मुटु


गोविन्द सिंह  रावत, टोरोन्टो

मुटु हुनेहरु सबै मनरोगी हुन्छन्
मुटु न भएकाहरु जोगी बन्छन

मुटु माया हो
मुटु प्रेम हॊ
मुटु वात्सल्यता हॊ
मुटु स्नेह हो

आँखा जुधे मुटुमा केही हुन्छ
मुटुबाट मस्तिष्कलाई छुन्छ
मगजले मनलाई नियाल्न थाल्छ
मन मिले प्रेम पलाउन थाल्छ

मुटु साटे माया बस्छ
मुटु बाँडेपछि माया बढ्छ
माया बढे प्रेम हुन्छ
प्रेमको निष्कर्षमा दम्पत्ती बन्छन्

मुटुको कथाले जिन्दगी बनाउँछ
मुटुको ब्यथाले जिन्दगी बिगार्छ
भन्छन् मुटुको रोग त सर्ने गर्छ
मुटु साट्न न पाए मान्छे मर्ने गर्छ

मुटु न हो फाट्ने गर्छ फुट्ने गर्छ
मुटु नै हो दुख्ने गर्छ जल्ने गर्छ
एकदमै कमलो हुन्छ हजुर मुटु त
बोलिबाट  पनि चर्कन सक्छ

मनचोरको जगजगी बढेको छ
लुकाई राखौं मुटुलाई
अल्लारे जोवनमा मनले तनलाई हेर्छ
तनले धनलाई
धनले मन पाउदैन
मन पाउन त मुटु मिल्नु पर्छ

प्रेम गर्ने कुनै उमेर हुन्न
प्रेम गर्नेलाई उमेरले छुन्न
उहिलेको प्रेम हुन्थ्यो पवित्र अनि सच्चा
अहिलेको देखावटी प्रेम
बिहे अघि नै पाउछन् बच्चा

मुटु हुनेहरु सबै मनरोगी हुन्छन्
मुटु न भएकाहरु जोगी बन्छन

(२००८ को प्रेम दिवसको सम्झनामा)