म फूल हुँ
 

बासु श्रेष्ठ  

 म फूल हुँ  
मायाको रुप हुँ  
प्रेमको स्वरुप  
सुवासको वास हुँ  
निरासको आश  
सौन्दर्यको द्योतक हुँ  
कोमलताको प्रतिक  
समर्पणको उदाहरण   
म फूल हुँ……  
  
म फूल हुँ  
इष्र्या र व्देषको अन्त्य हुँ  
घृणा र हिँसाको विनास हुँ  
म फूल हुँ  
  
म फूल हुँ  
प्रत्येक हत्केलामा फुल्न चाहने  
हरेक मुटुमा बस्न चाहने  
प्रत्येक नयनका सुस्वप्न बन्न चाहने   
म फूल हुँ  
  
म फूल हुँ  
भीरमा फुलिदिन्छु  
पखेरीमा पनि हाँसिदिँँन्छु  
लेक बेसी पहाड मैदान  
जताततै फुलिदिन्छु  
म फूल हुँ  
  
म फूल हुँ  
माली विना फुलिदिन्छु  
मालीसाथ फुलिदिन्छु  
काँडामाझ हाँसिदिन्छु  
दुख पीडा नासिदिन्छु  
म फूल हुँ