को थियौ ?
 
बासु श्रेष्ठ  

 
समुद्रबाट निस्किएकि जलपरि थियौ कि  
या स्वर्गवाट झरेकि एक परि पो थियौ कि  
साहित्यको साधनामा आएकि थियौ कि  
या तपस्वीको साधना तोड्ने ध्येय पो थियो कि  
 
श्वेत काचन वस्त्रमा खुब मोहिनी बनेकि  
लाखलाख तारा माझ एक चन्द्र बनेकि  
बात मार्दै साथिसँग मृदु मुस्कान छरेिक 
त्यसै बिच पुलुक्क हेर्दै मन मेरो चोरेिक 
 
झस्केँ म जब घर पुगेँ थाहा भयो तब 
मुटु मेरो छुटेछ उतै के गरौं लौ अब 
बातै नमारि आँखा जुधाई निँद मेरो हर्यौ 
अनाम सुन्दरी मुटु लिई खोई कता गयौ  
 
मुटु छुट्ने थाहा भए नाम सोध्नेथिएँ  
मुटु फिर्ता लिनुपरे वासस्थल सोध्ने थिएँ 
बात मार्न तिम्रो फोन ईमेल माग्ने थिएँ 
थाहा भए मुटु छुट्ने के के गर्ने थिएँ 
 
तिम्रो झलक आई रहन्छ कसरी मेट्ने होला  
नाम ठेगाना थाहा छैन कसरी भेट्ने होला  
मेरो मनचोरलाई खुला पत्र त्यहिँ अवश्य पुगोस् 
पढि बुझि व्यथा मेरो जवाफ चाँडो आओस् 
 
(१९२ औं भानु जयन्ति मनाई घरमा पुगेपछि लेखिएको कविता)