(गीत)

देशको माया


 
नवराज सुब्बा
विराटनगर

 

सबैभन्दा धेरै मलाई देशको माया लाग्छ
मेरा सन्तान भनी रुने देशको माया लाग्छ ।

प्रकृतीले बनाइ दिए तराइ पहाड हिमाल
सुन्दरताको नाना खानी यही नै छ विशाल
परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ
सबैजना मिलिजुली हिंड्न मन लाग्छ ।

म त जान्न परदेश गाउँघर बिर्सी
जन्मिएको हुर्किएको देशबाट उठी
यो देशलाई झिलिमिली बनाउने मन छ
अठोटलाई व्यवहारमा देखाउने मन छ ।