आई झिकि देउ न ! 
 
आमा ! काँढा मन्मा बिझ्यो 
आई झिकि देउ न ! 
दाईले घोच्यो भाईले घोच्यो 
आई सघाई देउ न ! 
 
दाजु कंश भाई रावण 
छैनन् कोहि मानव 
स्तनपान तिम्रो गरे 
तर भए दानव ! 
 
तिम्रै काखमा हुर्के बढे 
तिम्रै काखमा लात ! 
भन्थ्यौ सबै तिम्रा सन्तान 
भिन्न रहेछ जात ! 
 
सुत्यौ आमा तिमी जसै 
केहि थाहा छैन ! 
छिया छिया तिम्रो वदन  
कतै केहि छैन ! 
 
हँसिलो र सुन्दर मुहार  
कता लुक्यो कुन्नी ! 
शरीरमात्र रह्यो बाँिक 
श्वास के भो कुन्नी ! 
 
ब्यँंूझ आमा ब्यूँंझ अब 
धेरै सुतिसक्यौ ! 
पापी पूत्रबाट धेरै कष्ट  
सहिसक्यौ ! 
 
सोझा साझा हामी सन्तान् 
कता के पो गर्ने ! 
एक ठाउँबाट अर्को ठाँउ 
कहिले सम्म सर्ने ! 
 
यहि काँढा मन्मा बिझ्यो 
आई झिकि देउ न ! 
दाईले घोच्यो भाईले घोच्यो 
आई सघाई देउ न !