आऊ प्रेमीहरू मिलेर
निर्मला अर्याल

डेनभर, कोलोराडो

आजको जुनेली रातमा

ताराहरूको झिलमिलाहटमा

मायालुलाई नियाल्न मन लागेको छ

 

मनमा प्रेमका नया तरंगहरू बज्न थालेको छ

मुटुको ढुकढुकी मादलझैं घन्कन थालेको छ

म कुनै संगीतको दुनियामा भुल्न थालेकी छु

म कुनै प्रेमको सागरमा डुब्न थालेकी छु

 

रंग र तरंगको संगमले आह्वान गरिरहेको छ

आजको जुनेली रातले कुतकुकत्याई रहेछ

आऊ प्रेमीहरू मिलेर आऊ

ताराहरूले सिंगारिएकी आकाशलाई

धरतीमा उतारी यो रंगीन रात सजाऊ