दीयोकॊ ईतिश्रीः

बासु श्रेष्ठ   

तेल हालुाजेल बल्ने    
यो बत्ती   
प्रकाश त दिन्छ    
आफ्नै मुनी अन्धकार छरेर   
त्यस अन्धकारमा    
मनपरी तन्त्र चलाउँछ   
जगलाई प्रकाश छरेको ज्याला लिँदै   
आफ्नै मुनीको अन्धकारमा   
आफ्नो बर्चस्व बचाउन   
नाना भाँतीका खेल रच्छ ।   
   
सोझा मानिस विचरा   
उ दीयोमा तेल थप्दै जान्छ   
प्रकाश पाउने आशामा   
तर जान्दैन उ   
प्रकाशको बदलामा    
दीयो मुनी    
कति अन्याय अत्याचार भ्रष्टाचार   
छलछाम र कपटलाई    
निरन्तरता दिई रहेको छ ।   
   
अलिकति प्रकाश पाएको बदलामा   
उसले जीवन नै आहुति दिईसकेको छ   
अलिकति आँच पाएको बदलामा   
उसले आफु नै भन्न बिसर्ि सकेको छ   
अलिकति राप पाएको बदलामा    
आफ्नो अस्तित्व नै बिसर्ि सकेको छ ।   
   
तर शायद   
अब उसले कुरा बुझ्दै छ   
दीयोमा तेल हाल्दा हाल्दा    
उ बिस्तारै थाक्दै छ    
दीयो मुनीको अन्धकारमा बिस्तारै    
नियाल्न सक्षम बन्दै छ   
त्यहाँ हुने करतुतहरुको ज्ञान हुँदै छ    
अब उ तेल हाल्न सहमत छैन   
दीयो निभ्ने त्रासमा पनि छैन   
तेल सकिने सन्त्रास पनि छैन   
बरु   
निभ्न लागेको त्यो दीयोलाई    
फू गरेर निभाउने िक   
बलुाजेल बल्न दिने    
यस दोधारमा अल्झेको छ उ ।   
   
तेल सकिई सक्दा पनि    
तुजुक छोडेको छैन   
तनक्क तन्किएर    
बुढो खोकेर लत्रिए झैं   
धिपधिप गर्दै छ झ्याप्प निभ्छ   
फेरी बल्छ   
तर सबैलाई थाहा छ   
अन्ततोगोत्वा    
यो निभेरै छोड्छ ।