घरको सम्झना
 

बासु श्रेष्ठ 

दशैं बित्यो तिहार बित्यो विदेशमा दाई 
सुख छ कि दुख छ कि हेरि देउ आई 
आमा बावु साखा सन्तान देशमा नै छोडेँ 
सँधै जस्तो हिजो पनि ओछ्यानीमा रोएँ । 
 
आउँछु भनि पियारीलाई कति कसम् खानु  
दुई पैसा साथ नलि किन देश जानु  
आज आज भोलि भोलि पैसा झन् झन् टाढा 
घरको माया जति सम्झ्यो उति हुन्छ गाढा । 
 
गर्भे छोरो हिँड्ने भो रे टुकुटुकु गिर 
बाबा बाबा भनि खोज्छ मलाई घरि घिर 
बाबा भने कतै पर पसिना र आँसु 
हामी बिचको दूरीपना कसरी पो नासुँ । 
 
आमा बाबु कुर्छन् बरा मझेरीमा सँधै 
कुर्छे कान्छी त्यसै गरि बुढाबुढी सँगै 
छोरो नाती काखमा राखी आँखा तानी रहन्छन् 
हरेक पल मलाईमात्र सम्झी सम्झी बस्छन् । 
 
विदेशको मोह हो कि या त मोह धनको 
या हो मोह दुबै चिजको हल्का भई मनको 
धन भन्दा मन ठुलो बुझेँ मैले अहिले 
जान्छु देश छोड्छु यता मनले भन्यो अहिले ।