आव्हान नारीलाई

माया शर्मा
बर्क, भर्जिनीया

नबिर्सौं आज हामीले नारी म को हुँ भनेर
नबिताउँ हाम्रो यो सिङ्गो जिवन दासिनी बनेर
यो पुरुष प्रधान समाजमा हामी जन्मेर हुर्केर
नबिर्सौं हामीले अस्तित्व आफ्नै छ केहि भनेर

भृकुटी, सीता, पासाङ्गपनि के नारी होईन र?
नारीको शक्ति आँट र बल ईतिहासमा छैन र?
पुरुषलाई जन्म ति दिने आमा के नारी होईनन् र?
मायाकि खानी अथाह सागर महान छैनन् र?

हेपिन्छिन् नारी पुरुषबाट दासिनी बनेर
दिईन्छ नाम अबला नारी कमजोर भनेर
हे पुरुष तिमि सम्मान गर नारीलाई चिनेर
सहनशील नारी मायाकि खानी श्रृष्टि हुन् जानेर

आजको दिनमा विश्वका नारी हामी एक हुनु छ
काँधमा काँध मिलाई हामी अगाडि बढ्नु छ
सङ्किर्णताले गाडेको जरो उखेली फाल्नु छ
विश्वको सामू चेतनाको दीयो हामीले बाल्नु छ

हे सासु बुहारी नन्द र भाउजु एक ढिक्का बनौं न !
आफ्नैले आफ्ना खुट्टालाई तान्न अब त छाडौ न !
हे आमा छोरी दिदि र बहिनी अब त उठौं न !
समाजमा हामीले गर्नु छ केहि एक भई जुटौं न !


(अन्तर्राष्टिय नारी दिवस मार्च ८ को उपलक्ष्यमा)