गीत
शेखर ढुँगेल,  क्यालिफोर्निया



कहिले काहीं जिन्दगीमा
किन यस्तो हुन्छ
खोजी हिड्यो एउटा कुरा
अर्कै हात पर्छ हो …हो…हो… अर्कै हात पर्छ ।
सजाए थें एउटै फूल
तुषारोले झारिदियो
पोख्न नपाई मनको बह
क्षितिज पारी हराई गयो
मेरो आशा कतै हराई गयो
कुन पापीको आँखा लाग्यो
यो जिन्दगीमा
हाँसी हाँसी बाँच्ने रहर
पर् यो भुमरीमा । हो ओ…ओ…हो पर् यो भुमरीमा
कहिले काहीं जिन्दगीमा… ।