गीत


दीपक जडित
एङकरेज, अलास्का


हे ! युवा देशका तिमी कहाँ हिंड्दैछौ ?
कस्को लागी आफ्नैसँग आज लड्दैछौ ??

जस्ले आज तिम्रो हातमा थमायो हतियार
तिम्लाई आफु माथी पुग्न बनायो मतियार
साझा हाम्रो माटो माथी को आयो अँशियार
आजै चिन युवा उसलाई बनि होसियार ।

उठ जाग हे ! युवा अब माटोको लागी
आफु हिंड्ने, देश हिंडाउने बाटोको लागी
पहिलो बाजी जिन्दगीको माटो भनेर
लड बरु शान्ती हिंड्ने बाटो खनेर ।