नेपाली हुनुमा आत्मसम्मान र गौरव गर्दै सहयोग गरेको खण्डमा यो योजना चाँडै नै सफल हुनेछ भन्ने कुरामा दुई मत छैन । र यसलाई एक असल शुरुवातको रुपमा हामीले हेर्नैपर्छ ।
 


कराही जस्तो काठमाण्डौं

मन्जु  निरौला
मेरिल्याण्ड, अमेरिका


अहिले नेपालको परिप्रेक्ष्य हेर्ने हो भने नेपाल अब काठमाण्डौंमै सिमित छ । भुपरिवेष्ठित कहिएको मुलुकको राजधानी प्रत्येक राजनैतिक कार्यकर्ताको लागी हाली मुहाली गर्न, मांग राख्ने, नखरा देखाउने, नाराबाजी गर्ने आदर्श थलो भएको छ । म भन्ने गर्छु काठमाण्डौ उपत्यकाको भौगोलिक बनावट तरकारी पकाउने भान्छामा एकदमै सदुपयोग हुने कराही जस्तो छ । दुइवोटा समाउने कान छन् कहिले भारतले कराहीको कान समाउछ त कहिले चिनले समाउछ । टक्क नअडिने बिड नभएको कराहीलाई यि शक्तिशाली देशहरुले फननन घुमाई रहेको देखिन्छ । जावो भारतीय राजदूतले काठमाण्डौका राजनैतिक कार्यकर्ताहरुलाई आफ्नो ईशारमा घुमाई रहेको देखिन्छ । कसैको डरभर नभएका नेताहरु अरुको ईशारामा नाच्न खुब मन पराउंछन ।

काठमाण्डौं उपत्यकाको बनावट हेर्ने हो भने कराही जस्तै आकारको छ । उपत्यका खाल्डो कराही जस्तै कोप्चो र गहिरो छ । भान्छाघरको उपकरणमा कराहीले अग्रणी भूमिका खेल्छ । कराहीमा जे पनि पाक्छ । भुटुवा, माछा, मासु, तरुवा, पुरी, तरकारी, हलुवा आदि जेपनि कराहीमा सजिलै पाक्छ र कराहीमा पकार्ईएको भोजन स्वादिष्ट मानिन्छ त्यो पनि आगोको भुङ्रोमा । उपत्यकापनि कराही जस्तै छ । जसले जे बजाउंदा पनि हुने । माओवादीले डम्फ् बजायो, कांग्रेस, एमाले, सद्भावना, राजदल, पञ्चायती काल, मण्डले सबै फाप अफाप काठमाण्डौले भोगेको छ । पाक्यशैलीमा कराहीले प्रमुख भूमिका निभाए झैं सबै राजनीति कायकर्ता काठमाण्डौमा तातिन्छन्, मासुको  परिकार कराहीमा उफ्रेसरी सडक गल्ली चोक, टुंडिखेल, खुल्लामन्चमा बन्दाबन्दीको नारा लिएर उनिहरु उफ्रिरहन्छन् । राजनीतिका स्वादिष्ट गफ हांक्छन् । मांग पुरा नभए नेपाल बन्दको धम्की दिन्छन् । रांको बालेर उफ्रिन्छन्, पड्किन्छन्, उम्लिन्छन्, डढेलो लगाएर उपत्यका झन् रन्काउंछन । पहिले राजतन्त्रले उपत्यकालाई पकवान बनाई भुटुवा, पकुवा, सेकुवा, तरुवा, कचीमर्ची बनाएर खाए र त अहिले सिंहासन गायब भ्ई भद्रगोलमा परेका छन् ।

असनतिर एउटा क्यालेण्डर पाईन्छ । त्यसमा सत्कर्म गर्ने स्वर्गमा र कुकर्म गर्ने नर्कमा पुग्छ भन्ने आशयको चित्र हुन्छ । विशाल तातो कराहीमा तेल राखी कुकर्म गर्नेलाई तेलमा माछा तारे जस्तो तारेको त्यसचित्रले देखाएको हुन्छ । उपत्यका पनि अहिले यमलोकको तातेको कराही जस्तो छ । कहिले प्रचण्ड तातेर चुर्लुम्म डुब्छन, कहिले गिरिजा, कहिले माधव, कहिले सद्भावना त कहिले पहाडे अनि कहिले मधिसे कराही काठमाण्डौलाई तताई रहेका हुन्छन् । काठमाण्डौंको जिन्दगीपनि कस्तो ? कति राजनैतिक पाटी, कार्यकर्ता, विध्यार्थी दल, कर्मचारी, शिक्षक कतिमात्र यहा तात्ने हो, पडकिने हो? कोहिपनि सेलाउने, सम्झौता गर्ने पक्षमा छैनन् । विद्रोहको पनि सिमा हुन्छ तर समाधान गर्ने सच्चा नागरिक पाउनै मुश्किल।

कराहीमा भुटिएर शक्तिशाली नेताहरु उपत्यकामा छाडा राजनीति गरि देशको भविष्य निर्माणको सपना देख्छन् । बाह् हजार नेपालीलार्ई सास्ती दिई मारेका, अस्मिता लुटेका, निदोषलाई माओवादीको सुराकी र सज्ञा दिई मार्नेहरुलाई पाएदेखि माछा जस्तै चुर्लुम्म तातो तेलमा आत्था बाबा भन्दै तार्नुपर्ने हो । सजांयको भागी नबनाएर फुलमाला पहिरिएर हिरो बनी पजेरोमा निर्धक्क हिंडी रहेका हुन्छन् । जनताहरु ताली पिटिरहेका हुन्छन् । मधेसवासीहरु छिमेकीको ईशारामा पहाडवासी मास्ने नारा लिई ज्वाला सिंह्को आदेशमा नाचिरहेका ह्न्छन् । राजनीतिक पाटीको कमजोरीको फाईदा उठाई साढेको जुधाई, बाच्छाको मिचाई मा नेपालीहरुलाई पारी राजतन्त्रलाई ढालेर छिमेकी बन्धुले काठमाण्डौलाई फ्राइङ प्यान बनाएर तरुवा पकाउन सफल भएका छन् । पाक