साभारः विश्वसन्देश
किन
अमेरिका ?
आजभोलि हाम्रो देशमा विदेश जाने ठुलो लहर चलेको छ । अझ विदेशमध्येको अमेरिका त झन्
सबैको उदेश्य या गन्तव्य बनेको छ । जसलाई पनि जसरी भएपनि अमेरिका टेक्न पाए हुन्थ्यो
भन्ने सपना धेरैले पालेका छन् । अझ यो मानसिकता बोक्नेहरुमा युवा पुस्ताहरु बढि छन्
। तर युवाहरु ब्ााहेक कलाकार कर्मचारी सानातिना व्यापारी शिक्षक प्रशिक्षकहरुलॆ पनि
अमेरिकाको सपना बोकेका छन् । त्यसो भन्दैमा सारा नेपालीहरुले अमेरिकाको सपना देखेका
छन् भन्नुपनि गलत ठहरिन्छ । यसो भनौ अधिकाँश नेपालीहरुले अमेरिकाको सपना बोकेका छन्
या हुन्छन् । र यिनै सपना बोकेर सपना साकार पार्ने मध्ये तपाई हामीमध्ये कोहि न कोहि
छौ ।
विदेश जान खोज्नुका कारणहरु जे पनि हुन सक्छन् अर्थात आफुले दुःख गरेर भएपनि
छोराछोरीको भविष्य बनोस् भनेर या आफ्नो शीपको आदर या सम्मान नपाएर विदेशमा त्यसको
उपयोग गर्न सकिन्छ कि भनेर या साथी भाइ आफन्त या छर छिमेकिहरु सबै विदेश गएकोले या
देशको राजनैतिक कारणबाट अस्थिर महसुश भएकोले या बन्द व्यापारको कारोबार राम्रोसँग
चलाउन असमर्थ भएकेाले या दुईचार वर्ष विदेश बसेर पैसा कमाएर फर्कने या यस बाहेक
अन्य कारण जे पनि हुन सक्छ तर ध्येय र उदेश्य एउटै हो विदेश जानु त्यो पनि अमेरिका
।
येणकेण प्रकारेण अमेरिका पसेपछि शायद गुनासो नगर्ने मानिस कमै होलान् । किनभने
नेपालमा बसेर सोचे जस्तो या कल्पना गरेको जस्तो अमेरिकाको रुप अमेरिका पसेपछि
देखिन्न । वास्तविक अमेरिका भिन्दै रुपले प्रस्तुत हुन्छ । सोचेभन्दा निकै तल्लो
स्तरको काम गर्नु पर्ने भनेको बेलामा या परेको बेलामा बिदा नपाउनु प्रतिदिन दश एघार
घण्टा काममा जोतिन पर्ने सस्तो दरमा काम गर्नुपर्ने आदि आदि जस्ता कुराहरुको जब
सामना गर्नुपर्ने हुन्छ तबमात्र सबैले बुझ्छन् कस्तो रहेछ अमेरिका भनेर । तर यति
हुँदापनि नगण्य मात्रामा मात्र फर्किनेहरु छन् आफ्नो देश । बाँकि यतै अमेरिकालाई
सराप्दै काममा दगुर्दै दिन बिताइ रहेका छौ हामी सबै ।
यहाँ पुगेपछि खानुपर्ने हण्डर र ठक्कर नेपालमा बसेर देखिन्न न त अनुभव नै गर्न
सकिन्छ । अमेरिका नामक देशको हौवा यति कडा र जब्ब्र रुपले नेपालीलाई लागेको छ कि यो
देशमा जे गरे पनि हुन्छ या यो त स्वर्ग हो भन्ने मानसिकता बनेको छ । यहाँ सबै सुखी
र सम्पन्न हुन्छन् र यहु पैसा सजिलै कमाउन सकिन्छ भन्ने धारणाले सबैलाइ लठ्ठ
तुल्याएको छ । त्यसकारण अमेरिका पस्नेहरुले आफुले खोजे जस्तो या चिताए जस्तो या ठाने
जस्तो जब पाउँदैनन् उनीहरु भीरका चिचिण्डो जस्तो बन्न पुग्छन् । देश फर्काै भनौ भने
घर परिवार या छर छिमेकिको सामु नामर्द या हरुवा या लाछी ठहरिने नफर्काै आफुले यहाँ
गोतामात्र खानुपर्ने । बरु लाछीको आक्षेप खानु भन्दा त दुखै गरे राम्रो भन्ने आशयले
मनमा विजय पाएपछि जसोतसो बस्ने निर्णयमा पुगेका तपाई हामी मध्ये कति छौ
फेरि अमेरिका प्रवेश गरेपछि आफुले गर्नुपरेको कामको बारेमा देशका परिवारलाई खुलस्त
भन्न पनि गाहारो मान्छन् । तर कसैले हिम्मत गरेर खुलस्त गरेपनि उताबाट नेपाल फर्कने
बहाना गरेको भनेर विश्वास गर्दैनन् । अर्थात अमेरिकाको सपना बोकेर बसेकाहरुमा
अमेरिकाको बारेमा जस्तोसुकै नकारात्मक कुरापनि पच्न पचाउन गाहारो मान्छन् ।
मैले एक ग्रीनकार्ड चिठ्ठा विजेता भाईलाई एक जमघटमा भेटेको थिएँ । उनी गुनासो गर्दै
थिए आफुले गर्नु परेको कष्ट र दुखको । उनी भन्थे ूदाई मेरो बाबुले भोली आईज भन्यो
कि म भुरुर्र उडेर नेपाल फर्कि हाल्छु बस्दिन म त यस्तो दुख गरेर ।ू अर्थात उनमा
बाबु आमाको दबाव छ अमेरिकाबाट नफर्किनुमा । उता ति भाईको बाबु आमालाई छोराले सहनु
परेको दिनचर्याको कुनै हेक्का छैन । भएपनि त्यसलाई बेवास्ता गरिएको हुन सक्छ । या
ति भाईले खुलस्त बाबु आमालाई भन्न नसकेको हुन सक्छ । कारण जे होस् ति भाई चाहि नचाहि
यतै छन् र उनका बाबु आमा या अन्य नातेदारहरु यि भाईको नाममा अमेरिकाको सपना बुन्दै
छन् र यो क्रम जारी छ तपाई हामी सबैमा ।
यसो भन्दैमा अमेरिका आउने सबैले तल्लो स्तरको काम गर्नुपरेको छ भन्नेपनि होईन ।
कम्प्युटरको राम्रो ज्ञान या तालिम हुनेहरुले अमेरिका प्रवेश गरेदेखि नै त्यहि
सम्बन्धि काम पाएका छन् । त कसैले कार्यलयीय काम पाएका छन् । कसैले केहि महिनाको
परिश्रम र मेहनतपछि भने जस्तो काम पाएर खुशी छन् ।
अमेरिका मेहनत को देश हो भन्नुमा अत्युक्ति नहोला । मेहनत र जाँगर हुने या उत्पादक
र नयाँ विचारको यहाँ जहिले पनि खाँचो देखिन्छ । यदि हामी कसैमा यस्तो गुण छ भने
प्रस्तुत गर्न पछि पर्न हुँदैन र त्यस्तो समय नआए सम्म मेहनत गर्नपनि पछि पर्न
हुँदैन ।
मेरा यि कुराले अमेरिकाप्रति नकारात्मक धारणा बनाउने मेरो मनशाय होईन न कि अमेरिका
आउने या आउन चाहनेहरुलाई निरुत्साहित गर्ने मेरो धारणा हो । मेरो मनशाय के हो भने
हामीमा मेहनत गर्ने बानी नभएकोले यहाँ गर्नुपर्ने मेहनतबाट आत्तिन्छौँ । र यदि यस्तो
मेहनत हामीले आफ्नै देशमा गरेको भए हाम्रो देश आज कहाँ पुगीसक्थ्यो होला । अनि हामी
भन्थ्यौ होला किन अमेरिका ?
मित्रता
मानिसले आफ्नो जिवनमा आर्जन गर्ने धन सम्पत्तिको रुपमा रुपैया पैसा जग्गा सुनचाँदि
बाहेक अर्काे महत्वपूर्ण सम्पत्ति हो मित्रता । अन्य सम्पत्ति नितान्त व्यक्तिगत
हुन्छ भने मित्रता एक आपसमा निर्भर हुने कुरा हो । मित्रता अति महात्म्य छ । असल
मित्रता दुर्लभ हुन्छ । मित्रता कुनै वाद या सिध्दान्तमा अडेको हुँदैन न त यो कुनै
स्वार्थपरक सम्बन्ध हो । असल मित्रप्राप्तिमा अति सुखद अनुभव हुन्छ । मलाई लाग्छ
एकपटक गााँसएको मित्रता कहिल्यै नटुटोस् । यो अविच्छिन्न र अटूट रहोस् । तर के यो
सम्भव छ ?
आआफ्नो जन्मथलो देश नेपाल छोडेर हामी अमेरिकालाई कर्मथलो बनाई रहेका छौ । आफ्नो नाता
कुटुम्ब बाबु आमा सबैलाई जन्मथलोमा छोडेर नितान्त विरानो देशमा आफ्नो कर्म जारी
राख्न हामी सबै कि्रयाशील छौं । नितान्त नौलौ देशमा पाईला राखेदेखि नै नवआगन्तुकलाई
आरम्भदेखि सहयोग पुर्याई आड भरोसा दिने अरु कोहि होईन आफैले चिनेजानेका मित्र नै
हुन् । कोहिकोहि यस प्रसङ्गमा अपवादको रुपमा होलान् त्यो बेग्लै कुरा हो । तर
शुन्यबाट आरम्भ गर्न हौसला तथा सहयोग दिने मित्रहरुको गुणगान गर्न हामी पछि पर्न
हुँदैन ।
बिस्तारै नौलो स्थान पुरानो हँदै जान्छ । नवआगन्तुक नयाँ स्थानमा अभ्यस्त हँदै
जान्छ र जसरी आफुले सहयोग सल्लाह पाएको हो त्यसैगरि आफन्त या अन्य मित्रहरुलाई उ आफै
सहयोग सल्लाह दिन सक्षम हुन्छ र यो क्रम जारी रहिरहन्छ ।
तर समयकालमा आआफ्नो कामको प्रकृति बसाई व्यक्तिगत विचारधारामा भिन्नता आएको कारणले
पहिलेका मित्रहरुमा मित्रता नदेखिनु एकदमै उदेक लाग्दो कुरा हो ।
यस परिप्रेक्ष्यमा खासगरि यस वासिङ्गटन क्षेत्रमा देखा परेको आपसी वैमनस्यपन टड्कारो
रुपमा देखिएको छ । हिजोका एकै अपार्टमेण्टका सहभागी एकैथालमा खाने साथी र एक अर्काका
पूरक मानिने मित्रहरु आज एक अर्काका आलोचक बनेका छन् । छद्म नाममा होस् या आफ्नै
नाममा होस् एक अर्काको उछितो खन्ने निकृष्ट काम भई रहेको छ । अचम्म त के छ भने तिनै
मित्रहरु कुनैपनि कार्यक्रममा झ्वास्झ्वास्ती भेटिई रहन्छन् । मलाई अचम्म लाग्छ कसरी
त्यस साथीसँग आँखा जुधाउने र के मुखले साचो विसाचो सोध्ने ।
एक आपसमा दुरी बढेका कारण कुनै व्यक्तिगत स्वार्थ या रिसईवि नभई आफ्नै देशको
राजनैतिक घटनाक्रम भएको छ । शेर बहादुर देउबाको बर्खास्तगीबाट राजावादी र
प्रजातन्त्र या लोकतन्त्रवादी खेमामा विभाजित दुई समुहमा आआफ्नै मित्रगणहरु परे ।
आआफ्नै वैचारिक डम्फु बजाउने क्रममा विभिन्न साधनहरुको प्रयोग भयो । एक आपसमा शङ्का
उपशङ्काको दृष्टिले या हेय या अपमान या विपरित नजरले हेर्न थाले । कोहि छेपारे भए त
कोहि माओवादी या माओवादीका नजिक मानिए । कोहि गिरिजा माधव नेपालको पुच्छरमा दरिए ।
कसैले कसैको काट्टो खाएको आरोप प्रत्यारोप आरम्भ भयो । तर दुबैथरिको एउटै मुद्या हो
आफ्रनै देश नेपाल । आहा मातृभूमिप्रतिको प्रेमको क्या ज्वलन्त उदाहरण । हो यसमा कोहि
कोहि आफ्नो व्यक्तिगत स्वार्थको कारणले एक न एक खेमामा लाग्नेपनि छन् तर अधिकाशँ भने
नेपालको नितान्त राजनैतिक कारणले नै कि्रयाशील भएका हुन् ।
आफ्नो देशको गतिविधिसँग टाढा रहन सकिन्न र कोहि त्यस्तो छ भने त्यसलाई देशप्रेमी या
देशभक्त भन्न मिल्दैन । जहाँ बसेपनि देशको लागी केहि गरौ भन्ने भावनाले ओतप्रोत हुनु
गौरवको विषय हो । राजनैतिक विचारधारा रोज्ने या छान्ने स्वतन्त्रता सबैलाई छ र
हुनुपर्छ । र हरेक सचेत नागरिकले यसको सदुपयोग गर्छ नै ।
तर राजनैतिक विचारधारामा भिन्नता छ भन्दैमा आफ्नो मित्रतालाई तिलााजली दिने या
मित्रतालाई दुष्टतामा परिणत गर्नु के बुध्दिमानी हो राजनैतिक विचार जे जस्तो भएपनि
तिनलाई यथास्थानमा राखेर आफ्नो मित्रतालाई निरन्तरता दिनु बुध्दिमानी नठहर्ला परदेश
जहाँ यिनै मित्रबाहेक आपत विपतमा सहयोग गर्ने कोहि छैन त्यस्तो ठाउँमा मित्रता नै
उपयुक्त र सर्वाेत्तम सम्बन्ध हो भन्नॆ हामीले बुझे एक आपसका तिक्तता मेटिइन्थ्यो
कि यदि तपाईहरुमध्ये कसैले मलाई मित्रता बिना बाँच्न नसक्ने परजीवि ठान्नुभएको छ भने
म सहर्ष स्विकार्छु । यस विरानो देशमा मेरा मित्रबाहेक अरु को नै छ र अस्तु
समय, कार्यक्रम र सहभागिता
जब जब मानिसको सँख्या बढ्दै जान्छ तब तब समाजमा विभिन्न गतिविधिहरुको पनि वृद्धि
हुँदै जान्छ । मानिसहरु एक आपसको सामुहिक चाहना स्वार्थ र रक्षाकोलागि तद्तद्
प्रकारका सँघसस्थाको स्थापना गरेर आआफ्नो अभिष्ट पुरा गरिरहेका हुन्छन् ।
समय महान छ समय बलियो छ समयलाई चिन्न जान्नु पर्छ समयको महत्व बुझ्नु पर्छ आदि आदि
कुराहरु हामी गर्छाै र यस्ता कुराहरु हामीले ज्ञानगुन या अर्ति उपदेशका रुपमा लिन्छौँ
। तर व्यवहारमा भने हामी साह्रै काजुस छौं ।
प्रसङ्ग हो यस वासिङ्गटन डिसी क्षेत्रमा हुने विभिन्न गतिविधि तथा कार्यक्रमहरुको ।
यस क्षेत्रमा कम्तिमा पनि २५ भन्दा बढि सँघसँस्थाहरु छन् । कुनै न कुनै सँस्थाले एक
न एक कार्यक्रमको आयोजना गरि नै रहेको हुन्छ । ति विभिन्न सँस्थाहरुले विभिन्न
उदेश्यले विभिन्न कार्यक्रमहरु गर्ने गर्छन् । तर ति अधिकाँश कार्यक्रमहरु
त्ााेकिएको समयमा शुरु भएको विरलै पाईन्छ । कार्यक्रम शुरु हुने समय एउटा भनिएको
हुन्छ भने कार्यक्रम त्यसभन्दा निकै ढिलो शुरु हुन्छ । ५ १० मिनेट ढिलो भए त बेग्लै
कुरा तर त्यसो नभएर कार्यक्रम एक वा दुई घण्टा नै ढिलो शुरु हुन्छ । हुन त यसमा
कार्यक्रम आयोजकको खास्सै दोष देखिँदैन । किनभने कार्यक्रमको मुख्य अतिथि नै
हल्लिहल्लि ढिलो आईदिए पछि के लाग्छ या कार्यक्रममा सहभागी हुने अन्य साधारण
पाहुनाहरु पनि ूआ नेपाली समय त हो निू भन्दै कार्यक्रमलाई महत्व नदिए झै ढिलो
आईपुगेपछि आयोजकले कसरी कार्यक्रम साचालन गर्ने कहिले मुख्य अतिथिको अनुपस्थिति त
कहिले सहभागीको सँख्या नै नपुग्ने । हुन त कार्यक्रम शुरु गर्न सहभागीको यति नै
सँख्या हुनुपर्छ भन्ने छैन तर श्रोता र सहभागी नै नभई कार्यक्रम शुरु गरेकेा कुनै
अर्थ पनि रहँदैन ।
कार्यक्रम ढिलो शुरु भएपछि अन्त्य पनि ढिलो नै हुन्छ किनभने आयोजकले कार्यक्रम ढिलो
शुरु भएको कुरालाई ध्यानमा राखेर कार्यक्रम छोट्याउने बारेमा सोचेको हुन्न र यसरी
तोकेको समयमा कार्यक्रम स्थल हल छोड्न पनि ढिलो नै हुन्छ । परिणाम स्वरुप हल उपलब्ध
गराउने सँस्थाको आयोजकप्रति नराम्रो प्रभाव पर्नजान्छ । यसरी नेपाली कार्यक्रमहरु
साचालन गर्न हल उपलव्ध गराउने स्थानिय अमेरिकी सँस्थाहरु नै हुन् । हामीले
कार्यक्रम साचालन गर्ने स्थलहरु या त सार्वजनिक पुस्तकालय या त दमकल अफिस या त
सार्वजनिक विद्यालयहरु नै हुन । र यसरी तोकिएको समयमा हल खाली नगर्नुको कारणले अर्काे
पटक हल पाउन मुश्किल या असम्भव नै भएको छ ।
एउटा प्रसङ्गभित्रको प्रसङ्ग-हालसालै यस लेखक समेत सहआयोजक रहेको एक साहित्यिक
कार्यक्रम एक सार्वजनिक पुस्तकालयमा आयोजना गरिएको थियो । दुर्भाग्यवस तर नियमित झै
यो कार्यक्रम पनि डेढ घण्टा ढिलो शुरु भयो । परिणाम स्वरुप पाँच बजे खाली गरि सकिनु
पर्ने हलमा सवापाँच बजेसम्म कार्यक्रम जारी नै थियो । हतार हतार धन्यवाद ज्ञापन
कार्यक्रमलाई रद्द गरेर कार्यक्रम समापन गरियो । यस लेखकले पुस्तकालयको अधिकृतसँग
औपचारिकता पूर्वक क्षमा मागे । तर तिनले नमिठो स्वरमा ूयस पटकलाई ठिकै छ अर्काे पटक
शायद हल पाउनु हुन्न होलाू भनिन् । म लाज र ग्लानीले केहि भन्न सकिन र एकपटक फेरि
माफ पाउँ भनेर हलबाट बाहिरिएँ । बाहिर एक आयोजक सँस्थासँग आबध्द भद्रसँग मैले यो
कुरा भने ूलौ दाई हामीले हल छोड्न ढिलो गरेकोमा अर्का पटकलाई गाहारो हुने भयो तिनले
बडो हलुको तवरले ूयहाँ नपाए अन्तै पाई हालिन्छ निू भने । मलाई भित्रभित्र अर्काे
ग्लानी भयो । मैले ति दाईबाट यस्तो प्रतिकि्रयाको अपेक्षा गरेको थिईनँ । सोचेको थिएँ
भन्लान ूअँ हामीले समयको ख्याल राख्नै पर्ने भोू तर त्यसको ठिक विपरित प्रतिकि्रया
पाएँ ।
प्रश्न के हो भने हामी समयप्रति कहिले सचेत हुने तोकिएको समयमा कार्यक्रम
साचालनकोलागी सबै आमन्त्रित पाहुनाहरु पाँच मिनेट अगाडि हलभित्र प्रवेश गरेर आआफ्नो
स्थान ग्रहण गरिसक्ने प्रवृत्तिको विकास कहिले हुने ूनेपाली समयू भनेर आफ्नो
अवमूल्यन आफ्रैले कहिले सम्म गरिरहनॆ हामी आफु अमेरिकामा छौं भनेर गर्व गर्छा यहाँको
रितिथितिबारेमा आफुलाई धेरथोर जानकार ठान्छौ र त्यस्तै आफ्नो कामको सन्दर्भमा पनि
समयप्रति उत्तिकै जागरुक र चनाखो पनि छौ ठिक समयमा काममा पुग्छौ र निस्कन्छौ । तर
हामी हामी विच हुने कार्यक्रमहरुमा समयप्रति किन यस्तो उदासिनता र यो उदासिनता कहिले
सम्म ? अस्तु ।
टायर सँस्कृित
हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी
नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व
गर्ने र गराउँछौ ।
तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के पुङ्ग न पुच्छरको कुरा गर्न थालेको
होला काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर तर कुरो त्यसो होईन । मैले कुरा गर्न
लागेको एकदम खाँटी कुरा हो सन्देह नगर्नुस् ।
यस टायर सँस्कृतिको बारेमा कुरा गर्न पाउँदा मलाई एकदम खुशी लागेको छ । अझ कोहि
प्रायोजकको रुपमा मेरो सामु आउँछ भने म यसमा एकदिन पुरा भाषण दिन तयार छुँ र यसमा
विद्यावारिधी समेत गर्न तयार छुँ । किनभने हामी सँस्कृतिको धनी त यसै छौँ त्यसमाथि
हामी अर्काे सँस्कृतिको परिचय दिँदै छौ त्यो हो टायर सँस्कृति । हजुर टायर सँस्कृति
हाम्रो देशमा १५ १६ वर्ष अघि जन्मेको हो । हामीले वर्षाैदेखि मनाउँर्दै आएको
सँस्कृतिको जन्म कहिले भएको हो मलाई थाहा छैन र सरोकार पनि छैन । सरकारको विरोध होस्
या विरोधीको विरोध गर्न होस् टायर नबाली नहुने सँस्कृतिको जन्म भएको छ हाम्रो देशमा
। यसबाट टायरको दोहोरो उपयोगपनि भएको छ । सवारी साधनमा सकुाजेल टायरको प्रयोग गर्ने
र त्यसपछि विरोध कार्यमा प्रयोग गर्ने । यसबाट पनि दोहोरो फाईदा एक काम नलाग्ने भनि
फालिन लागेको टायरको पुनः प्रयोग दोश्रो नयाँ सँस्कृतिको शुरुवात । हिन्दीमा एक
उखान छ ूआमके आम गुठलीके दामू । उखान हिन्दी भएपनि नेपालमा लागु हुन्छ भने हामी किन
दङ्ग नपर्ने
मलाई लाग्छ यस टायर सँस्कृतिले नेपालमा टायरको धेरै नै खपत हुन थालेको छ । किनभने
देशव्यापी विरोध कार्यक्रम महिनाको एक या दुई पटक भई नै रहेको हुन्छ । फेरि विरोध
कार्यक्रममा अलि धेरै अन्तराल भएको खण्डमा एक न एक थरिलाई साह्रै नरमाईलो र बोर
लाग्न थाल्छ । अनि विरोध गर्ने निहुँ खोज्न थालिहाल्छन् । र टायर बल्न शुरु भई
हाल्छ । त्यसकारण अब त अमेरिका छोडेर नेपालमा गएर टायर उद्योग खोलौँ कि भन्ने विचार
पनि म मा आएको छ । तर टायर उत्पादन सवारी साधनको लागी नभएर सडक प्रदर्शनकोलागी
मात्र हुनेछ । तर खबरदार नेपालमा टायर खोल्ने विचारको सर्वाधिकार ममा मात्र
सुरक्षित छ । नाफा खाने या पैसा कमाउने उदेश्यले मलाई उछिनेर यो उद्योग खोल्न जानु
होला नी । बरु तपाईँलाई टायरको डिलरशीप लिन ईच्छुक हुनुहुन्छ भने विश्वसन्देश
मार्फत सम्पर्क राख्नु होला ।
यो टायर सँस्कृति चाहे बुध्दिजिवी विद्यार्थी होस् या शिक्षकवर्ग होस् चाहे
ट्रयाक्सी चालकको समुह होस् चाहे कर्मचारी वर्ग होस् चाहे ज्याला मजदुरी गर्ने वर्ग
होस् सबैलाइ प्यारो छ । विरोधको न कुनै ठोस् आधार चाहिन्छ न कुनै प्रमाण नै ।
हल्लाको भरमा होस् या सल्लाहको भरमा होस् अन्धो पाराले विरोध गर्न पाए पुगीहाल्यो
कारण टायर बाल्न पाईने भयो । मानौ टायर बलेको धुँवा नसुँघी निद्रै लाग्दैन अथवा
खाएको नै पच्दैन । जुत्ता पसलमा काम गर्ने एक मित्रको घरमा जाँदा तिनले जुत्ता आफ्नो
सिराननिर राखेको देखेर म छक्क परेँ । यो देखेर उनले भने ूके गर्ने जुत्ता पसलमा काम
गरेको भएर जुत्ता नसँुघी निद्रै लाग्दैनू । हुन त ति मेरा मित्रले जिस्किएरै भनेका
हुन् तर यो भनाई ठ्याक्कै नेपालमा लागु भएको पाउँदा मित्रको त्यो कुरा यहाँ नभनि
बस्न सकिएन ।
त्यसैले आउनुस् हाम्रो चिनारीको रुपमा नयाँ सँस्कृति टायर सँस्कृतिको सबै मिलेर
जगेर्ना गरौँ र देशलाई प्रदुषण सहित वातावरणलाई दुर्गन्धित बनाउन सहयोग गरौँ ।
विदेशमा बुध्द र सगरमाथा अनि सँधैजस्तो टायर बल्ने देश नेपाल हो र हामी टायर बाल्ने
सँस्कृतिका नेपाली हौ भनेर चिनाऔँ ।
मोबाईल फोन
विज्ञानको चमत्कारिक आविष्कारहरु मध्येको एक आविष्कार हो टेलिफोन । धागोको दुबैछेउमा
सलाईको बट्टा राखेर बोल्ने र सुन्ने परिकल्पनालाई साकार पार्दै अलेक्जेण्डर ग्राहम्
बेलले टेलिफोनको आविष्कार गरे । त्यहि टेलिफोनले विभिन्न चरणहरु प्ाार गर्दै आज हामी
मोबाईल फोनको युगमा प्रवेश गरेका छौं ।
मोबाईल फोन आज मानिसको अभिन्न अङ्ग भइसकेको छ । मोबाईल फोन साचार तथा समाचार आदान
प्रदान गर्ने प्रमुख माध्यम भई सकेको छ । हुन त ीबलमष्लिभ एजयलभ को पनि उत्तिकै
महत्व छ तर मोबाईल फोनमार्फत तपाई जहाँ र जहिलेपनि जो सुकैसँग सम्पर्क राख्न
सक्नुहुन्छ । नाडीघडी या अन्य शरीरमा लगाईने गहना झै यो मोबाईल फोनले पनि शरीरको
गहनाको रुप धारण गरिसकेको छ ।
मोबाईल फोन आज प्रत्येक व्यक्तिको हातमा पुगेको छ र प्रत्येक व्यक्तिको हात कानमा
पुगिरहेको हुन्छ । दुखेको कानमा हात राखेर साचो अनुभुति गरेको भान हुनेगरि कानमा
हात पुगेको र सडकमा आवत जावत गर्ने सबै एकै रोगले पिडित झै देखिने गरी सबै फोनमा
कुरा गर्दै हिँडिरहेका हुन्छन् । यो ुवाकिटाकिु अर्थात ुहिँडदै कुरा गर्दैुको
आधुनिकतम रुप हो ।
मोबाईल फोनको जतिसुकै महत्व र गाथा गाएपनि यसको उपयोग सहि तरिकाले गरिएन भने यसको
महत्व घट्न सक्छ । भनाईको मतलब तपाई कुनै महत्वपूर्ण मिटिङ्गमा हुनुहुन्छ र अति
सम्वेदनशील विषयमा छलफल भईरहेको बेलामा तपाईंको खल्तीमा रहेको फोन टिर्ररर…॥
टिर्ररररर बज्यो भने त्यस मिटिङ्गका सहभागीले तपाईप्रति कसरी हेर्छन् विचार
गर्नुभएको छ त्यस्तै अरुको खल्तिको फोन बजेको खण्डमा तपाई आफै के भन्नुहुन्छ
कुनै कार्यक्रममा सहभागी भएर वक्ताको रुपमा माईक समाउन पाउनु भएको छैन
खल्तीभित्रबाट फोन बज्छ । एकछिन फोन कुन खल्तीमा छ छामछाम छुमछुम गर्दैमा समय जान्छ
फोन खल्तीबाट निकालेर यस्सो कलर आई डी हेर्नुहुन्छ र कानेखुशी स्वरमा ूम एकछिनपछि
फोन गर्छु है ू भनेर फोन खल्तीमा राख्न पाएको हुन्न फेरी टिर्ररर…॥ टिर्ररररर बज्छ
। यसपटक जवाफ नदिएपनि हुने भन्ने ठानेर फोनलाई खल्तीमा फर्काउनु हुन्छ र बल्ल ङिच्च
हाँसेर दर्शकतर्फ फर्केर दुई अक्षर ुसरीु भनेर आफ्नो वक्तव्य थाल्नुहुन्छ । तर
यतिाजेल तपाईलाई दर्शकदिर्घावाट दर्शकहरुले मानौ तपाई त्यहु वक्तव्य दिन नभई
मनोराजन प्रदान गर्न उपस्थित हुनुभएको पात्रको रुपमा रमाईलो मानेर हेरिरहेको
तपाईलाई हेक्का नै नभएको हुनसक्छ । यदि त्यसप्रति तपाई सचेत हुनुहुन्थ्यो भने
फोनलाई अफ गर्नुहुन्थ्यो होला ।
यस्तै घटना दर्शकदिर्घामा पनि घट्न सक्छ र मेरै नजिक भएको छ कैयौपटक । एक त हामी
असल श्रोता नै होइनौ नपत्याए कुनैपनि कार्यक्रममा शतप्रतिशत दर्शक तथा श्रोताको
ध्यान माचमा पुगेको या पुर्याएको हामी पाउँदैनौ । कोहि दाँया बाँयाका मित्रसँग
कुरागर्नमा मस्त कोहि बाथरुम जान या खाना कता छ खोज्नैमा मस्त । माचतर्फ एकाग्र भएर
कार्यक्रमलाई सफल बनाउने र प्रस्तोतालाई प्रोत्साहन दिने हाम्रो चलन नै छैन ।
त्यसमाथि कार्यक्रम चलिरहेको बेलामा कसैको फोन टिर्ररर…॥ टिर्ररर बजेपछि कार्यक्रमका
अन्य सहभागीलाई समेत बाधा पुगेको हामी विचार नै गर्दैनौ । कोहि मित्र त त्यहिँ बसेर
फोनमा कुरा गर्न थाल्छन् मसिनो स्वरमा दाँयाबाँयाका मित्रलाई बाधा पुग्नेगरि ।
बाहिर निस्कने या फोन बन्द गर्ने धृष्टता उनले गर्न जान्दैनन् र त्यस्ता
मित्रहरुप्रति मेरो दया जागेर आउँछ ।
सबैलाई थाहा छ मोबाईल फोन जहाँतहिँ जतिबेला पनि बजिदिन सक्छ । तपाई मोबाईल बोकेर
बाथरुममा लघुशङ्का या दीर्घशङ्का गरिरहनु भएको बेला एक्कासी खल्तीको फोन बज्न सक्छ
। प्रेमी या प्रेमीकासँग प्रेमालाप गरिरहनु भएको बेलामा फोन बज्न सक्छ । बजार या
पसलमा मोलतोल गरिरहनु भएको हुन सक्छ । या कुनै बन्दव्यापारको सम्झौता
गर्न तयार भईरहनु भएको हुनसक्छ । अर्थात तपाई जे पनि गरिरहनु भएको हुनसक्छ । समय
कुसमय बज्ने यस्तो फोनको जवाफ दिउँ नदिउँ हुन्छ तपाईको कार्यक्रममा बाधा पुग्न सक्छ
। तपाईको मोबाईलमा फोन गर्ने अर्काेतर्फको व्यक्तिलाई तपाई कहाँ र के गर्द्रै
हुनुहुन्छ भनेर थाहा नभई फोन गरेको हुन सक्छ र प्रायशः यस्तै भएको हुन्छ । तर फोन
गर्नेको होईन कि फोन बोक्ने तपाई हामीले जिम्मवारीपुर्ण तरिकाले फोनको सदुपयोग गर्न
जान्नुपर्याे भन्ने मेरो धारणा हो ।
कम से कम कुनै कार्यक्रम वा नियमित सामुहिक भेटघाटको बेलामा आफ्नो फोन बन्द गरेमा
त्यो भेटघाट कार्यक्रम निर्बाध चल्नमा सहयोग पुग्छ । यदि तपाईले कुनै महत्वपुर्ण
कलको अपेक्षा गर्नुभएको छ भने फोनलाई भाइब्रेट मोडमा राखे फोनपनि मिस नहुने कसैलाई
बाधा या डिस्टर्ब पनि नहुने । सबैभन्दा असल त कार्यक्रम अवधिभर नै फोन बन्द गरेको
जाति र यसले कार्यक्रम या भेटघाटलाई सफलता प्रदान गर्दछ भन्ने कुरामा म विश्वस्त
छुँ । तपाईलाई कस्तो लाग्छ कुन्नी ?
सफल-असफल
तपाई हामी आज जहाँ जे छौं त्यसमा कत्तिको सन्तुष्ट छौ यसलाई आफ्नो सफलता
मान्नुहुन्छ या असफलता सफलता मान्नुहुन्छ भने यसमा कस कसको सहयोग पाउनु भएको छ या
देन छ असफल मान्नुहुन्छ भने कस कसलाई दोष दिनु हुन्छ तर हामी मान्छेको जात नराम्रा
कुराहरुमात्र खोतल्न जान्ने भएकोले शायद आफु सफल भएकोमा जसको सुकै सहयोग या देन भए
ता पनि त्यसलाई चटक्क बिस्रेर आफु असफलका कारणहरु र त्यसलाई सहयोग पुर्याउने
तत्वकोमात्र सम्झना र गुनासो गर्ने गर्छाै होला । के तपाई हामीले कहिल्यै आफुले
हासिल गरेको उपलब्धिप्रति सहयोग या देन पुर्याउने प्रत्यक्ष अप्रत्यक्ष
सहयोगीहरुलाई सम्झेर आभार प्रकट गर्ने गरेका छौ ।
मानिस भएर जन्म लिएपछि मानवोचित व्यवहार तथा परिबन्दमा बाँधिदै जान्छ । शिक्षादिक्षा
बन्दव्यापार तथा अन्य कामकाजमा सँलग्न हुँदै जानु मानवोचित व्यवहार हुन् भन्ने मलाई
लाग्छ । र यी व्यवहारमा लागेपछि कसैले चरम प्रगति गर्दछ कसैले अवनतिमात्र पाउँछ या
कोहि यी दुईको बिचको बाटोमा पर्दछ ।
तर कसैले चरम सफलता हासिल गरेको छ भने त्यस हासिलतामा त्यहि व्यक्तिकोमात्र मेहनत
या देन हुन्छ भन्ने ठान्नु गलत ठहरिन्छ । हो उदेश्य प्राप्तिकोलागी त्यस उदेश्यप्रति
एकाग्र हुनु नितान्त व्यक्तिकोमात्र देन हुन्छ तर त्यसको लागी आवश्यक वातावरण तयार
गरिदिने या वातावरण तयार गर्न सहयोग पुर्याउने विभिन्न व्यक्ति विशेषकोपनि
अप्रत्यक्ष देन हुन्छ र तिनले उचित जस् या सम्मान पाउनुपर्छ ।
उदाहरणकोलागी कुनै एक व्यक्तिले शिक्षादिक्षा हासिल गर्ने क्रममा उसलाई सफलताको
भर्याङ्ग चढ्न सहयोग पुर्याउने आफ्नै शिक्षक बाबुआमा या दाजुभाई या दिदिबहिनी या
साथीसङ्गी या श्रीमान या श्रीमति हुन सक्छ जसले उचित हौसला तथा आवश्यक वातावरण
उपलब्ध गराई सफल बन्न सहयोग गरेको हुन्छ । ठिक यसको विपरित उपरोक्त कसैलेपनि सहयोग
नगरी व्यक्तिको उदेश्यप्रति नकारात्मक प्रभाव पार्ने वातावरणको सिर्जना गर्छ भने
त्यो व्यक्तिले जतिसुकै चाहना गरेपनि सफलता प्राप्त गर्न सक्दैन ।
त्यस्तै अर्काे उदाहरणको रुपमा तपाई अमेरिका आउनु र यहाँ बसोबास गर्नुभएकोमा आफुलाई
सफल मान्नुहुन्छ कि असफल यदि अमेरिकामा बसोबास गर्न पाउनुमा आफुलाई सफल मान्नुहुन्छ
भने यस सफलतामा सहयोग या योगदान पुर्याउने को को हुन् आफ्नो परिवार या साथीसङ्गी या
अरु कोहि तर यस सफलतामा तपाईको एक्लो देन कदापी छैन । उदेश्य तपाईको थियो र यसलाई
साकार गर्न मद्दत पुर्याउने कारणहरु एक या एकभन्दा बढि छन् । के कहिले एक्लै बसेर
ति सहयोगीहरुलाई मनमनै कृतज्ञता प्रकट गर्नुभएको छ या धन्यवाद दिनुभएको छ यदि
गर्नुभएको छ भने तपाई एक सज्जन हुनुहुन्छ । र यो सज्जनता कसैले प्रदान गरेर होईन
आफ्नै अन्तरात्माबाट पाईने एक प्रकारको सन्तुष्टि र सन्तोष हो ।
एकजना भाईसँगको भेटघाटमा आफुले दुईवर्ष पहिले सकिई सक्नुपर्ने काम एकजना साथीको गलत
सल्लाहले आफु दुई वर्ष पछाडि परेकोमा ति साथीप्रति गुनासो गर्दै थिए । यि भाईको
त्यस विषय प्रति उनको असफलता हो र यसमा उनको ति सल्लाह दिने मित्रको देन छ । हुन त
यि भाईले ति मित्र बाहेक अरुसँग पनि राय सल्लाह लिनुपर्ने थियो वा लिएको भए हुने
थियो कि तर हुनसक्छ ति मित्रप्रति अगाध विश्वास गरे होलान् या ति मित्रमा आफुले
जान्न चाहेको विषयमा राम्रो दखल या ज्ञान छ भन्ने दृढ विश्वास गरे होलान् । तर जे
होस् उनको उदेश्यमा उनी दुई वर्ष पछाडि परे र यसमा कसैको योगदान अवश्य छ ।
तर ति भाईले आफुले हासिल गरेका अन्य सफलता र ति सफलतामा योगदान दिने आफन्त र
सङ्गीहरुको प्रसङ्ग भने कोट्याउन पछाडि परे । यहि हो शायद हाम्रो बानी र आचरण ।
म्ाानिस एक्लै कहिले पनि पुर्ण हुँदैन । उसलाई पुर्णता प्रदान गर्ने तत्व श्रीमान
या श्रीमति छोराछोरी बाबुआमा साथीसङ्गी तथा समाज हो । त्यसविनाको मानिस मानिस
कहिल्यै हुँदैन । र मानिसले आफुले हासिल गर्न या प्राप्त गर्न खोजेको उदेश्य एक्लैले
कहिल्यै प्राप्त गर्न सक्दैन । पुर्णता प्राप्त गर्नु भनेको सफलताको भर्याङ्ग
उक्लिँदै जानु हो र सफल व्यक्तिले आफुला