अन्तराल




शुषमा मानन्धर
कुमारीपाटी, ललितपुर


हिजो भर्खर
भेटे झै लागेथ्यो तिमीलाई
साँझ सडक बत्तिनिर
परिचित हात उभ्याई
तिमीले बोलाएका थियौ
मेरो नाम ।
पानीका छिटाहरुबाट
जोगिँदै जोगाउँदै
हातको पत्रिका
ओढाएका थियौ
तिमीले ममाथि ।
एउटा एउटा
शब्दहरु तौली
तिमीले मेरो झोलीमा
राखेका थियौ एउटा प्रस्ताव
र माग्यौ एउटा उत्तर
मसँग ।
पानी वर्षियो
पत्रिका च्यातियो
हठात् हामीले फर्कनु पर्यो
निरुत्तर ।

आज फेरि देखें
तिमीलाई त्यिहं
तिमीसंग पत्रिका थिएन
बरु आँखामा चस्मा  प्रौढताको
"ममी ममी" साना हातहरु
बोलाउँदै थिए मलाई
तिमीसंग भेटेको पनि
लामै भैसकेछ
अन्तराल विकराल ॥
सम्याइन नसकिने …