मान्छे

गोविन्द सिंह रावत
टोरन्टो, क्यानाडा

 




अरुको सहयोग पाउन्जेल निहुरिने
सक्षम भएपछि पन्छिने
अनि आफ्नो विचारको बाणले
सहयोगीलाई नै प्रहार गर्ने
स्वार्थको पर्यायवाची हो मान्छे

आफ्नो विचारको आरती गर्दै
अरुको बद्ख्वाइँ गरी हिँड्ने
अनि गुदि शुन्य सुकेनास खडेरी परेको
आफ्नै बडप्पनको महाभारत रच्ने
पराजित मन:स्थीतिको पर्यायवाची हो मान्छे

आफ्नो तारिफमा काइदा कानूनको ठेली सुनाउँदै हिँड्ने
अरुकोलागी रुञ्चे अभिब्यक्ती मात्र अलाप्ने
रोगी तर्कहरूको खेती गर्दै
आफ्नै स्वार्थको बाली भित्र्याउने
मपाइँत्वको पर्यायवाची हो मान्छे

कहिल्यै राम्रो विचारको राजपथ बनाउन खोज्दैन मान्छे
विचार शुन्य अहँता डकार्नु बाहेक
कहिल्यै सहयोगीलाई सम्झन खोज्दैन मान्छे
आफ्नै स्वार्थको सगरमाथा चढ्नु बाहेक
छल, कपट्, धोकधारिको पर्यायवाची हो मान्छे

यो सानो-छोटो-अल्प र लघु जीवनमा पनि
आफ्नै ब्याख्यान व्रितान्त सुनाउँदै हिँड्छ मान्छे
भोलि माट्टिनु पर्ने यथार्थता बुझेर पनि
जबर्जस्ति निरँकुशताको विचार थोपर्न खोज्छ मान्छे
मान्छे आफ्नै रोजाईमा, आफ्नै सोचाईमा
पिलन्धरे जीवन जिउन बाध्य छ मान्छे
 

बाईबाई ……छ

गोबिन्दिसंह रावत टोरोन्टो

  
आयो नयाँ वर्ष पुरानोलाई बाईबाई  
नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई  
सत्तामा आए माओवादी जंगललाई बाईबाई  
नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई  
नव राष्ट्रिय गानसंगै श्रीमान गम्भिरलाई बाईबाई  
प्रचण्ड प्रतापी भए यहाँ ज्ञानेन्द्रलाई बाईबाई  
गणतन्त्रको जय जयकारमा राजतन्त्रलाई बाईबाई  
नयाँ साथी बन्दै जान्छन् स्वार्थी सबैलाई बाईबाई  
नयाँ वर्ष आयो अब पुरानोलाई बाईबाई ।