म सगरमाथा

 
बासु श्रेष्ठ  

  
सागरलाई थिचेर अनि सगरलाई चिरेर  
बसेको छुँ साँधमा नेपाललाई बेरेर  
उमेर बढ्छ जसै जसै बढ्दो छ वैंश उति नै  
साहस हुन्छ झन् झन् दरिलो विपत परोस् जति नै  
  
चुनौती बनेको छुँ विश्वलाई हाँक दिन्छु सबलाई  
वायू शीत हिउँ सब रोक्न खोज्छन् मलाई  
मेरो छाती खुल्ला छ टेक्न छुट् छ सबलाई  
स्वीकार्छ चुनौती जसले मेरो बधाई छ उसलाई  
  
चुल्लिँदै छुँ अझ माथी माथी बढ्दो उमेर सँगै  
बादलपारी शीर राखी खेल्छु म गगन सँगै  
मेरा मित्र ईष्र्या गर्छन् मेरो लहडीपन् देखी  
देवहरु गर्छन् सदा स्तुती मेरो हिम्मत देखी  
  
गौरव बनेको छुँ देशको विश्वमाझ चिनाउन  
मेरो पनि बनेको छ गौरव खोज्दा मलाई चिनाउन  
गाथा मेरो गाउँदा देशले हुन्छु म अति प्रशन्न  
च्याप्छु अँगालोमा अझ कठोरसँग दूर म जान्न  
  
दुख लाग्छ केवल सबले क्यान सिलिण्डर छोडदा  
त्यस्तै कहिले मेरो नाम अन्य देशसँग जोडदा  
भ्ाावुक हुन्छु बस् त्यतिबेला रुन्छु म हिम्पात बनी  
नत्र भने कमजोर छैन म ढल्दिन कहिल्यै पिन