देशबाट आएको सन्देश  
 

ब्ाासु श्रेष्ठ 

आर्लिङ्गटन भर्जिनीया 
आज स्वदेशबाट चिठ्ठि आयो 
रातो रक्तमा लिप्त 
आँसु र रोदनले भरिपूर्ण 
वेदनाका चिच्याहट 
अनि विवशताले भरिएको 
मेरो मन कटक्क खायो । 
 
किनभने 
मेची कालीमा गङ्गा होईन 
रक्तको भेल छ रे 
गुराँसको लाली पनि फिक्का  
परेको छ रे 
ऋषिमुनीको तपोवनमा 
ह्ोम होईन 
बदला र अहँकारको ज्वाला छ रे  
सगरमाथाको शीर गर्वले नउठी 
लाजले झुकेको छ रे  
 
अनि त्यस्तै 
कापी कलम समाउने कोमल हातमा 
सँगीन भाला खँुडा र बन्दुक छ रे 
पे्रम अनि आफन्तको ठाउँमा 
घृणा द्वेष र अविश्वास छ रे 
विद्यालय पुस्तकालय शिक्षालयहरु 
मोर्चा र दङ्गाक्षेत्र बनेको छ रे 
कठै शान्तीक्षेत्र राज्यमा शान्ती 
कुन चराको नाम भएको छ रे 
 
अझ फेिर 
बुध्दका आँखा अब समाधिमा होईन 
चिन्ताले बन्द छ रे 
चिसो बतास शीतल दिन होईन 
त्रासले कामेर चिसिएको छ रे 
रवि पनि नाना आशङ्काले  
रातो भई उदाउँछ अस्ताउँछ रे  
नभपनि शान्तीको रङ्ग छोडी 
डरले नीलो भएको छ रे 
 
म निरीह प्रत्येक हरफसँगै दुबै नयन 
मेची र काली बगाउँछु 
कठै मेरो देश 
एकदिन त कसो शान्ती नफर्कला 
आफुले आफुलाई नै सम्झाउँछु ।