अपूर्णता नै सृष्टिको इक्षा

होमराज आचार्य
वासिँटन, डि सी


पानीका थोपाहरु झर्दाझर्दै
हावाको चुटाईमा परेछन्
उनिहरुले अस्तित्वको उद्घोषै गर्न पाएनन्

भरियाहरु पसिना आउँदा आउँदै
तापैतापमा मरेछन्
उनिहरुले आफ्नो कहानी भन्नै पाएनन्

शिक्षकहरु पढाउँदा पढाउँदै
चकको धुलोमा पुरिएछन्
उनिहरुले आफ्नो रोग बताउनै पाएनन्

अपूर्णता नै सृष्टिको ईक्षा होला
अतः बुद्ध समेत
सन्तुष्टिको प्रवचन दिनै पाएनन्