आफ्नो नबनाएको भए



गोबिन्द प्रसाद उपाध्याय
Citizens Bank International Limited,
Sharada Sadan
Kamaladi,Kathmandu


दोबाटोमा नभेटेको भए हुन्थ्यो
लुकिछिपी नहेरेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए हुन्थ्यो ।

बाचा कसम नदिएको भए
तर्की-तर्की हिडि दिएको भए
अङ्गालोमा नबाँधेको भए हुन्थ्यो
सुस्त सुस्त नबोलेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए हुन्थ्यो ।

एक्लै छोडी नगएको भए
उनको सिउदो नरङ्गाएको भए
हेराइमा उनको नफसेको भए हुन्थ्यो
हाँसोमा उनको नहाँसेको भए हुन्थ्यो
किन किन लाग्छ आज
उनीलाई आफ्नो नबनाएको भए हुन्थ्यो ।